इटहरी । आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ३६० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो ।


















