आर्थिक

    Showing ४११-४२० of १,२७२ items.
  • सुनचाँदीको भाउमा गिरावट

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ४ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३५५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।चाँदी प्रतितोला ५ हजार ३९० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०८३
    • २०६ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा रहेको छ ।युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३७ पैसा रहेको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ७३ पैसा र बिक्रीदर १११ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको

    • प्रकाशित मितिः जेठ १, २०८३
    • २४४ पटक पढिएको
  • मसान्तको दिन १० अङ्कले घटेको शेयर बजारमा १० समूह राताम्य

    इटहरी ।  हिजो बैशाख मसान्तको दिन शेयर बजार १०.०७ अङ्कले घटेर २७३०.१७ बिन्दुमा अडिएको छ । प्रायः मसान्तको दिन शेयर बजार बढ्ने गरे पनि बैशाख महिनामा त्यस्तो देखिएन ।हिजो ३३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर ४६ हजार ४०२ पटक किनबेच हुँदा ३ अर्ब २९ करोड २ लाख ४४ हजार ६१९ रुपैयाँको शेयर किनबेच भएको छ ।१० अङ्कले सूचक घट्दा १० समूहमा रातो पोतिएको छ । जीवन बीमा समूह ०.०१ प्रतिशत, म्युचुअल फण्ड ०.०८ र व्यापार समूह ०.३२ प्रतिशतले बढ्नुबाहेक बाँकी सबै समूह हरिया हुन सकेनन् । अन्य समूह सर्वाधिक अर्थात् २ प्रतिशतले ओरालो लागेको छ ।हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक अर्थात् ३७ करोड ६८ लाख २६

    • प्रकाशित मितिः जेठ १, २०८३
    • ५११ पटक पढिएको
  • यति एयरलाइन्सले आईपीओ बिक्री गर्ने

    इटहरी । यति एयरलाइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक शेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।आईपीओ बिक्रीका लागि एयरलाइन्सले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । धितोपत्र निष्कासनसम्बन्धी उक्त सम्झौतापत्रमा एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।यति एयरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरूमध्ये एक हो ।

    • प्रकाशित मितिः जेठ १, २०८३
    • ६३१ पटक पढिएको
  • मोदी इनर्जीको लक इन अवधि हिजोदेखि समाप्त

    इटहरी ।  मोदी इनर्जी लिमिटेडको २ करोड २६ लाख ३० हजार ४६० कित्ता शेयरको लक इन हिजो बैशाख ३० गतेदेखि सकिएको छ ।जसमा संस्थापक शेयर संख्या २ करोड १७ लाख ५० हजार कित्ता, कर्मचारीको शेयर संख्या ७६ हजार ७० कित्ता र स्थानीयहरुको शेयर संख्या ८ लाख ४ हजार ३९० कित्ता रहेको छ ।कम्पनीको सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने यो नियमअनुसार शेयर रोक्का रहिरहने कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • १५४ पटक पढिएको
  • सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्यो, चाँदीको बढ्यो ३५ रुपैयाँ

    इटहरी ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रति तोला ३५ रुपैयाँ भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा किनबेच भएको छ ।चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँमा किनबेच भएको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • ४४० पटक पढिएको
  • ४.१५ अङ्कले घटेको नेप्सेमा कारोबार रकम २ अर्ब ८० करोड रुपैयाँ

    इटहरी ।  आज शेयर बजार मापक नेप्से परिसूचक ४.१५ अंक अर्थात् ०.१५ प्रतिशतले घटेर २७४०.२५ अंकमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३३९ कम्पनीको ५६ लाख ४३ हजार २८८ कित्ता शेयर ४२ हजार १७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको छ ।उत्पादन तथा प्रशोधन समूह ०.४७ प्रतिशत र व्यापार समूह १.५ प्रतिशतले बढेको छ । बाँकी सबै समूहका सूचक राताम्य भएका छन् । निर्जीवन बीमा समूह सर्वाधिक अर्थात् ०.६१ प्रतिशतले घटेको छ ।एशियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ११.४२ प्रतिशतले बढेको छ भने धौलागिरि लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ११.१७ प्रतिशत घटेको छ ।घटेको बजारमा ए

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • ३४८ पटक पढिएको
  • सुनको मूल्य घटे पनि बढ्यो चाँदीको

    इटहरी ।  आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।आज चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • ३३५ पटक पढिएको
  • सरकारको नीति तथा कार्यक्रमलाई पत्याएन शेयर बजारले

    इटहरी । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने दिन हरियाली छाएको नेपाली शेयर बजार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि हिजो भने राताम्य भएको छ ।हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.४१ प्रतिशत अर्थात ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३३८ कम्पनीका १ करोड ६ लाख ७८ हजार ५५० कित्ता शेयर ६२ हजार ५१२ पटक किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ रुपैयाँको शेयर कारोबार भएको छ । हिजो ४ अर्ब ६१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । सामुहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूहमा रातो पोतिएको छ छ । व्यापार समूह सर्वाधिक अ

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • ३८२ पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली उद्योग वाणिज्य महासंघको सदस्य पदमा निर्वाचित

    इटहरीः हालै भएको उद्योग वाणिज्य महासंघको निर्वाचनबाट सदस्य पदमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली निर्वाचित हुनुभएको छ ।महासंघको ६० औँ महाधिवेशनमा भूगोलअन्तर्गत कोशी प्रदेशबाट उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो । उहाँले १६ मत ल्याउनुभएको थियो ।उद्योग वाणिज्य संघ त्रियुगा, उदयपुरका रमेश रसाइली पनि कोशी प्रदेशबाट १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । २ जना निर्वाचित हुने पदका लागि कोशी प्रदेशमा ३० जना मतदाता र ६ जना उम्मेद्वार रहेका थिए ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • २२७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल