इटहरी ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रति तोला ३५ रुपैयाँ भाउ बढेको हो ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा किनबेच भएको छ ।

चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँमा किनबेच भएको छ ।