आर्थिक

    Showing ७४१-७५० of १,०५५ items.
  • सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो

    इटहरी । हिजो तोलामा तीन हजार रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको छ। तोलामा दुई हजार चारसय रुपैयाँ बढेर सुनको मूल्य आज दुईलाख ४० हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। यसअघि गत साताको बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार दुईसय रुपैयाँ पुगेर केही घटेको थियो। गएको शुक्रबार सुनको मूल्य प्रतितोला चार हजार दुईसय रुपैयाँ घटेको थियो। गएको आइतबारदेखि बिहीबारसम्म लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनले आज फेरि उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको हो। त्यसैगरि चाँदीको मूल्य पनि आज बढेको छ। 

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ३८६ पटक पढिएको
  • पूर्वसभामुख कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ ,

    पूर्वसभामुख कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ , असोज २६ गतेसुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई आइतबार नेपाल प्रहरीको **केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)**ले पक्राउ गरेको सीआईबीका एआईजी मनोज केसीले जानकारी दिएका छन्।२०७९ साल पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर FZ0587 बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले दुईवटा सुटकेसमार्फत ७३ वटा बट्टामा राखिएका ७३० थान भेप ल्याएका थिए। ती भेपभित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएर ल्याइएको अनुसन्धानमा खुलेको थियो।उक्त सुन भन्सारका नासु रेवन्त खड्कासहितको मिलेमतोमा बिक्री

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ४७५ पटक पढिएको
  • आजदेखि आईपीओ निष्काशन गर्दै श्रीनगर एग्रीटेक इन्डष्ट्रिज

    इटहरी ।  आजदेखि श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बाँडफाँड गरिसकेको छ ।त्यस्तै, ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्क

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ४७४ पटक पढिएको
  • गत साता ३ प्रतिशत घट्यो नेप्से

    इटहरी । गत साता नेप्से परिसूचक ३ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो साता २६६३ दशमलव ५१ बिन्दुमा बन्द भएको नेप्से गत साता ३ दशमलव ०५ प्रतिशत अर्थात् ८१ दशमलव ३३ अङ्क घटेर २५८२ दशमलव १८ विन्दुमा अडिएको छ ।गत साता ३ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो । दशैंपछि खुलेको बजारमा बिक्री दबाब परेपछि घटेको बजार यो साता कस्तो रहने हो भन्ने लगानीकर्तामा खुल्दुली रहेको छ ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ४३९ पटक पढिएको
  • क्यासिनोमा विदेशी मुद्रा कारोबारमा इजाजत लिनुपर्ने

    इटहरी । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनोमा विदेशी मुद्रा कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने जनाएको छ ।विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम राष्ट्र बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान रहेको हुनाले सोही व्यवस्था बमोजिम विदेशी विनिमयको इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृति अनुसार राष्ट्र बैंकले विभिन्न विनियमावलीहरू समेत जारी गरेको छ ।नेपाल राष्ट्र बैंकबाट जारी सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद ४ मा व्यवस्था गरिएको छ । अतः

    • प्रकाशित मितिः असोज २६, २०८२
    • २९५ पटक पढिएको
  • नेपाल राष्ट्र बैंकले बढायो रेमिट्यान्सको सीमा

    इटहरी ।  नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रकमको सीमा बढाएको छ । यसअघि यस्तो सीमा २० लाख रुपैयाँ थियो । अब त्यसलाई बढाएर २५ लाख रुपैयाँ पुर्याइएको छ ।शुक्रबार जारी गरिएको संशोधित परिपत्रअनुसार अब नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कर्मचारी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म, कम्पनी तथा संस्था)बाट प्राप्त हुने रकम इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाख रुपैयाँ (एकपटक वा पटक–पटक)को विप्रेषण रकम ल्याउन सकिने रकम सीमा बढाइएको छ

    • प्रकाशित मितिः असोज २६, २०८२
    • २९० पटक पढिएको
  • ५ दिनदेखि लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट

    इटहरी । पाँच दिनदेखि लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। आज सुनको मूल्य तोलामा चार हजार दुईसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुनको मूल्य आज दुई लाख ३५ हजार कायम भएको छ। बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार २०० थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। चाँदीको मूल्य भने आज पनि बढेको छ। बिहीबार प्रतितोला तीन हजार २५ मा खरिदबिक्री भएको चाँदीको मूल्य आज तोलामा ६० रुपैयाँ बढेर तीन हजार ८५ पुगेको छ। चाँदीकाे पनि याे मूल्य हालसम्मकै सबैभन्दा बढी हाे।गएको आइतबारदेखि बिहीबारसम्म सुनको मूल्य लगाता

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २४१ पटक पढिएको
  • ४ पैसा बढ्यो डलरको भाउ, युरो र येन सस्तिए

    विराटचोकः नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको दाम ४ पैसा बढेको छ । युरो, जापानी येन लगायतका केही मुद्राको विनिमय दर घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ । युरोपियन युरोको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा पुगेको छ । युरो आज ३७ पैसा घटेको हो । जापानी येन पनि आज १० पैसा घटेको छ । आज १० येनको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ  ।पाउण्ड स्टर्लिङको विनिमय दर आज ४ पैसा बढेको छ ।  आज पाउण्ड स्टर्लिङ १ को

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ५०१ पटक पढिएको
  • एकै व्यक्तिलाई धेरै डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्न दिइयो सुझाव

    इटहरी ।  पूँजी बजार सुधार कार्यदलले लगानीकर्तालाई दुई वा सोभन्दा बढी हितग्राही खाता (डिम्याट) खोल्न दिने सुझाव दिएको छ । अर्थमन्त्री रामेश्वर खनाललाई प्रतिवेदन बुझाउँदै कार्यदलले यस्तो सुझाव दिएको हो ।कार्यदलले लगानीकर्ताको हित र पुँजी बजारको विकासका लागि विभिन्न सिफारिशहरू गरेको जनाएको छ । कार्यदलले नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीबद्ध कम्पनीहरूको वर्गीकरणलाई थप वस्तुनिष्ठ बनाउनुपर्ने सुझाव दिएको छ । यस वर्गीकरणपछि ‘जेड’ समूहमा पर्ने कम्पनीहरूको कारोबारमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ ।लगानीकर्ताका समस्या र गुनासोलाई तत्काल सम्बोधन गर्न गुनासो व्यवस्था

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ४४५ पटक पढिएको
  • सुनको भाउले गर्याे रेकर्ड ब्रेक

     आज पनि सुनको भाउले रेकर्ड ब्रेक गरेको छ । योसँगै आज लगातार तेस्रो दिन सुनको भाउले रेकर्ड ब्रेक गरेको छ । चाँदीको भाउले पनि लगातार २ दिन उच्च मूल्यको रेकर्ड ब्रेक गरे पनि आज भने स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ९६० रुपैयाँ निर्धारण भएको छ ।हिजो असोज २० गते सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको थियो । हिजो सुन र चाँदीको भाउले अस्ति कायम उच्च मूल्यको रेकर्ड तोडेको थियो ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • २८९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल