इटहरी । आज शेयर बजार सामान्य अङ्कले बढे पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ५ दशमलव ०८ अङ्कले बढेर २७३१.५९ विन्दुमा पुगेको छ । नेप्से आज ० दशमलव १८ प्रतिशतले बढेको हो ।

नेप्सेमा सूचीकृतमध्ये ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर १ लाख २१ हजार ९९२ पटक किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ रुपैयाँको शेयर कारोबार भएको छ । हिजो १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

नेप्सेमा सूचीकृत समूहमध्ये ८ वटामा हरियाली छाउँदा आज वित्त समूह सर्वाधिक अर्थात् १.२४ प्रतिशतले बढेको छ । लगानी समूह सर्वाधिक अर्थात ०.१६ प्रतिशतले घटेको छ ।

१० प्रतिशत शेयरमूल्य बढेर आज आँखुखोला जलविद्युतको सर्वाधिक ८३ करोड ५७ लाख ५१ हजार ३२८ रुपैयाँको शेयर किनबेच भएको छ । राधी विद्युत्, एसवाई प्यानल, युनाइटेड मोदी हाईड्रो र रिभर फल्स पावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढ्दा नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ४.६० प्रतिशत घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ८६ अर्ब ४० करोड ७३ लाख ७० हजार ५१ रुपैयाँ कायम भएको छ ।