आर्थिक

    Showing ८११-८२० of १,२७२ items.
  • आजदेखि सर्वसाधारणका लागि सालपा विकास बैंकको आईपीओ बिक्री शुरु

    इटहरी ।  सर्वसाधारणका लागि सालपा विकास बैंक लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।सो बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि र सामूहिक लगानी कोषहरूका लागि आईपीओ बाँडफाँड भइसकेको छ ।२६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरूलाई सुरक्षित राखी बाँकी रहेको १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगान

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २७९ पटक पढिएको
  • ८००० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको ३०० रुपैयाँ

    इटहरी ।  आज  सुनको भाउ तोलामा ७ हजार ९०० रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा ३०५ रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६२ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ५९० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः पुस १५, २०८२
    • २७९ पटक पढिएको
  • ११ महिनामा इलामको सुकिलुम्बा विमानस्थलमा ८३ जना हवाइयात्रुले मात्रै लिए सेवा

    काठमाडौंः सन् २०२५ को ११ महिनामा इलाममस्थित सुकिलुम्बा विमानस्थलबाट सबैभन्दा थोरै ८३ जनाले हवाइ सेवा लिएका छन् । बझाङ विमानस्थलबाट १२७ जनाले सेवा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।प्राधिकरणको तथ्याङ्कअनुसार ताप्लेजुङस्थित सुकेटार विमानस्थलबाट ४०५ यात्रुले सेवा लिएका छन् । खोटाङको साँफेबगर विमानस्थलबाट ३०५ जना र मनमाया राई खानीडाँडा विमानस्थलबाट ४९९ जनाले सेवा लिएका छन् ।ओखलढुंगाको रुम्जाटारबाट ५०८ र गुल्मीस्थित रेसुङ्गा विमानस्थबाट ६५६ यात्रुले सेवा लिएको प्राधिकरणले जनाएको छ ।कास्कीको पोखरा विमानस्थल आन्तरिकतर्फ सबैभन्दा धेरै यात्रुले सेवा लिएको विमानस्थल हो । सो विमानस्थलब

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ३०१ पटक पढिएको
  • सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

    इटहरी । सेयरबजारमा दोस्रो कारोबार दिन आज १०.५३ अंकको करेक्सन आएको छ।नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार ४७ अंकले बढेको बजार सोमबार उक्त अंकले घटेर २६२२.८८ विन्दुमा थामिएको हो।यस दिन ४ अर्ब ७७ करोडको कारोबार भएको छ। कुल १ करोड कित्ता बिक्रीपछि यो परिमाणमा खरिदबिक्री भएको हो। कारोबारमा ८५ वटाको मूल्य बढ्दा १६५ वटाको घटेको छ भने नौवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। बढेकामध्ये आज एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर ८० रुपैयाँले बढेको छ। त्यसैगरी ग्लोबल आईएमई समुन्नत योजना २ का लगानीकर्ताले पनि प्रतिकित्ता ०.९२ रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक कर्पोरेट डेभलपमेन

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २१६ पटक पढिएको
  • चाँदीको भाउले बनायो उच्च मूल्यको कीर्तिमान

    विराटचोकः तोलामा ६० रुपैयाँ बढेर आज चाँदीको भाउले उच्च मूल्यको रेकर्ड बनाएको छ । योसँगै चाँदीको भाउले हिजो बनाएको उच्च मूल्यको रेकर्ड तोडिएको हो । सुनको भाउ भने आज तोलामा ६०० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ७० हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ८९५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २७० रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ३७० पटक पढिएको
  • रवि–बालेन सहमतिलाई शेयर बजारले देखायो हरियो झण्डा

    विराटचोकः घट्दो क्रममा रहेको शेयर बजार आज १ दशमलव ८३ प्रतिशत अर्थात् ४७ दशमलव ५५ अङ्कले बढेको छ । लगानीकर्ताले यो बढाइलाई रवि र बालेनबीच भएको सहमतिको परिणामको रुपमा लिएका छन् ।साताको पहिलो कारोबार दिन आज ३२८ वटा कम्पनीको १ करोड ३१ लाख ५७ कित्ता शेयर ८९ हजार २५१ पटक किनबेच हुँदा ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँको कारोबार भएको छ ।सबै समूहमा हरियाली छाएको दिन आज फाइनान्स समूह सर्वाधिक अर्थात् २.७० प्रतिशतले बढेको छ । अन्य समूह २.५५, विकास बैंक २.२८, लगानी १.९९, हाईड्रो १.९७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.८७, निर्जीवन बीमा १.७०, बैंक समूह १.६६, होटल १.३८, लघुवित्त १.३८, म्युचु

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २७७ पटक पढिएको
  • सुन्दर होटल व्यवसायी संघको अध्यक्षमा पुनः उत्सव थापा

    विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा सञ्चालित होटल व्यवसायीको साझा संस्था सुन्दर होटल व्यवसायी संघको अध्यक्षमा पुनः उत्सव थापा चयन हुनुभएको छ ।शनिबार सुन्दरहरैंचा–६ हसिना सिमसारमा भएको संघको तेस्रो साधारणसभाले थापालाई पुनः अध्यक्षमा चयन गरेको हो । साधारणसभाले संघको महासचिवमा आकाश दुलाल र वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ चयन हुनुभएको छ । उपाध्यक्षद्वयमा सुजन सुब्बा र गोमा श्रेष्ठ चयन हुनुभएको छ । सचिवमा स्थिरबहादुर कटुवाल तथा कोषाध्यक्षमा नरेन्द्रमणि पौडेल र सह कोषाध्यक्षमा धितराज राई चयन हुनुभएको छ ।सदस्यहरुमा नवीन खनाल, विशालकुमार साहु, अधुनी चौधरी, इन्द्रमाया खत्री, नवीन ढकाल, चुडा बिष्ट

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३०९ पटक पढिएको
  • सुनको मूल्य तोलाको २ लाख ७० हजार रुपैयाँभन्दा माथि

    इटहरी ।  सुनचाँदीको भाउले आज पनि उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २७० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ७० हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ८३५ रुपैयाँ निर्धारण भएको छ ।सुन चाँदी दुवैको भाउले शुक्रबार कायम उच्च मूल्यको रेकर्ड आज तोडेको हो ।शुक्रबार सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १६५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३०७ पटक पढिएको
  • स्थानीय र वैदेशिक रोजागारीमा रहेकाहरूका लागि रिज लाइन इनर्जीले आजदेखि आईपीओ बिक्री गर्ने

    इटहरी । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात् ११ करोड ८५ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको निष्काशन गरी बिक्री हुने भएको हो ।सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात् १ करोड ४२ लाख २० हजार रकमबराबरको रु.१०० अंकित दरका १ लाख ४२ हजार २०० कि

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २६६ पटक पढिएको
  • पौष १६ गतेसम्म टिभिएस एक्सचेञ्ज महाअफर: इटहरीमा ९४ बाइक–स्कुटर बिक्री

    इटहरी – इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले उल्लेखनीय सफलता हासिल गरेको छ। नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा सञ्चालन गरिएको उक्त महाअफर अन्तर्गत छोटो अवधिमै ९४ वटा टिभिएस ब्रान्डका बाइक तथा स्कुटर खुद्रा बिक्री भएका छन्।पारस अटो मोबाइल्सका अनुसार कुल बिक्रीमध्ये  ७८ वटा बाइक तथा स्कुटर एक्सचेञ्ज तथा फाइनान्स सुविधामार्फत बिक्री भएका हुन्। पुराना सवारी साधन साटेर नयाँ टिभिएस बाइक वा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्था, आकर्षक छुट तथा सरल फाइनान्स प्रक्रियाका कारण ग्राहकको सहभागिता उल्लेखन

    • प्रकाशित मितिः पुस १२, २०८२
    • ४२८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल