आर्थिक

    Showing ८५१-८६० of १,२७२ items.
  • धरानमा टिभिएस एक्सचेन्ज मेला : पुरानो साटेर नयाँ, नागरिकता-मात्रैमा फाइनान्स

    धरान - नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको ‘टिभिएस एक्सचेन्ज मेला’ धरानमा आयोजना हुने भएको छ। धरानस्थित आधिकारिक बिक्रेता न्यु कुष्ण टेडसले मंसिर २८ देखि पौष ४ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ।मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक/स्कुटर लिन सकिनेछ। ग्राहकका लागि मेलामा विशेष अफरहरू उपलब्ध रहनेछन्—रु ३० हजारसम्मको न्यूनतम मूल्यांकन, रु ८ हजारसम्मको क्यास डिस्काउन्ट, रु १० हजारसम्मको भ्यालु एडिसन, फ्रि एक्सेसरीज, निशुल्क हेल्मेट, लाइफटाइम वारन्टी तथा नागरिकतामात्रैमा फाइनान्स सुविधा।न्यु कुष्ण टेडसका अनुसार मेलाले पुरानो सवारी साटेर नयाँ टिभि

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • ५८५ पटक पढिएको
  • चाँदीको भाउले आज पनि तोड्यो हिजो कायम भएको उच्च मूल्यको रेकर्ड

    इटहरी ।  आज पनि चाँदीको भाउले उच्च मूल्यको नयाँ रेकर्ड बनाएको छ । हिजो कायम भएको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५३ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ८०५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ बढेको थियो । हिजो चाँदीको भाउ हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ३२४ पटक पढिएको
  • वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आजदेखि आईपीओ निष्काशन गर्दै सालपा विकास बैंक

    विराटचोकः सालपा विकास बैंक लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने अर्थात् १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।सो आईपीओमा मंसिर २९ गतेसम्म आवेदन

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २७९ पटक पढिएको
  • काँकरभिट्टाबाट ४ महिनामा ६ अर्बको इन्धन आयात

    काँकरभिट्टाः चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट ६ अर्ब २ करोड ७६ लाख ४५ हजार रुपैयाँको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको छ ।मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ३१८ पटक पढिएको
  • चाँदीको भाउ हालसम्मकै उच्च

    इटहरी । आज सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ । चाँदीको भाउ भने तोलामा १५० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । चाँदीको भाउले मंसिर १७ गते कायम भएको हालसम्मको उच्च मूल्यको रेकर्ड तोडेको हो । सो दिन चाँदीको भाउ ३ हजार ६५५ रुपैयाँ निर्धारण भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५२ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा १००० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • ३०० पटक पढिएको
  • महिना दिनमै भयो साढे तीन अर्ब बढीको अड लट शेयरको कारोबार

    काठमाडौंः एक महिनामा तीन अर्ब रुपैयाँभन्दा बढीको अड लट शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अडलट अर्डर देखिने बनाएपछि हरेक महिना कारोबार बढ्न थालेको छ ।नेप्सेले सार्वजनिक गरेको कात्तिक महिनाको मासिक विवरण अनुसार सो महिनामा २ करोड ८५ लाख ६७ हजार कित्ता शेयर बिक्री हुँदा ३ अर्ब ५५ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । असोजमा ९ लाख ३५ हजार कित्ता शेयर बिक्री हुँदा २८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको थियो ।भदौमा २ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा १८ करोड रुपैयाँको कारोबार भएको थियो ।साउन महिनामा २१ लाख १ हजार २९३ कित्ता शेयर किनबेच हुँदा ७१ करोड ४४ लाख ५० हजार रुपैयाँ

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २३३ पटक पढिएको
  • सुनको भाउ १००० रुपैयाँ घट्यो, चाँदीको बढ्यो १५ रुपैयाँ

    विराटचोकः आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको हो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५१ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ७०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • ३२८ पटक पढिएको
  • ‘विराट ट्रेड एक्स्पो २०२५’ पुस ९ देखि विराटनगरमा, २३० स्टल तयारी — २ लाख दर्शक लक्षित

    मोरङ उद्योग व्यापार संघ विराटनगरको आयोजनामा ‘विराट ट्रेड एक्स्पो २०२५’ आगामी पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा आयोजना हुने भएको छ। संघले सोमबार पत्रकार सम्मेलन गरी ११ दिनसम्म चल्ने मेलाबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो।यस वर्षको एक्स्पो विराटनगर–१ स्थित जिल्ला प्रहरी कार्यालय नजिकको खाली मैदानमा अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीका रूपमा आयोजना हुने छ। एक्स्पोको संयोजक संघका सचिव अमितकुमार सारडालाई तोकिएको छ।संघका अनुसार देशको विद्यमान आर्थिक शिथिलतालाई चिर्दै बजारलाई चलायमान बनाउने उद्देश्य एक्स्पोको मूल लक्ष्य रहेको छ। मोरङ–सुनसरी औद्योगिक करिडोरको प्रवर्द्धन,

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २७१ पटक पढिएको
  • अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने

    इटहरी ।  भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले नेपालमा एक सय रुपैयाँभन्दा माथिका भारतीय नोटहरु चलाउन दिने भएको छ । आरबीआईले भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा लगाइएको प्रतिबन्ध हटाएको हो ।भारतमा सन् २०१६ मा नोटबन्दी हुँदा २ हजार दरका नोट छापिएका थिए । सन् २०२३ देखि सो नोट समेत छापिन छोडेको छ । अहिले १ सय दर माथि ५ सय र १ हजार दरका भारतीय नोट चलनचल्तीमा छ । सूचनामा नेपाल आउँदा २५ हजार रुपैयाँसम्म भारतीय रुपैयाँ लिएर आउन पाउने जनाइएको छ ।२५ हजार रुपैयाँसम्मको सीमाका कारण नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले १ सय भन्दा माथिको नोट नेपालमा प्रतिबन्धित हुँदा असहज

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • ३६५ पटक पढिएको
  • सुनको भाउ ७०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो २० रुपैयाँ

    इटहरी ।  आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढ्दा चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५२ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ५८५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • ३४१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल