इटहरी । गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो साता २५९६.१२ अङ्कमा बन्द भएको नेप्से गत साता १.९४ प्रतिशत अर्थात ५०.३९ अङ्क घटेर २५४५.७३ अङ्कमा रोकिएको छ ।सातामा ५ दिन खुलेको शेयर बजारमा २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो । यो साता कारोबार रकम पनि घटेको छ । अघिल्लो साता दैनिक औसतमा ६ अर्ब १० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ४ अर्ब ८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।साताभरमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०८ प्रतिशत बढेको छ । बाँकी सबै १२ उपसमूहको
इटहरी । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्नो बिक्रेतामार्फत कार्तिक ३० गते देखि ुटिभिएस एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । इटहरीस्थित आधिकारिक बिक्रेता पारस अटो मोवाइल्सले सो मेला आयोजना गर्ने भएको हो । कात्तिक ३० देखि मंसिर ५ गते सम्म चल्ने यो मेलामा जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टीभीएस बाइक वा स्कुटर लिन सकिने जनाइएको छ ।मेलामा ग्राहकका लागि रु। ३०,००० सम्मको न्यूनतम मूल्यांकन, रु। ८ हजार सम्मको क्यास डिस्काउन्ट, रु १०,००० सम्मको भ्यालु एडिसन, साथै फ्री एक्सेसरीज, लाइफटाइम वारन्टी र सजिलो फाइनान्स सुविधा उपलब्ध छन्।पारस अ
विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजा २८५ रुपैयाँ तोकिएको छ ।हिजो सुनको भाउ तोलामा ५ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १८० रुपैयाँ बढेको थियो ।
इटहरी । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि.ले नेपालमा TVS मोटर कम्पनीको आधिकारिक बिक्रेताहरूमार्फत नयाँ माेडलका दुई मोटरसाइकलकाे भव्य लञ्च गरेको छ। कम्पनीकाे इटहरीस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्स इटहरीले भब्य कार्यक्रम सहित TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO सार्वजनिक गर्दै नेपाली बजारमा नयाँ शक्ति, शैली र प्रविधि ल्याउने बताएको छ।युवाहरू माझ बढदाे लाेकप्रियता र बजारमा माग पनि बढेकाेले साे प्रविधि सहितकाे माेटरसाइकल लञ्च गरिएकाे पारस अटो मोबाइल्स इटहरीका सञ्चालक लिलानाथ लुइटेलले बताए । TVS Apache RTR 160 2V F
इटहरी । खोटाङ हलेसी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारणसभाबाट पुनः लावण्यकुमार अधिकारीको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन भएको छ ।निर्वाचन समितिका संयोजक हरिश्चन्द्र ढकालले सञ्चालक समिति उपाध्यक्षमा जयकुमारी गिरी चयन हुनुभएको जानकारी दिए । सचिवमा बाबुराम खड्का, सहसचिवमा लीलाराज खतिवडा र कोषध्यक्षमा मन्जु भट्टराई चयन भएका छन् ।सञ्चालक समिति सदस्यहरुमा देवीबहादुर चौहान, निर्मला राई, विदुर दाहाल, हेमराज खतिवडा चयन भएका छन् ।लेखा सुपरीवेक्षक समितिको संयोजकमा वसन्त केसी तथा सदस्यहरूमा विज्ञान पराजुली र जमुना भट्टराई चयन भएका छन् ।साधारणसभामा संस्थाले उत्क
विराटचोकः आज तोलामा ५ हजार ९०० रुपैयाँ बढेर सुनको भाउ फेरि तोलाको २ लाख ५० हजार रुपैयाँ नाघेको छ । चाँदीको भाउ पनि आज तोलामा १७० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५० हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ३४५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।
सलकपुरः सुन्दरहरैंचा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुन्दरहरैंचा–८ सलकपुरको चौथो वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा हरिबहादुर पौडेल, उपाध्यक्षमा परशुराम पराजुली, सचिवमा शंकरप्रसाद भट्टराई, कोषाध्यक्षमा बद्रीप्रसाद ढकाल चयन हुनुभएको छ । सदस्यहरूमा होमबहादुर खड्का, मन्दिरा उप्रेती, समीक्षा बस्नेत दाहाल, सुमीक्षा सुब्बा, नीलम भट्टराई चयन हुनुभएको छ । लेखा संयोजक तिलकुमार नेपाल तथा लेखा सदस्यहरूमा सविता कोइराला र रेवतप्रसाद उप्रेती चयन हुनुभएको छ ।साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंले वार्षिक प्रतिवेदन र लेखा
काठमाडौंः जेनजी आन्दोलनमा क्षति पुगेको पाँचतारे होटल ह्यात रिजेन्सीले १३३ जना श्रमिकलाई हटाउने निर्णय गरेको छ । ह्यात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले एक सूचना जारी गर्दै आगामी मङ्सिर २२ गतेदेखि लागू हुने गरी होटलमा कार्यरत श्रमिकलाई हटाइने जनाएका हुन् ।सूचनामा कोभिड १९ का कारण लामो समय सम्म होटल तथा पर्यटन क्षेत्र बन्द भई होटललाई निकै नै ठुलो आर्थिक क्षति भएको र सो अवस्थाबाट हालसालै मात्र केहि सुधार आइरहेकोमा गत भदौ २४ को घटनाको कारण पुनः होटललाई ठूलो आर्थिक क्षति हुन पुगेको उल्लेख छ ।होटलको मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने र मर्मत अवधीभर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भए
काठमाडौंः नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ ।राष्ट्र बैंकले ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि बेइजिङको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको हो ।राष्ट्र बैंकका अनुसार नोट छाप्नका लागि उक्त कम्पनीलाई बोलकबोल मार्फत छनोट गरिएको हो । सोमबार उक्त कम्पनीसँग करार सम्झौता समेत गरिएको छ ।उक्त कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिइने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका –१० विराटचोक स्थित प्रेरणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारणसभा संस्थाका अध्यक्ष गोपाल थापाको अध्यक्षता तथा राष्ट्रिय सभाका पूर्व सांसद रमेशजंग रायमाझीको प्रमुख आतिथ्यतामा भएको थियो ।साधारणसभामा संस्थाको आर्थिक वर्ष २०८१\०८२ को वार्षिक प्रतिवेदन, आय–व्यय विवरण, प्रगति विवरण र आर्थिक वर्ष २०८२\०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।संस्थाले एम्बुलेन्स सेवा, सहकारी अवलोकन भ्रमण, तालिम तथा सेमिनार, सामाजिक सेवा, व्यावसायिक कारोबारमा सहुलियत, दुर्घटना र सुत्केरी भएका सदस्यलाई आवश्यक सहयोगजस्त