इटहरी । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्नो बिक्रेतामार्फत कार्तिक ३० गते देखि ुटिभिएस एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । इटहरीस्थित आधिकारिक बिक्रेता पारस अटो मोवाइल्सले सो मेला आयोजना गर्ने भएको हो ।
कात्तिक ३० देखि मंसिर ५ गते सम्म चल्ने यो मेलामा जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टीभीएस बाइक वा स्कुटर लिन सकिने जनाइएको छ ।
मेलामा ग्राहकका लागि रु। ३०,००० सम्मको न्यूनतम मूल्यांकन, रु। ८ हजार सम्मको क्यास डिस्काउन्ट, रु १०,००० सम्मको भ्यालु एडिसन, साथै फ्री एक्सेसरीज, लाइफटाइम वारन्टी र सजिलो फाइनान्स सुविधा उपलब्ध छन्।
पारस अटोमोबाइल्सका अनुसार मेलामा सहभागी भई पुरानो बाइक वा स्कुटर साटेर नयाँ सवारी साधन घर लैजाने सुनौलो अवसर ग्राहकले पाउनेछन्।


















