इटहरी ।  खोटाङ हलेसी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारणसभाबाट पुनः लावण्यकुमार अधिकारीको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन भएको छ ।

निर्वाचन समितिका संयोजक हरिश्चन्द्र ढकालले सञ्चालक समिति उपाध्यक्षमा जयकुमारी गिरी चयन हुनुभएको जानकारी दिए ।  सचिवमा बाबुराम खड्का, सहसचिवमा लीलाराज खतिवडा र कोषध्यक्षमा मन्जु भट्टराई चयन भएका छन् ।

सञ्चालक समिति सदस्यहरुमा देवीबहादुर चौहान, निर्मला राई, विदुर दाहाल, हेमराज खतिवडा चयन भएका छन् ।

लेखा सुपरीवेक्षक समितिको संयोजकमा वसन्त केसी तथा सदस्यहरूमा विज्ञान पराजुली र जमुना भट्टराई चयन भएका छन् ।

साधारणसभामा संस्थाले उत्कृष्ट ऋणी, ज्येष्ठ शेयर सदस्य लगायत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।