खेलकुद

    Showing १७१-१८० of ५६२ items.
  • लेटाङ रन–२०८२ मा भेट्रानतर्फ रेशम लिम्बू र जमुना लिम्बू पहिलो

    लेटाङः लेटाङ नगरपालिकामा हिजो आयोजित तेस्रो लेटाङ रन–२०८२ अन्तर्गत भेट्रान तर्फको १० किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ इटहरीका रेशम लिम्बू र महिलातर्फ धरानकी जमुना लिम्बू पहिलो भएका छन् ।रेशमले ३७ मिनेट ३७.४७ सेकेण्डमा र जमुनाले ५० मिनेट १ः६१ सेकेण्डमा दौड पूरा गरेका हुन् ।दुवै विधातर्फ पहिलो हुनेले नगद १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ४ हजार पुरस्कार पाएका छन् । विजेताहरुलाई पूर्वमन्त्री डिबहादुर लिम्बू र पूर्वसांसद घनश्याम खतिवडाले पुरस्कार प्रदान गर्नुभएको थियो ।यस्तो रह्यो १० किलोमिटर दौडको नतिजाभेट्रान पुरुषतर्फ१. रेशम लिम्बू (इटहरी–९) – ३७ मिनेट ३७.४७ सेकेन्ड२. विजयकुमार राई (

    • प्रकाशित मितिः माघ २, २०८२
    • २०५ पटक पढिएको
  • सुन्दरहरैंचामा माघ ६ गतेदेखि कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता

    गछियाः सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा यही माघ ६ गतेदेखि ८ गतेसम्म दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खेल मैदानमा आयोजना हुने आयोजकले जनाएको छ ।प्रतियोगिताबारे जानकारी हिजो आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक सिद्धार्थ युवा समाजका अध्यक्ष असिम राईले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार विभिन्न जिल्लाका १२ वटा पालिकाबाट महिला भलिबल टिमको सहभागिता सुनिश्चित भइसकेको छ । थप २ पालिका सहभागी हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।महिला खेलाडी उत्पादन तथा प्रवद्र्धन गर्न प्रतियोगित

    • प्रकाशित मितिः माघ २, २०८२
    • २४६ पटक पढिएको
  • रियल हराउँदै बार्साले लगातार दोस्रोपटक जित्यो स्पेनिस उपाधि

    एजेन्सी । रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले लगातार दोस्रोपटक स्पेनिस सुपर कपको उपाधि जितेको छ। साउदी अरेबियाको जेद्दामा भएको फाइनलमा बार्सिलोनाले रियललाई ३–२ गोलअन्तरले हराएको हो। बार्साको जितमा राफिन्हाले २ तथा रोबर्टो लेवान्डोस्कीले एक गोल गरे।रियलका भिनिसियस जुनियर र गोन्जालो गार्सियाले समान एक गोल गरेपनि टोलीको हार टार्न सकेनन्। एल क्लासिको भिडन्तको पहिलो हाफ २–२ को बराबरीमा सकिएको खेलमा राफिन्हाले निर्णायक गोल गरे।पहिलो हाफको ३६ औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा भिनिसियसको गोलमा रियल खेलमा फर्किएको थियो।

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २१० पटक पढिएको
  • माघ १ गते लेटाङ रनको तेस्रो संस्करण हुने

    लेटाङः मोरङको लेटाङ नगरपालिकाले आयोजना गर्ने लेटाङ रनको तेस्रो संस्करणको प्रतियोगित माघ १ गते हुने भएको छ ।आयोजक लेटाङ रनका अनुसार तेस्रो संस्करणमा ८ सय धावकको सहभागिता हुने अनुमान गरिएको छ । लेटाङ रनका अध्यक्ष किरण राईले यस वर्षको लेटाङ रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरुको समेत सहभागिता रहने बताउनुभयो ।उहाँका अनुसार यस वर्ष ४ वटा विधामा महिला र पुरुषतर्फ गरि ८ वटा प्रतिस्पर्धा सञ्चालन गरिने भएको छ । सबैभन्दा ठूलो पुरस्कार राशीको खुला पुरुष तथा महिलातर्फको १० किलोमिटरको म्याराथन प्रतियोगिता सञ्चालन हुने भएको छ । जसमा देश विदेशका खेलाडीहरुले खुला रुपमा सहभागिता जनाउने पाउनेछ

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २६४ पटक पढिएको
  • साजीलालका युधिष्ठिर घिमिरेले जिते कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दोको उपाधि

    इटहरी ।  मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माविमा कक्षा ७ मा अध्ययनरत युधिष्ठिर घिमिरेले कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।हालै भारतको सिक्किम, कालिम्पोङमा सम्पन्न कालिम्पोङ इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२५ अन्तर्गत पुम्से विधाको अण्डर १२ उमेर समूहमा प्रतिष्पर्धा गर्दै घिमिरेले स्वर्ण पदक जितेका हुन् ।यही पुस ५ र ६ गते भारतको कालिम्पोङस्थित मल्टी स्पोट्र्स कम्प्लेक्समा सम्पन्न प्रतिष्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा स्वर्ण पदक जित्न सफल घिमिरेको यस उपलब्धिले विद्यालय, परिवार तथा समग्र जिल्लालाई गौरवान्वित ब

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २५८ पटक पढिएको
  • पुस १७ गतेदेखि सुन्दरहरैंचामा दोस्रो उपमेयर कप अन्तर–पालिका महिला भलिबल प्रतियोगिता

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा पुस १७ गतेदेखि १९ गतेसम्म ‘दोस्रो उपमेयर कप अन्तर–पालिका स्तरीय महिला भलिबल प्रतियोगिता’ हुने भएको छ ।सिद्धार्थ युवा समाज क्लब सुन्दरहरैंचा ६ को आयोजना तथा सुन्दरहरैंचा नगरपालिका खेलकुद विकास समितिको मुख्य सहयोगमा सुन्दरहरैंचा–७ स्थित गछिया खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि पुस गतेसम्म टिम दर्ता गर्नुपर्ने जनाइएको छ ।सो प्रतियोगितामा पहिलो हुने टीमले ट्रफिसहित नगद १ लाख २५ हजार, दोस्रो हुनेले नगद ६२ हजार ५ सय र उत्कृष्ट खेलाडीलाई नगद २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १२, २०८२
    • २६३ पटक पढिएको
  • आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक

    विराटचोकः नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । सो प्रतियोगितामा १० देशको सहभागिता रहने आयोजकले जनाएको छ ।सार्वजनिक खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एशिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन् ।जनावरी १४ तारिखदेखि फेब्रुअरी १ तारिखसम्म सञ्चालन हुने सो प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, आयरल्याण्ड, अमेरिका तथा पपुवा न्यूगिनी छन् । प्रतियोगिताको खेल मूलपानी क्रिकेट

    • प्रकाशित मितिः पुस ११, २०८२
    • २५१ पटक पढिएको
  • विराटनगरमा मोटरसाइकल दुर्घटना : राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु

    इटहरी । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट खेलाडी २७ वर्षीय मिनष थापाको मृत्यु भएको छ।विराटनगर महानगरपालिका–५ निवासी थापा गएराति १ बजेतिर दुर्घटनामा परेका हुन्।विराटनगर–४ स्थित भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो। लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।थापा विगत ९ वर्षभन्दा लामो समयदेखि कोसी प्रदेशबाट राष्ट्रिय क

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २४२ पटक पढिएको
  • १४ खेलाडीलाई एनओसीले दियो छात्रवृत्ति, ८ खेलाडीले पाउने छन् मासिक ११ सय डलर

    इटहरी । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। एनओसीले शुक्रबार एक कार्यक्रम गर्दै छात्रवृत्ति दिएको हो। एनओसीले सन् २०२८ मा हुने एलए ओलम्पिक, २० औं एसियाली खेलकुद २०२६ र डकार युथ ओलम्पिक २०२६ का १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको हो। एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका खेलाडीले तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलरको छात्रवृत्ति पाएका छन्। यसरी ओलम्पिक छात्रवृत्ति पाउने खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भावना आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी शिभाली गुरुङ, स्पोर्ट क्लाम्बिङकी

    • प्रकाशित मितिः पुस ४, २०८२
    • २६८ पटक पढिएको
  • नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा बनेका कीर्तिमानहरू

    काठमाडौंः गत महिना सम्पन्न नेपाली क्रिकेटको सर्वाधिक ठूलो महोत्सव नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा केही नयाँ रेकर्ड बनिएका छन् ।गत वर्षको उपविजेता सुदूर पश्चिम रोयल्सलाई यस पटक पनि उपविजेता बनाउँदै दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । उपाधिसँगै विजेता टिमले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेताले ५१ लखमा चित्त बुझाएको छ । यस्तै, प्रतियोगितामा तेस्रो भएको विराटनगर किङ्सले २५ लाख र चौथो स्थानमा पुगेको काठमाडौँ गोर्खाजले १५ लाख रुपैयाँ पुरस्का पाएका छन् ।यी हुन् दोस्रो संस्करणमा बनेका रेकर्डहरूबलिङ, ब्याटिङब्याटिङ र बलिङमा केही नयाँ रेकर्ड बनेक

    • प्रकाशित मितिः पुस ३, २०८२
    • ३३२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल