तरहराः यही पुस ५ गतेदेखि पुस १२ गतेसम्म तरहरास्थित बहुभाषी खेलमैदानमा योङ ब्वाइज फुटबल क्लबको आयोजनामा तरहरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।आयोजकले पत्रकार सम्मेलनमार्फत् दिएको जानकारीअनुसार गोल्डकपमा आरआईसी काठमाडौं, पञ्चायत फुटबल क्लब, उदयपुर फुटबल क्लब, पानबारी फुटबल क्लब, केराबारी फुटबल क्लब, योङ ब्रदर्स फुटबल क्लब, योङ ब्वाइज फुटबल क्लब, खरखोला फुटबल क्लब र वराहक्षेत्र फुटबल क्लब गरी ८ टिम सहभागी बन्ने छन् ।प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।उत्कृष्ट खेलाडी, उ
काठमाडौंः सुदूर पश्चिम रोयल्सलाई दोस्रो पटक पनि उपविजेतामै सीमित बनाउँदै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।एनपीएलको यो प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भएका छन् । रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए । उनले ओमोडा कार पुरस्कारबापत पाएका छन् ।प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले सोबापत पल्सर बाइक प्राप्त गरेका छन् ।यस्तै रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूर पश्चिमका अविनाश बोहरा घोषित भएका छन् ।
काठमाडौंः हिजो सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल उत्कृष्ट खेलाडी हुँदै कार पुरस्कार पाएका छन् ।कार विजेता रोहितले यो सिजनमा २७४ रन बनाएका छन् भने १० विकेट लिएका छन् । फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिएका थिए ।सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालीमध्ये शीर्ष र समग्रमा दोस्रो स्थानमा रहेका उनी विकेट लिने खेलाडीको सूचीमा समग्रमा नवौं स्थानमा रहे ।
काठमाडौंः हिजो सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल उत्कृष्ट खेलाडी हुँदै कार पुरस्कार पाएका छन् ।कार विजेता रोहितले यो सिजनमा २७४ रन बनाएका छन् भने १० विकेट लिएका छन् । फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिएका थिए ।सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालीमध्ये शीर्ष र समग्रमा दोस्रो स्थानमा रहेका उनी विकेट लिने खेलाडीको सूचीमा समग्रमा नवौं स्थानमा रहे ।
काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको विजेता लुम्बिनी लायन्स बनेको छ । उसले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई यस पटक पनि उपविजेतामै सीमित गरिदिएको छ ।सुदूर पश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै च्याम्पियन बनेको हो । लुम्बिनी पछिल्ला ६ खेलमा लगातार जीत हात पारेको छ ।लुम्बिनीका ओपनर दिनेश अधिकारीले सुदूर पश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन जोडेको थियो । उनले १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाए ।पहिलो विकेटका लागि दिनेशले डार्शी सर्टसँग ४ ओभरमै ५८ रनक
काठमाडौंः त्रिवि अन्तर्राष्ट्रिय खेलमैदान कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आज फाइनल खेल हुँदैछ । एनपीएलको उपाधि पहिलो पटक चुम्ने दाउमा दुवै टिम रहेका छन् ।दिउँसो साढे ३ बजेदेखि शुरु हुने प्रतियोगितामा जुन टिमले जिते पनि एनपीएलको उपाधि पहिलो पटक हात पार्ने टिम बन्ने छन् । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिएको छ । गत संस्करणको उपविजेता सुदूर पश्चिम लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेको हो ।लुम्बिनी लायन्स पहिलो पटक प्लेअफ पुग्नुका साथै फाइनलसम्म पुगेको हो ।
काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्स पहिलोपटक प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान सुरक्षित बनाएको हो ।लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा अलआउट भयो ।विराटनगरका लागि साम हिजलेटले २८ बलमा २ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ र मर्चेन्ट डे लाङले १७ रन बनाए । बाँकी खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।लुम्बिनीका लागि तिलक भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । रुबेन ट्रम्प
काठमाडौंः एनपीएलको दोस्रो संस्करणको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको हो । लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।विराटनगरका बलरहरू सुभाष भण्डारी, कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले आज उत्कृष्ट बलिङ गरेका थिए । सुभाषले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । प्रतिशले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सन्दीपले ४ ओभरमा १८ रन
काठमाडौंः आज भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दैछ ।विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।आजको खेलमा विराटनगरले सूर्य तामाङ र नारायण जोशीको ठाउँमा सुवास भण्डारी र शंकर रानालाई खेलाउँदैछ । लुम्बिनी लायन्सले भने हिजोको खेलमा कुनै परिवर्तन गरेको छैन ।यो नकआउट खेल भएकोले पराजित हुने टिम प्रतियोगिताको तेस्रो टिम हुँदै बाहिरिनेछ भने जित्ने टिमले सुदूरपश्चिम रोयल्सँग फाइनल खेल खेल्नेछ ।
काठमाडौंः आज अपराह्न्न ४ बजे आज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेट २०२५ को दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दैछन् । आजको विजेताले फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ ।विराटनगर किंग्स पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायरमा विजयी भएर फाइनल पुग्न खेल्दैछ । लुम्बिनी लायन्सले भने हिजो भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।विराटनगर यस प्रतियोगिताअघि नै स्टार विदेशी खेलाडी अनुबन्ध गरेर चर्चामा आएको टिम हो । गत संस्करणको खराब प्रदर्शन बिर्साउँदै प्लेअफ पनि पुगेको छ ।लुम्बिनीले लगातार चौथो जीत निकालेर यह