काठमाडौँ । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ‘ए’ टिमसँगको अभ्यास खेलमा पराजित भएको छ ।गए राति सम्पन्न अभ्यास खेलमा अमेरिका ‘ए’ ले नेपाललाई ४ विकेटले पराजित गरेको हो । पहिला ब्याटिंग गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो ।जवाफमा अमेरिका ‘ए’ ले ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्दै ४ विकेटले खेल जितेको थियो । यस अभ्यास खेलमा लिग–२ को खेल अघि अमेरिका ‘ए’, नेपाल र स्कटल्याण्ड खेलिरहेका छन् । आज अभ्यास खेल अन्तर्गत अमेरिका ‘ए’ र स्कटल्याण्ड खेल्दै छन् ।
काठमाडाैं । नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्विप’ गरेको छ। सोमबार बिहान भएको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो। नेपालले एक खेलअगावै आइतबार सिरिज जितिसकेको थियो। पहिलो खेल १७ रनले जितेको नेपालले दोस्रो खेलमा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले सिरिज जितेको थियो। सोमबार बिहान अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर १५६ रन बनाएको थियो।अन्तिम खेलमा ओपनर आशिफ शेखले अर्धशतक बनाए। ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन ब
इटहरी । घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेल आज (सोमबार) माल्दिभ्सविरुद्ध खेल्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ५ बजेदेखि खेल सुरु हुनेछ। च्याम्पियनसिपमा नेपाल पहिलो जितको खोजीमा आज मैदान उत्रँदैछ।समूह चरणको पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ। माल्दिभ्सविरुद्धको खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा टोलीमा हुनेछिन्। व्यवसायिक लिगका लागि फ्रान्समा रहेकी साम्बा साफका लागि आइतबार राति नेपाल आइपुगेकी हुन्। उता माल्दिभ्स पनि बलियो टोली नेपाललाई
इटहरी । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा साफ महिला च्याम्पियनसिपका लागि स्वदेश आइपुगेकी छिन्। साम्बा आइतबार मध्यराति नेपाल आइपुगेकी हुन्। व्यवसायिक लिगका लागि फ्रान्सको शीर्ष डिभिजन क्लब एन अभान्टा गुएङ्ग्याम्पमा आवद्ध साम्बा राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गर्न स्वदेश फर्किएकी हुन्।साम्बाको क्लबले नयाँ सिजनमा पहिलो जित दर्ता गर्दा उनले क्लबका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन्। साम्बा सम्भवत: आज सोमबार हुने माल्दिभ्सविरुद्धको खेलमा मैदान उत्रनेछिन्। च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो। जुन साफ इ
इटहरी । अमेरिकाले तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार नेपालसामु जितका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले डलासमा पाँच विकेट गुमाएर १५६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको हो ।सात रन मात्र छँदा पहिलो विकेट गुमाएको अमेरिकाका लागि ओपनर साइतेज मुकामलले सर्वाधिक ६८ रन बनाए र उनले नै टिमको इनिङ्स बुने । उनले ५१ बलको सामना गरेर पाँच चौका र दुई छक्का प्रहार गरे । उनी सोमपाल कामीको बलमा बोल्ड भए ।कप्तान मोनान्क पटेल दुई रन बनाएर सोमपालकै बलमा एलबीडब्लू भएका थिए । यस्तै एन्ड्रेस गुस पनि दुई रन मात्र बनाएर रिजन ढकालको बलमा आउ
काठमाडौं । नेपाल र अमेरिकाबीच जारी तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले सुपरओभरमा जित हासिल हात पारेको छ । निर्धारित २० ओभरको खेल समान १७० रन भएपछि सुपर ओभरमा पुगेको खेलमा नेपाल विजयी बनेको हो ।सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा ३ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले सहज रुपमा ४ बलमै लक्ष्य पुरा गर्दै सिरिजमा २–० को अग्रता बनाएर अन्तिम खेल अघि जित्न सफल भयो । अब नेपालले अन्तिम खेलमा भोलि प्रतिस्पर्धा गर्नेछ ।यसअघि नेपालले १७ अक्टोबरमा भएको पहिलो टी–२० खेलमा १७ रनको जित निकालेको थियो । दोस्रो टी–२० मा पहिले ब्याटिङ गरेको नेपालले अमेरि
इटहरी । टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिका समक्ष १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। डल्लासमा जारी दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनाएको छ ।नेपालका लागि कुशल भुर्तेलले नट आउट रहँदै सानदार पारी खेले । उनले जम्मा ५४ बलमा ९४ रन बनाए । त्यस्तै नेपालका ओपनर ब्याट्सम्यान अनिल साहले ३१ ब्लमा २५ रन बनाए भने भने गुलशन झा १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।अमेरिकाका लागि जसदिप सिंह र नोसथस केनिज्गले समान २-२ विकेट लिए भने सौरभ नेत्रवालकरले १ विकेट हात पारे । आजको खेल
काठमाडौं । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ । टेक्सासस्थित ग्रान्ड प्रेरिमा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । उसका लागि शायन जहाँगीरले अविजित ६० र एन्ड्रिज गौसले ३० रन बनाए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ तथा गुल्शन झा, रिजन ढकाल र करण केसीले १–१ विकेट लिए । यसअघि, पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका लागि
इटहरी । अमेरिकाविरुद्धको पहिलो टी–२० आई क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पावर प्लेमा उत्कृष्ट प्रर्दशन गरेको छ। अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले पावर प्लेमा १ विकेट गुमाएको छ। नेपालले ६ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ५० रन बनाएको छ। पहिलो विकेटका लागि ओपनर आशिफ शेख र अनिल शाहले ४८ रनको साझेदारी गरे।ओपनर अनिल शाह २७ रन बनाउँदा अलि खानको बलमा एलबीडब्लु धरापमा परे। १८ बलमा २ चौका र १ छक्का हानेका अनिल २७ रन बनाउँदा पेभेलियन फर्के। तेस्रो नम्बरमा कुशल भुर्तेल आएका छन्। ओपनर आशिफ १४ र कुशल २ रनमा अविजित छन्। 
इटहरी । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज शुक्रबार दुई खेल हुँदैछन्। घरेलु मैदानमा बिहीबार देखि सुरु च्याम्पियनसिपमा शुक्रबार समूह ‘बी’ का दुई खेल हुनेछन्।पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन्। सो खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा दिउँसो साढे १ बजे सुरु हुनेछ। शुक्रबारै हुने दोस्रो खेलमा भने घरेलु टोली नेपाल र भुटान खेल्ने तालिका छ। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ।बिहिबार देखि सुरु च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ। समूह ‘ए’ मा रहेको भारतले पाकिस्तानमाथि ५–२ को फराकिलो जित दर्ता गरेको हो। पाँच पटकको च्याम्पियन भारत अघिल्लो संस्करण नेपालमा नै भएको च्याम्पियनसिपमा घरे