सुनसरी - स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ।
डच टोलीले ७ विकेट गुमाएर १७४ रन बनाएको लक्ष्य नेपालले ४ विकेट गुमाएर पूरा गर्यो। कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए।
नेपालका करण केसीले २ विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार र दोस्रो खेलमा स्कटल्यान्डसँग जित निकालेको थियो।


















