एजेन्सी । डेनमार्कलाई पराजित गर्दै आयोजक जर्मनी युरोकप फूटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । शनिवार राति डर्टमुन्डमा भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो ।घरेलु टोली जर्मनीको जितमा काई हाभट्ज र जमाल मुसाइलाले एक–एक गोल गरे । पहिलो हाफको ३५ औं मिनेटमा खराब मौसमका कारण खेल केहीबेर स्थगित भएको थियो । त्यो बेलासम्म कुनै गोल भएको थिएन । फेरि सुचारु भएको खेलको ५३ औँ मिनेटमा जर्मनीले पेनाल्टी पायो । त्यसलाई हाभट्जले गोलमा परिणत गरेका हुन् । यस्तै खेलको ६८ औँ मिनेटमा गोल गर्दै मुसाइलाले जर्मनीको जीत सुनिश्चित गराए ।खेलमा दुवैतर्फबाट भ
इटहरी :आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ।आज राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो ।१० वर्षपछि विश्वकपको फाइनलमा पुगेको भारतसँग पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका भने स्तब्ध भयो।भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ५१, क्विन्टन डी ककले ३९, ट्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन बनाएपनि हार टार्न सकेनन्।बलिङतर्फ भा
एजेन्सी । कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वार्टर फाइनलमा प्रवेश गरेको छ । आज (शनिबार) बिहान सकिएको खेलमा कोलम्बियाले कोस्टारिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एक खेल अगावै अन्तिम ८ मा स्थान बनाएको हो ।समूह ‘डी’ मा कोलम्बिया ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोस्टारिकाको पहिलो हार हो । यसअघिको खेलमा कोस्टारिका ब्राजिलसँग बराबरीमा रोकिएको थियो । एरिजोनामा भएको खेलमा कोलम्बियाले ३१ औं मिनेटमा अग्रता लिएको थियो । कोस्टारिकाका गोलकिपर पेट्रिक सेक्वेराले कोलम्बियाका जोन कोर्डोबालाई फल गरेपछि पेनाल्टी दिइएको थियो । पेनाल्टीलाई लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए ।५९औं मिनेटमा जोन एरि
एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज (शनिबार) भारत र दक्षिण अफ्रिका भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे बिज्रटाउनमा शुरु हुनेछ । भारत अस्ती भएको दोस्रो सेमिफाइनलमा साविक विजेता इङल्याण्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो ।भारतले यसअघि एक पटक मात्रै उपाधि जितेको छ । उसले पहिलो संस्करण सन् २००७ मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलंकासँग पराजित भएको थियो । दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल खेल्दैछ । उसले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो ।दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइन
एजेन्सी । भारत आइसिसी टी–ट्वेन्टी विश्वकपको फाइनल प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।गुयनामा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक टी–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६ दशलमव ४ ओभरमा १३ रनमा समेटियो । इङ्ल्याण्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित
काठमाडौँ । जारी टी– २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन् ।सुपर आठको समूह–१ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समूह–२ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् । अब सेमिफाइनलका दुवै खेल बिहीबार हुनेछन् । बिहीबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुनेछ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार विहान ६ः१५ बजेदेखि शुरु हुनेछ ।दक्षिण अफ्रिका
इटहरी । आईसीसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत अफगानिस्तानले बंगलादेश समक्ष ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो ।एर्नोस भेले ग्राउन्डमा जारी खेलमा अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको पारी खेले भने अन्य कुनै पनि खेलाडी बंगलादेशी बलरहरूका सामु धेरैबेर टिक्न सकेनन् ।अजमतुल्लाह ओमरजाई १०, मोहम्मद नाइब १, इब्राहिम जदरान १८ रनमा आउट भए भने कप्तान राशिद खानले नट आउट रहँदै १९ र करिम जनतले नट आउट रहँदै ७ रन बनाए । बंगलादेशका लागि रिसाद होसेनले स
एजेन्सी। आईसीसी टी–२० विश्वकपअन्तर्गत गए राति भएको खेलमा अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा शुरुवाती ब्याटिङ गरेको अमेरिका ११५ रन बनाउँदै अलआउट भएको थियो । ११६ रनको विजय लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९.४ ओभरमा कुनै पनि विकेट नगुमाई ११७ रन बनाएर लक्ष्य पूरा गरेको हो ।अमेरिकाका लागि स्टिभन टेलरे १२ तथा एन्ड्रिज गउजले ८ रन जोडे । त्यस्तै नितिश कुमारले ३०, एरोन जोन्स १०, कोरी एन्डरसन २९, मिलिन्द कुमार ४, हरमित सिंह २१ रनमा आउट भए । साडली भान सचलकेवाक शून्यमा नटआउट हुँदा अन्य ब्याटरहरू शून्यमै आउट भए ।इङ्ल्याण्डका लागि चेरिस जोर्डनले ह्याट्र
इटहरी -आइसिसी टी- २० विश्वकपको सुपर ८ मा अष्ट्रेलियालाई हराउँदै अफगानिस्तानले सेमिफाइनल सम्भावनालाई कायमै राखेको छ। जारी विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको हो। विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरेको पहिलो पटक हो ।अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो ।अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए। त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए। अफगानिस्तानका लागि गुलबद
इटहरी । आइसीसी टी– २० विश्वकपअन्तर्गत ‘सुपर–८’ मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलको निकै नजिक पुगेको छ । शनिबार राति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको हो । यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।भारतले दिएको १९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४६ रन मात्रै बनाउन सक्यो । बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए । तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए । अर्शदीप सिंह