विराटनगर, कोसी प्रदेश – एनपीएल लिगमा खेल्ने विराटनगर किंग्सले आफ्नो नयाँ जर्सी र एन्थम गीत मंगलबार साँझ विराटनगरमा आयोजित एक भव्य कार्यक्रममा सार्वजनिक गरेको छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएर जर्सी र गीतको विमोचन गरे।
विराटनगर किंग्सको जर्सी पहेँलो र निलो रंगमा तयार गरिएको छ, जसले टिमको पहिचानलाई स्पष्ट बनाउँछ। जर्सीको सार्वजनिक कार्यक्रममा टिमको एन्थम गीत पनि प्रस्तुत गरिएको थियो, जुन र्याप शैलीमा तयार गरिएको छ। उक्त गीतको लेखन रचना भ्वाइस अफ विराटनगर किंग्स र एम्बेसडर कुशल पोखरेलले गरेका हुन्।
साथै, गायिका रचना रिमाललाई टिमको फेसको रूपमा चयन गरिएको छ। कार्यक्रमको प्रमुख आकर्षण भनेको टिमका मार्की खेलाडी सन्दीप लामिछानेको उपस्थित पनि थियो।
विराटनगर किंग्सले एनपीएल लिगको आगामी सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्यका साथ तयारी गरिरहेको छ।


















