सुनसरी : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्ज हैदराबाट आमनसामने हुँदैछन्।खेल नेपाली समय अनुसार पौने ८ बजे चेन्नइमा हुनेछ। राजस्थाले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो। हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। पहिलो क्वालिफायरको विजेता कोलकाता भने फाइनलमा पुगिसकेको छ।आईपीएलमा राजस्थान र हैदरावादबीच हालसम्म १९ म्याच भएको छ। जसमा हैदराबादले १० खेल जित्दा राजस्थानले भने ९ खेलमा जित निकालेको छ।आजको विजेताले आइतबार कोलकत्ता नाइट राइडर्ससँग उपाधिका लागी प्रति
सुनसरी (इटहरी खबर)– क्रिकेटर सन्दिप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । आफ्नो सामाजिक सञ्जाल मार्फत विश्वकप खेलमा जाने तयारीमा रहेका सन्दिपले अमेरिकी दुतावासद्वारा आफ्नो भिसा अस्वीकार भएको कुराको जानकारी दिएका हुन् ।काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले गत हप्ता उच्च अदालत, पाटनबाट सफाइ पाएका थिए । काठमाडौं जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सन्दीपले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए । त्यसबेला अदालतले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति पनि दिएको थियो ।सफाइ पाएलगत्तै गत बुधवार नै क्यानले उनीमाथिको निलम्
सुनसरी - आईसिसी टी–२० विश्वकप पहिला नेपालले खेल्ने वार्म–अप खेलको तालिका सार्वजनिक भएको छ। नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने भएको हो।नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल्नेछ। नेपालले २७ मेमा क्यानडाविरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना गर्नेछ। नेपालले सोही मैदानमा नेदरल्याण्ड्सविरुद्ध विश्वकप अन्तर्गतको खेल समेत खेल्दैछ। विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्धको बिहिीबा।र दोस्रो अभ्यास खेल खेलेको छ। र, लगातार दोस्रो जित निकालेको छ
सुनसरी : अभिषेक पोरेल र ट्रिस्टन स्टब्सको अर्धशतकमा दिल्लीले इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो अन्तिम लिग चरणको खेलमा लखनऊ सुपर जायन्ट्सलाई १९ रनले पराजित गरेको हो।दिल्लीका लागि उसका लागि पोरेलले ५८ र स्टब्सले ५७ रन बनाए। दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो। जवाफमा लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । यो नतिजाले राजस्थान रोयल्स भने प्ले–अफ पुग्ने दोस्रो टिम बनेको छ।राजस्थानको १६ अ्रंक छ र उसले अझै २ खेल खेल्न बाँकी रहेको छ। यस्तै चेन्नई सुपरकिङ्सको १४ अंक रहेको छ भने उसले एक खेल खेल्न बाँकी छ। यसैगरी सनराइजर्स हैदरबादको समान
इटहरी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो ।वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । दुवै ओपनर सस्तैमा गुमाएको कोलकत्ताका लागि वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए ।नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे ।मुम्बईका लागि जस्पृत बुम
इटहरी :नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि२० विश्वकपअघि अबको ३ सातामा तयारीस्वरूप ७ खेल खेल्ने भएको छ ।विश्वकपको तयारीका लागि एक महिनाअघि नै पुगेको टोलीले विश्वकपको खेल हुने ३ मध्य २ मैदानमा प्रशिक्षण तथा अभ्यास खेलको अवसर पाउने भएको हो । यसै साता वातावरणमा भिज्न अमेरिका पुगेको टोली हाल फ्लोरिडामा छ ।फ्लोरिडामा समय र वातावरणसँग घुलमिल गरिरहेको टोली टोली आइतबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टतर्फ प्रस्थान गदैछ । नेपालले विश्वकपको समूह चरणमा पछिल्लो २ खेल त्यसै स्थानमा खेल्नेछ ।नेपालले त्यहाँ पुगेर सेन्ट भिन्सेन्ट एण्ड विन्डवार्डको मिक्स टिमसँग ३ खेल खेल्नेछ । १४, १६ र १८ मेमा अभ्यास
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित निकालेको छ। राजिव गान्धी स्टेडियममा गएराति भएको खेलमा हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो। हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार इनिङ्स खेल्दै लखनऊविरुद्ध जित दिलाएका हुन्।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । आयुष बडोनीले ३० बलमा सर्वाधिक ५५ रन बनाए। जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्
सुनसरी - यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फाइनलमा पुगेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा हिजो २–१ र समग्रमा ४–३ को जित निकाल्दै रियल म्याड्रिड फाइनलमा पुगेको हो ।सुरुमा एक गोलले पछि परेको अवस्थामा खेलको अन्तिमतिर मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल फाइनल प्रवेश गरेको हो । उनले खेलको ८८ औँ मिनेटमा र इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । बायर्न म्युनिखका अल्फोन्सो डेविसले खेलको ६८ औँ मिनेटमा गोल गरेर अग्रता बनाएका थिए । बायर्न म्युनिखको घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।रियलले अब फाइनलमा उपाधिका
इटहरी : वेस्ट इन्डिज ए विरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले जित निकालेको छ। आज भएको खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो।वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरे ।साहले ४५ बलमा ५८ रन बनाए भने शेखले ३५ बलमा ५१ रन बनाए। कुशल मल्ल ३७ रनमा नटआउट रहे। बलिङतर्फ वेस्टइन्डिजका ओवेद मकोयले ३ र माथ्यू फोर्डले एक विकेट लिए।यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो। वेस्ट इन्
इटहरी - क्रिकेटको विश्व वरीयतामा नेपालको स्थान खस्किएको छ।अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले शुक्रबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालको टी–२० र एकदिवसीय दुबै वरीयता खस्किएको हो ।यसअघि टी–२० वरीयताको १६ औँ स्थानमा रहेको नेपाल एक स्थान खस्कँदै १७ औँ स्थानमा झरेको हो। नेदरल्यान्ड्स १५ औँ स्थानमा यथावत् रहँदा युएई एक स्थान माथि उक्लँदै १६ औं स्थानमा पुगेको छ।एकदिवसीयतर्फ पनि नेपालको वरीयता दुई स्थान खस्किएको छ। यसअघि १५ औँ स्थानमा रहेको नेपाल १७ औँ स्थानमा झरेको छ।टी–२० र एकदिवसीयको दुबै वरीयतामा भारत शीर्ष स्थानमा रहँदा टेस्टतर्फ अस्ट्रेलियाले शीर्ष स्थान कब्जा गरेको छ ।