काठमाण्डौ । घरेलु टोली श्रीलङ्काले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको छ ।श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलङ्का डकवर्थ लुइस पद्धतिअनुसार २ विकेटले विजयी भएको हो ।पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्यो । साविकको विजेता श्रीलङ्काले पर्सि आइतवार भारतसँग उपाधिका लागि खेल्ने छ ।भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । भारतले सुपर फोरको अन्तिम खेल भने आज बङ्लादेशसँग खेल्नेछ ।
काठमाण्डौ । श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।मङ्गलवार कोलम्बोमा भएको सुपर फोर को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हरायो । भारतले दिएको २ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १ सय ७२ रनमा अल आउट भयो । श्रीलङ्काका लागि दुनिथ वेलालेगेले नटआउट ४२ रन बनाए । यस्तै धनन्जय डी सिल्भा ४१ रन बनाएर आउट भए । बलिङतर्फ भारतका कुलदीप यादवले ४ तथा हार्दिक पान्ड्या र रवीन्द्र जडेजाले २र२ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ४९ ओभर १ बलमा २ सय १३ रन बनाउँदा अल आउट भयो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन
काठमाडौं। एसिया कप क्रिकेटमा भारत र पाकिस्तानको खेल आज पनि हुँदैछ ।हिजो वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुन लागेको हो । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ ।कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल यहीबाट शुरु गर्नेछ ।भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखिएको थियो । आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक–एक अङ्क बाँड्नेछन् । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले भने सुपर फोरको पहि
काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा दक्षिण अफ्रिकाले अर्जेन्टिनालाई २—२ गोलको बराबरीमा रोकेको छ । समूहगत चरणको आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएपछि अर्जेन्टिना अप्ठ्यारोमा परेको छ । समूह ‘जी’ मा दुई खेल खेलेको अर्जेन्टिना एक अङ्कसहित चौथो स्थानमा छ । दुई खेलबाट एक अङ्क बटुलेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । एक खेल खेलेको स्विडेन तीन अङ्कसहित पहिलो र एक खेलबाटै तीन अङ्क जोडेको इटाली दोस्रो स्थानमा छन् । अर्जेन्टिना आफ्नो पहिलो खेलमा इटालीसँग १—० गोलले पराजित भएको थियो । अर्जेन्टिनाले समूहगत चरणको तेस्रो तथा अन्तिम खेल स्विडेनसँग खेल्नेछ । द
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप बिहीबारदेखि श्रीलंकामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का दुई खेल हुँदैछन् । पहिलो खेलमा दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् । यी दुबै टोलीले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएका छन् । उक्त खेलमा नेपालका बुद्धिबहादुर प्रधान अम्पायरको भूमिकामा छन् । प्रधानसँगै भारत र ओमानका अम्पायर पनि उक्त खेलमा सक्रिय छन् । ४७ वर्षीय प्रधानले हालसम्म ४४ एकदिवसीय खेलमा अम्पायर र एउटा एकदिवसीय खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । इमर्जिङ कपको पहिलो दिन नै अफगानिस्तान र ओमानबीच पनि खेल हुँदैछ । पहिलो दिनको दुबै
विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा आज(बुधबार) देखि प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा प्रतियोगिता हुने भएको हो । मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनामा शहीद रंगशाला र विराटनगर जुट मिल्सको टेनिस कोर्टमा आगामी १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । संघका अध्यक्ष श्याम लामाले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । प्रतियोगितामा ५ वटा प्रदेशसहित ३ वटा विभागीय टोलीको सहभागिता रहने जानकारी लामाले दिए । उनका अनुसार कोसी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाल पुलिस, सशस्त्र प्रहरी बल (एपिएफ
काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। बैंगलोरस्थित कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ।नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। त्यसैले दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ।समूह (ए) मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ। पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ।पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१६ लिग असार ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । एन्फा र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुसँगको छलफलपछि यू-१६ लिगको मिति टुंगो लगाइएको एन्फाले जनाएको छ । यसअघि एन्फा यू-१६ लिग असार २३ गतेदेखि सञ्चालन हुने भनिएको थियो । तर, त्यतिबेला अधिकांश विद्यालयमा परीक्षा सञ्चालन हुने भएकाले मिति सारेर असार ३० गते पुर्याइएको हो।यू-१६ लिगका लागि क्लबहरुले असार १२ गतेसम्म आफ्नो टिम दर्ता गराउनु पर्नेछ । यसैगरी क्लबहरुले असार २४ गतेभित्र क्लबहरुले खेलाडीको नाम दर्ता गराउनु पर्नेछ । त्यसपछि एन्फाले असार २५ गते खेल तालिका प्रकाशन गर्नेछ । एन्फाले यू-१६ लि
काठमाडौं । साविक उपविजेता नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूहचरणबाट बाहिरिएको छ। शनिबार राति बैंगलोर स्थित कान्तिरभा स्टेडियममा भएको खेलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल पराजित भएसँगै भारत र कुवेतले सेमिफाइनलमा स्थान बनाएका छन्।पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा भने भारतसँग गोलखानबाट जोगिन सकेन। भारतको गोलविहीन यात्रा सुनिल क्षेत्रीले तोडेका थिए। सुनिलले करिअरको ९१ औ अन्तराष्ट्रिय गोल पुरा गर्ने क्रममा ६१ औ मिनेटमा टिमका लागि महत्वपूर्ण गोल गरेका थिए।दोस्रो हाफमा एकपछि अर्को गोल निकालेको भारतका लागि दोस्रो गोलमा प
काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आज (आइतबार) उज्वेकिस्तानको सामना गर्दैछ। बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ। नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ।नेपाल आज पहिलो जितको खोजीमा रहेको छ। नेपालले अघिल्ला पाँच खेलमा लगातार हार व्यहोरेको थियो। नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो। तेस्रो खेलमा इरानसँग पराजित भएको नेपालले चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो।