काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपालले आज वेस्टइन्डिजसँग खेल्दै छ । नेपाली टिम आईसीसी विश्वकप लिग टूको शीर्ष ३ मा रहँदै छनोट खेल्न पुगेको हो भने विश्व क्रिकेटमा सफल मानिने वेस्टइन्डिज भने शीर्ष ८ मा नपर्दा भारतमा हुन लागेको विश्वकपमा स्थान बनाउनका लागि छनोट खेलिरहेको छ ।नेपाल र वेस्टइन्डिजबीचको खेल जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार पौने १ बजे सुरुहुने छ । नेपाल पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । आज आफ्नो तेस्रो खेल खेल्न लागेको नेपालले वेस्टइन्डिजविरुद्ध जित निकाल्दै सुपर सिक्सको सम्भावना कायमै
काठमाण्डौ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ। माल्दिभ्सको मालेमा आइतबार राति भएको खेलमा नेपालले आयोजकलाई ७५–६८ अंकले हराएको हो ।नेपालको यो तेस्रो जित हो। पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बंगलादेशलाई हराएको थियो। नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको थियो। प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ ।
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले ५० रन पूरा गरेको छ । नेपालले ११.५ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो ।नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३३ रन र आसिफ शेख १४ रन बनाउँदै क्रिजमा छन् । कुशलले ६ चौका र आसिफले एक चौका हिर्काएका छन् । हालसम्म नेपालले ४.१६ को रनरेटमा रन बनाएको छ । आयोजक जिम्बाबेले टस जिती नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।
काठमाडौं । माल्दिभ्समा शुरू भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा भूटानसँग नेपाल पराजित भएको छ ।माल्दिभ्सको मालेमा बुधवार भएको पहिलो खेलमा भूटानले नेपाललाई ६१–५५ ले पराजित गर्दै विजयी भएको हो ।नेपालले बास्केटबलमा सन् २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो ।नेपालले आफ्नो दोस्रो खेल भोलि पाकिस्तानसँग खेल्नेछ । नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतवार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता रहेको छ । यसमा आयोजक माल्दिभ्ससहित नेपाल, बंगलादेश, भूटान
काठमाडौँ । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान एले नेपाललाई ९ रनले पराजित गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७८ रन मात्र बनाउन सकेको हो ।नेपालका लागि कविता कुँवरले सर्वाधिक २० तथा कविता जोशीले १५ रनको योगदान दिइन् । ज्योति पाण्डे ९ रन बनाएर नटआउट रहिन् ।नेपालले टस जितेर पहिला बलिङ गर्दै पाकिस्तानलाई १९.२ ओभरमा ८७ रनमा समेट्न सफल भएको थियो । हङकङको मङकक क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानकी सवाल जुल्फिकरले सर्वाधिक २८ रन बताइन् भने कप्तान फातिमा सानाले १६ रन बताइन् । नेपालका लागि इन्दु वर्माले ३ तथा कविता
काठमाडौं । आयोजक एवं ६ पटकको च्याम्पियन अर्जेन्टिना अन्तिम १६ र ब्राजिल क्वारटरफाइनलबाट बाहिरिएको फिफा यु २० विश्वकको उपाधि उरुग्वले हात पारेको छ । सोमवार बिहान भएको फाइनलमा उरुग्वेले इटालीलाई पाखा लगाउँदै पहिलोपटक यु २० विश्वकपको उपाधि हात पारेको हो । खेलमा शुरूआतदेखि नै दबाब बढाएको उरुग्वले ८६औं मिनेटमा गोल विजयी गोल गर्यो । रातो कार्ड खाएपछि दुई खेल गुमाएर फर्किएका लुसियानो रोड्रिग्वेजले विजयी गोल गरेका हुन् । पोस्टमा टिमको आक्रामण गरिरहँदा रिबाउन्ड बलमा चखालीपूर्ण हेडिङ गोल गर्दै रोड्रिगेजले उपाधि दिलाएका हुन् । प्रतियोगितामा आयोजक अर्जेन्टिना र ५ पटकको विजेता ब्राजिल
काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपालले आज आफ्नो चौथो खेल खेल्न लागेको हो ।खेल बिहान सवा ११ बजे यूएईको मलेक मैदानमा सुरु हुनेछ । हिजोको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित निकालेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ ।नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।
काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा आज नेपालले आफ्नो तेस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । छनोट प्रतियोगिता यसअघिका दुवै खेल जित्दै नेपाल अपराजित छ ।नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । कुवेतविरुद्ध कप्तान देव खनाल र अर्जुन कुमालले शतक बनाएका थिए भने आकाश चन्दले ६ विकेट लिएका थिए । हङकङले भने यसअघि एक जित र एक हारको नतिजा निकालेको छ ।पहिलो खेलमा कुवेतमाथि
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब नेपाल पुलिस र सातदोबाटो युथ क्लब खेल्दै छन् । यी दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन दिउँसो ३ बजे सुरु हुनेछ ।उद्घाटन खेलअघि सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुति हुनेछ।प्रतियोगितामा एु डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।१७ गते हुने फाइनलका लागि भने टिकटको मूल्य ३०० रुपैयाँ राखिएको छ ।प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद
काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का ब्राजिली फरवार्ड नेयमार कम्तीमा एक महिना मैदान बाहिर रहने भएका छन् ।फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेयमारले घुँडाको चोट बोक्न पुगेका थिए । एमआरई परिक्षणपछि उनी कम्तीमा पनि एक महिना मैदान बाहिर रहने क्लबले जनाएको छ ।यो पिएसजीको लागि ठुलो झट्का हो । किनभने नेयमारले जर्मन क्लब बायर्न म्युनिखविरुद्धको युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेग गुमाउनेछन् । पहिलो लेगमा १–० ले पछि रहेको पिएसजीले दोस्रो लेग बायर्नकै मैदानमा मार्च ८ मा खेल्दैछ ।प्रभावशाली नेयमार नहुँदा प्रशिक्षक क्रिस्