काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब नेपाल पुलिस र सातदोबाटो युथ क्लब खेल्दै छन् । 

यी दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन दिउँसो ३ बजे सुरु हुनेछ ।उद्घाटन खेलअघि सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुति हुनेछ।

प्रतियोगितामा एु डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।

१७ गते हुने फाइनलका लागि भने टिकटको मूल्य ३०० रुपैयाँ राखिएको छ ।प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । 

त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउने आयोजकले जनाएको छ । हरेक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’ले १५ हजार रुपैयाँ पाउने छन् ।