खेलकुद

    Showing ८१-९० of ५७४ items.
  • आत्मघाती गोलका कारण बेल्जियमलाई अंक बाँड्न पुग्यो इजिप्ट

    इटहरी । खेलको ६६ औँ मिनेटमा भएको आत्मघाती गोलका कारण इजिप्टले फिफा विश्वकप–२०२६ मा बेल्जियमसँग अंक बाँडेको छ ।सो गोलसँगै सिएटल स्टेडियममा भएको खेलमा बेल्जियम र इजिप्ट १–१ को बराबरीमा रोकिएका हुन् ।खेलको १९ औं मिनेटमा इजिप्टका इमाम आशौरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ६६ औं मिनेटमा इजिप्टका मोहम्मद हानीले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल हुँदा इजिप्टले पाएको ३ अंक १ अंकमा झरेको हो ।त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि समूह ‘जी’ मा रहेका बेल्जियम र इजिप्टले समान एकएक अंक बाँडेका छन् ।फिफा विश्वकप २०२६ मा यो दोस्रो आत्मघाती गोल हो ।

    • प्रकाशित मितिः असार २, २०८३
    • १९२ पटक पढिएको
  • ट्युनिसियाविरुद्ध स्वीडेनको फराकिलो जीत

    इटहरी ।  फिफा विश्वकप २०२६ को समूह ’एफ’ अन्तर्गत आज बिहान भएको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोल अन्तरले पराजित गरी ३ अंक हात पारेको छ ।मेक्सिकोमा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक–एक गोल गरेका थिए । ट्युनिसियाका तर्फबाट ओमार रेकिकले खेलको ४३ औं मिनेटमा सान्त्वना गोल गरेका थिए ।जीतपछि स्वीडेनले ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेलेका थिए ।

    • प्रकाशित मितिः असार १, २०८३
    • २४९ पटक पढिएको
  • खेलको ९० औँ मिनेटमा गरेको गोल नै निर्णायक साबित हुँदै आइभरी कोस्टले जोड्यो ३ अंक

    इटहरी ।  फिफा विश्वकप २०२६ को समूह ई अन्तर्गत भएको निकै प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्ट ले दक्षिण अमेरिकी टोली इक्वेडरमाथि १–० को रोमाञ्चक जीतका साथ ३ अंक जोडेको छ ।आज बिहान अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा आइभोरी कोस्टका खेलाडी विल्फ्रेड सिङ्गोको उत्कृष्ट पासमा वैकल्पिक खेलाडी अमाद डियालोले डि–बक्सको मध्यभागबाट खेलको ९० औँ मिनेटमा उत्कृष्ट गोल गर्दै आइभोरी कोस्टलाई रोमाञ्चक जीत दिलाएका हुन् ।समूह ई मा जर्मनीले कुरासाओमाथि फराकिलो जीत निकाल्दै ३ अंकका साथ शीर्ष स्थान ओगटेको छ । आइभोरी कोस्ट पनि ३ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।

    • प्रकाशित मितिः असार १, २०८३
    • १३९ पटक पढिएको
  • मध्यान्तरअघि गोलरहित खेल खेलेका जापान र नेदरल्यान्ड्सले मध्यान्तरपछि २–२ गोल गरी बाँडे अंक

    इटहरी ।  मध्यान्तरअघिको खेलमा फिफा विश्वकप २०२६ अन्तर्गत डलास स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्स र जापानले गोलरहित बराबारी खेले पनि मध्यान्तरपछि दुवै टिमले २–२ गोल गरेका छन् ।खेलको ५० औं मिनेटमा नेदरल्याण्ड्सका भर्जिल भान डाइकले हेडरमार्फत् गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटमा नै जापानका केइतो नाकामुराले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।फेरि त्यसको सात मिनेटपछि खेलको ६४ औं मिनेटमा नेदरल्याण्ड्सका क्रिसेन्सो समरभिलले गोल गरेका थिए भने ८९ औं मिनेटमा जापानका डाइची कामाडाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

    • प्रकाशित मितिः असार १, २०८३
    • ३५८ पटक पढिएको
  • ७–१ को फराकिलो गोलअन्तरसहित डेब्युटान्ट कुरासाओमाथि जर्मनीको जीत

    इटहरी ।  फिफा विश्वकप २०२६ अन्तर्गत हिजो राति भएको खेलमा ४ पटकको विश्वकप विजेता जर्मनीले डेब्युटान्ट कुरासाओलाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओका लागि लिभानो कोमेनेन्सियाले पूर्व विजेता जर्मनीविरुद्ध ऐतिहासिक पहिलो गोल गरेका थिए । त्यसपछि जर्मनीले लगातार खेलको मध्यान्तरअघि ३ र मध्यान्तरपछि ४ गोल गरेको थियो ।जीतसँगै जर्मनीले तीन अंक जोडेको छ । समूह ‘इ’ मा रहेको जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन , डेनिज उन्डाभले एक–एक गोल गरेका थिए ।पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओले विश्वक

    • प्रकाशित मितिः असार १, २०८३
    • १७९ पटक पढिएको
  • २८ वर्षपछि पुनः छानिएको स्कटल्याण्डले खेलको २९ औँ मिनेटमा हाइटीमाथि गरेको गोल नै निर्णायक

    इटहरी ।  विश्कप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जीत निकालेको छ ।२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डका लागि खेलको २९ औं मिनेटमा जोन म्याकगिनले गरेको एकमात्र गोल नै टोलीको लागि ३ अंक जोड्न सफल भयो ।३ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डपछि सो समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ । स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ ।स्कटल्यान्डले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन सकेको थिएन । सन् १९९० मा स्कटल्यान्डले स्वीडेनलाई २–१ ले पराजित

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • १७९ पटक पढिएको
  • छैटौँ पटक उपाधि जित्ने दाउमा रहेको ब्राजिल समूह चरणको पहिलो खेलमा मोरक्कोसँग बराबरीको नतिजामा

    इटहरी ।  फिफा विश्वकप २०२६ को छैटौँ खेलमा पाँच पटकको विजेता ब्राजिल मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको छ ।खेलको २१ औं मिनेटमा मोरक्कोका इस्माइल साइबारीले गरेको जवाफ ब्राजिलका भिनिसियस जुनियरले ३२ औं मिनेटमा फर्काएर टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । त्यसपछि दुवै टिमले कुनै पनि गोल थप्न सकेनन् ।आज बिहान अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको समूह सी अन्तर्गतको खेल खेल्दै गर्दा ब्राजिलले विश्वकपको पहिलो खेलको अपराजित यात्रालाई २१ खेलसम्म लम्ब्याउन सफल भएको हो । सन् १९३४ मा भएको दोस्रो संस्करणमा ब्राजिल पहिलो खेलमै स्पेनसँग पराजित भएको थियो । त्यसयता ब्राजिलले विश्वकपमा खेले

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • ३४५ पटक पढिएको
  • अतिरिक्त समयको गोलले स्वीट्जरल्याण्डसँग बराबरी खेल्दै अंक बाँड्यो कतारले

    इटहरी ।  सन् २०२२ मा आयोजकको रुपमा पहिलोपटक विश्वकप फुटबल खेलेको कतारले कुनै पनि अंक जोड्न सकेको थिएन । तर ४ वर्षपछि भएको विश्वकपमा समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबारी खेल्दै १ अंक पाएको छ ।मध्यान्तरपछिको अतिरिक्त समयमा कतरका लागि बोउलेम खोउखीले गोल गरी फिफा विश्वकप २०२६ मा स्वीट्जरल्यान्डलाई १–१ को बराबरीमा रोकेको हो ।क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा स्वीट्जरल्यान्डले खेल अवधीभर कतारलाई दबाबमा राखेको थियो ।स्वीट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले खेलको १७ औं मिनेटमा गोल गरेका थिए ।कतार दोस्रो पटक विश्वकप खेल्दैछ । स्वीट्जरल्यान्डले भने १३ औ

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • १८९ पटक पढिएको
  • २०२६ विश्वकपमा परिवर्तन भएका छन् रातो कार्ड र खेलाडी प्रतिबन्धका नियमहरू

    इटहरी ।  हिजोदेखि शुरु २०२६ को विश्वकपमा रातो कार्ड पाउने खेलाडीले अर्को एक खेल खेल्न पाउने छैनन् । रातो कार्ड पाउने खेलाडीका लागि एक खेलको प्रतिबन्ध लाग्ने नियम बनाइएको छ ।यो नियम सिधै रातो कार्ड पाउने वा दुईवटा पहेंलो कार्ड खाएर मैदान बाहिरिने दुवै खेलाडीका हकमा लागू हुने भएको छ । फिफाले आवश्यक ठानेमा गल्तीको गम्भीरता हेरेर एक खेलभन्दा बढीको प्रतिबन्ध वा अन्य थप कारबाही पनि गर्न सक्ने अधिकार दिइएको छ ।जारी विश्वकपको उद्घाटन खेलमै तीनवटा रातो कार्ड देखाइएको छ । जसका कारण तीन जना खेलाडीहरूले आफ्नो टोलीको आगामी खेल खेल्न पाउने छैनन् । दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थाम्बा ज्वानेले

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २१० पटक पढिएको
  • विश्वकपको चौथो खेलमा १ का विरुद्ध ४ गोल गर्दै पाराग्वेलाई पराजित गरी अमेरिकाले जोड्यो ३ अंक

    इटहरी । फिफा विश्वकप–२०२६ को चौथो खेलमा पाराग्वेलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक अमेरिकाले शानदार विजयी शुरुवात गरेको छ ।अमेरिकाका लागि फोलारिन बालोगुनले दुई तथा जियोभानी रेयनाले एक गोल गरे भने पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए । पाराग्वेका एक खेलाडीले आत्मघाती गोल गरेका थिए ।जीतसँगै समूह ‘डी’ मा तीन अङ्क जोड्दै घरेलु टोली अमेरिका समूहको शीर्ष स्थानमा पुगेको छ ।खेलको ७ मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो । स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नो गोलपोष्टमा छिरेपछि अमेरिकाले अग्रता लिएको थि

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २२४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल