मनोरञ्जन

    Showing ५१-५६ of ५६ items.
  • अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश

    काठमाडौं । नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान एक कार्यक्रमकाबीच उनी काँग्रेसमा प्रवेश गरेका हुन् ।मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रममा उनलाई गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँणले पार्टीमा स्वागत गरे । खाँणले उनलाई तरुण दलको सदस्यताको पत्र पनि दिए ।लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर आफू यसमा प्रवेश गरेको अभिनेता शाहीले बताए ।  उनले ‘द्रव्य’, ‘सौर्य’, ‘हँसिया’, ‘ठमेल डटकम’, ‘हाउ फन्नी’, ‘वीर विक्रम’, ‘कमलेको बिहे’, ‘कृ’, ‘हुर्रे’, ‘लिलीबिली’, ‘पुरानो बुलेट’लगायत दुई दर्जन बढी चलचित्रमा अभिन

    • प्रकाशित मितिः श्रावण २७, २०७९
    • १० पटक पढिएको
  • आज रातिदेखि ‘सुपर डान्सर नेपाल’ प्रशारण हुँदै

    काठमाडौं । ‘सुपर डान्सर नेपाल’ आज (बिहीबार) राति ९ बजेदेखि प्रशारण हुने भएको छ । कान्तिपुर टेलिभिजन मार्फत यो रियालिटी शो हरेक बिहीबार र शुक्रबार राति ९ बजेदेखि प्रशारण हुनेछ ।रियालिटी शोको जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राइ रहेका छन् । कार्यक्रमको निर्देशकको भूमिकामा भूषण दाहाल रहेका छन् ।  भारतीय सर्वाधिक लोकप्रिय मनोरञ्जन टेलिभिजन च्यानल सोनीमा पनि ‘सुपर डान्सर’ले टेलिभिजन लोकप्रियताको आधारमा गरिने रेटिङ (टीआरपी) अग्रस्थानमा छ । नेपालमा पनि यो रियालिटी शोले दर्शकहरुको मन जित्ने विश्वास गरिएको छ ।काठमाडौं, पोखरा,

    • प्रकाशित मितिः श्रावण २६, २०७९
    • १३ पटक पढिएको
  • रहेनन् चलचित्र छायांकार विदुर पाण्डे

    काठमाडौं । चलचित्र छायांकार विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । पाण्डेको आज (बुधबार) बिहान गंगालाल अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघले जनाएको छ । घरमा असहज भएपछि उनलाई अस्पताल लगिएको थियो ।उनको पार्थिव शरिरलाई अन्तिम संस्कारका लागि अहिले पशुपति आर्यघाटमा राखिएको छ । अन्तिम श्रद्धान्जलीका लागि हाल आर्यघाटमा फिल्मकर्मी र आफन्त उपस्थित रहेको प्राविधिक संघले जनाएको छ ।नेपाली चलचित्रहरु कागबेनी, स्वर र भुइँमान्छेको छायांकन पाण्डेले गरेका हुन् । हाम्रो टीम, क्वीज मेनिया, फूलको थुंगा, हिमालय फेसन एड्भेन्चरजस्ता टिभी कार्यक्रम र छोटा फिल्ममा समेत उनले काम गरिसकेका छन् । 

    • प्रकाशित मितिः श्रावण २५, २०७९
    • १४ पटक पढिएको
  • आर्यन सिग्देल चलचित्र ‘सायरा’मा अनुबन्धित

    काठमाडौं । केही समययताबाट फुर्सदमा रहेका अभिनेता आर्यन सिग्देल ‘सायरा’मा अनुबन्धित भएका छन् । आइतबार मात्र निर्माण कम्पनी डीबिआर मिडिया एन्ड मुभिज प्रालिसँग नयाँ फिल्मका लागि उनले सम्झौता गरेका हुन् ।रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभस्टोरीमा तयार हुने जनाइएको छ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएको बताउँछन् ।  आगामी असोजबाट छायांकनको तयारीमा रहेको फिल्म ‘सायरा’को ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुने जनाइएको छ । यो चलचित्र दशैँपछिबाट छायांकन सुरु गरिने भएको छ ।फिल्मका अन्य कलाकार भने चाँडै नै चयन गरिने छ । चलचित्र

    • प्रकाशित मितिः श्रावण २४, २०७९
    • १२ पटक पढिएको
  • चलचित्र ‘चपली हाइट ३’ फेरि पनि ‘फ्लप’

    काठमाडौं । तेस्रो पटक प्रदर्शन गरिएको चलचित्र ‘चपली हाइट–३’ पुनः फ्लप भएको छ । अर्जुनकुमार निर्मित चलचित्र गत वर्ष पुस ३० गतेदेखि पहिलोपटक प्रदर्शनमा आएको थियो । त्यसबेला कोरोना भाइरसका कारण प्रदर्शनको तीन दिनमै हल बन्द हुँदा प्रदर्शन स्थगित हुन पुगेको थियो । निर्माता अर्जुनले फागुन १ गतेदेखि आफ्नो चलचित्रलाई दोस्रोपटक प्रदर्शनमा ल्याएका थिए । त्यसबेला कोरोनाका कारण एक महिना हल बन्द भएर भर्खरै खुलेको थियो । उक्त समय पनि चलचित्र हेर्न हलमा दर्शक पुगेनन् ।  दुुई पटक नै प्रदर्शनमा आउँदा कोभिडको मारमा परेका कारण चलचित्र गत शुक्रबारदेखि तेस्रोपटक प्रदर्शनमा ल्याइएको थियो । तर, तेस्रो

    • प्रकाशित मितिः श्रावण २२, २०७९
    • ८ पटक पढिएको
  • ‘छुटेपछि त छुट्यो छुट्यो’मा युवराज र अञ्जलीको रोमान्स (भिडियोसहित)

    काठमाडौं । गायक युवराज चौलागाईंको नयाँ गीत ‘छुटेपछि त छुट्यो छुट्यो’ सार्वजनिक भएको छ । युवराजको आफ्नै स्वर रहेको गीतमा दीपिका रिमाल थापाको शब्द र गायककै संगीत छ ।गीत गायनमा युवराजलाई अनुष्का पाठकले साथ दिएकी छन् । छुट्न मन नहुँदा नहुँदै छुट्न लागेको प्रेम सम्बन्धको कुरा गीतले ब्यक्त गरेको छ ।गीतको भिडियोमा पनि गायक युवराज र चर्चित मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोमा कुमार कटुवालले छायांकन, पदम तिमिल्सिनाले छायांकन गरेका हुन् । भिडियोका निर्देशक भुषण दाहाल हुन् ।भिडियो:

    • प्रकाशित मितिः फाल्गुन २३, २०७८
    • ४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.