एजेन्सी । भारतको चञ्चालगुडा केन्द्रीय कारागारबाट शनिबार बिहान रिहा भएपछि अभिनेता अल्लु अर्जुनले सबैलाई धन्यवाद दिएका छन्। उनको चलचित्र ‘पुष्पा-२ : द रुल’ हैदराबादमा प्रिमियर सोका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको थियो।
त्यसपछि हैदराबाद अदालत पेस गरिएका उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश भए पनि उनले तेलंगना उच्च अदालतमा पुनरावेदन गरेका थिए। उच्च अदालतले शुक्रबार साँझ नै धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी शनिबार बिहान छुटेका हुन्।हिरासतबाट रिहा भएपछि उनले भने, ‘म सबैलाई धन्यवाद दिन्छु।’
अभिनेता अल्लुले आफूलाई कानुनमा पूर्ण विश्वास रहेको बताए।उनले अगाडि थपे, ‘तपाईंको प्रार्थना र मायाका लागि धन्यवाद।’तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत (धरौटीमा रिहाको आदेश) दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


















