इटहरी । नेपाली कांग्रेसले यस पटकको कोजाग्रत पूर्णिमामा चियापान नगर्ने भएको छ ।
कांग्रेस नेता बीपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि ०३४ सालको कोजाग्रत पूर्णिमाको दिन सौहार्दता अभिवृद्धि र शुभकामना आदानप्रदान गर्न ‘चियापान समारोह’ आयोजना गरिएको थियो । त्यसपछि हरेक वर्ष नेपाली कांग्रेसले सोही तिथिमा चियापान कार्यक्रम गर्दै आएको छ ।
विशेष परिस्थितिमा कुनैकुनै वर्ष सो कार्यक्रम स्थगित भएको छ । यस वर्ष पनि देशले शोकको सामना गरिरहेको स्थिति रहेको भन्दै कांग्रेसले सो कार्यक्रम स्थगित गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
‘भोटेकोसीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र ५ हजार बढी बेपत्ता रहेकोे अवस्था छ भने बुढीगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो दुःखद घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने व्यहोरा अनुरोध गरिन्छ ।’


















