काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो । मतगणनामा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा निर्वाचित भएका थिए ।


















