काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरेर नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले उनीहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हुन सक्ने टिप्पणी गरेका हुन् ।
सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पदमुक्त कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।


















