राजनीति

    Showing १२१-१३० of ८३५ items.
  • बैशाख १७ गतेदेखि संसद चल्ने, राष्ट्रपतिद्वारा संसद् बैठक आह्वान

    इटहरी ।  राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ ।मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिशमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।यसअघिको संसद अधिवेशन चैत २७ गते अन्त्य भएको थियो । अधिवेशन अन्त्य भएको २१ दिनपछि पुनः अधिवेशन आह्वान भएको हो ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १७५ पटक पढिएको
  • राजीनामा दिए गृहमन्त्री सुधन गुरुङले

    इटहरी । आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरेपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् ।गुरुङले आफ्नो अधिकारिक फेसबुकमार्फत यसबारे जानकारी दिँदै पछिल्ला दिनहरूमा नागरिक स्तरबाट उनको शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन् ।‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ’, गुरुङले लेखेका छन्, ‘मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा ब

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • २५३ पटक पढिएको
  • प्रलोपाको अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले छोडे पार्टी, श्रम संस्कृतिमा आबद्ध हुने तयारी

    इटहरी ।  प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन् । उनी श्रम संस्कृति पार्टीमा आबद्ध हुने अनुमान गरिएको छ ।जेनजी आन्दोलनपछि करिब ५ महिना प्रलोपामा बिताएका किरातीले यो अवधिको अनुभवलाई ‘अमूल्य सम्पत्ति’ मान्दै पार्टीका साथीहरू र नेतृत्वलाई धन्यवाद दिँदै आगामी दिनमा पनि व्यक्तिगत सम्बन्ध सुमधुर रहने विश्वास व्यक्त गरेका छन् ।पार्टी परित्याग गरे पनि उनी राजनीतिबाट भने टाढा नबसी ‘श्रम संस्कृति पार्टी’ मा आबद्ध

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • २३९ पटक पढिएको
  • रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसदको हैसियतमा काम गर्न नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।अधिवक्ता आयुष बडालसहितका निवेदकहरूले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उनी सार्वजनिक पदमा रहँदा स्वतः निलम्बनमा पर्नुपर्ने दाबी गरेका छन् ।लामिछानेलाई सांसदको रूपमा काम गर्न नदिन अदालतबाट आदेश जारी गर्नुपर्ने माग गर्दै तीन दिनअघि दर्ताका लागि पेस गरिएको उक्त रिट अझैसम्म सर्वोच्च अदालत प्रशासनले दर्ता नगरेको बताइएको छ ।नियमअनुसार दर्ता गर्न नमिल्ने भए दरपीठ (दर्ता गर्न नमिल्ने भनी लेखिएको) आदेश दिनुपर्ने

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १९३ पटक पढिएको
  • गगन थापाको कार्यसमितिलाई अदालतले दियो मान्यता

    इटहरी ।  नेपाली कांग्रेसको आधिकारिकताको विवादपछि परेको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगले गरेको निर्णयलाई सदर गरेको छ । योसँगै विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा आएका गगनकुमार थापा थापा नेतृत्वको समूहले आधिकारिकता पाएको हो ।विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै उठाइएको शेरबहादुर देउवा पक्षको माग अप्रत्यक्ष रूपमा खारेज भएको हो । न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिक ठहर गरी निर्वाचन आयोगको निर्णय कानुनसम्मत रहेको फैसला गरेको हो ।शुक्रबारको सुनुवाइमा थापा पक्षका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, सीता

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १९० पटक पढिएको
  • मन्त्रीको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौंः वर्तमान मन्त्रिपरिषद्का सदस्यको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले माइतीघरमा प्रदर्शन गरेको छ ।प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो ।उनीहरूले सुनखानी प्रधानमन्त्री, शेयर खानी गृहमन्त्री, झन्डा नीलो मन्त्रिपरिषद् पहेँलो, मन्त्रीहरूलाई सुनको बहार जनतालाई महँगी उपहार लगायत विभिन्न नारा उल्लिखित प्लेकार्ड प्रदर्शन गरेका थिए ।प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सरकारले आइतबार सार्वजनिक गरेको थियो ।सार्वजनिक भएको सम्पत्ति

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २५० पटक पढिएको
  • उपसभामुखमा श्रम संस्कृतिकी रुबीकुमारी ठाकुर निर्वाचित

    इटहरी ।  आज भएको प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । उनलाई सत्तारुढ दल रास्वपाका साथै नेपाली कांग्रेस र नेकपाले समर्थन गरेका थिए ।निर्वाचनमा सहभागी २५६ सांसदमध्ये २२९ जनाले रुबीकुमारीलाई मतदान गरेका थिए ।२२ जना सांसद तटस्थ बसेका थिए ।२५ वर्षीया ठाकुर श्रम संस्कृति पार्टीको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् विजयी सांसद हुन् ।

    • प्रकाशित मितिः चैत २७, २०८२
    • २६९ पटक पढिएको
  • उपसभामुख निर्वाचनमा राप्रपाकी सरस्वती लामाको पक्षमा खस्यो ५ मत

    इटहरी ।  प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन अहिले भइरहेको छ । सो पदका लागि राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबिकुमारी ठाकुर उम्मेद्वार छन् ।पहिलो चरणमा लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । मतदानबाट गरिएको उक्त निर्णयको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा ५ मत खसेको छ । लामालाई राप्रपाका सांसदले मात्रै मत दिएका थिए । प्रतिनिधि सभामा राप्रपाका ५ जना सांसद छन् ।उनको विपक्षमा २१५ मत खसेको छ भने ३७ जनाले मत जाहेर नगरी तटस्थता जनाएका थिए । नेकपा एमालेका सांसदले मत जाहेर नगरेका हुन् ।आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसाद उपस

    • प्रकाशित मितिः चैत २७, २०८२
    • २१८ पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको पूर्ण पाठ

    इटहरी ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ । यस्तो छ सम्बोधनको पूर्ण पाठःसम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनसम्माननीय सभामुखज्यू,राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरू,१. भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ ।२. सर्वप्रथम, म नेपाली जनताले पटक पटक गरेका ऐतिहासिक आन्दोलन, संघर्ष र पछिल्लो पटकको जेनजी आन्दोलनमा जीवन उत्

    • प्रकाशित मितिः चैत २७, २०८२
    • २०० पटक पढिएको
  • राष्ट्रपति पौडेल भन्छन्, ‘सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु’

    इटहरी ।  राष्ट्रिय सभा र प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार नयाँ बनेको सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको परिणाममुखी कार्यान्वयनको काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।‘पटकपटक भएका जनआन्दोलन, संघर्ष र पछिल्लो पटक युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही थियो,’ राष्ट्रपति पौडेलले भने, ‘जनताको चाहना पूरा गर्न संसद्ले नागरिक केन्द्रित जनकल्याणकारी कानुनी निर्माण गर्नुपर्छ । निर्माण भएका कानुनको मर्म र भावना अनुरुप प्रभावकारी र परिणामुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १७१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल