काठमाडौंः अनिश्चितकालका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक आजका लागि बोलाइएको छ ।

रसुवामा बाढी आएको दिन भदौ १० गते अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधि सभा बैठक एक सातापछि आज बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा सभामुखले रसुवा बाढीको विपत्तिबारे विशेष प्रस्ताव राख्ने कार्यसूची रहेको छ ।

यसअघि प्रतिनिधि सभा बैठक भदौ ११ मा बस्ने तय भएकोमा सभामुखले सूचना टाँसेर स्थगित गर्नुभएको थियो ।