इटहरी । प्रधानमन्त्री बालेन्द्र शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा बागमती प्रदेशका सबैभन्दा धेरै मन्त्री छन् ।बागमती प्रदेशबाट शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री, सस्मित पोखरेल शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री, डा.विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री र सोविता गौतम कानुन न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन् ।खनाल काठमाडौँ–६, श्रेष्ठ, काठमाडौँ–८, पोखरेल काठमाडौँ–५, डा.तिमल्सिना नुवाकोट–१ र गौतम चितवन–३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।कोशी प्रदेशबाट सुनसरीकी निशा मेहता स्वास्थ्य तथा जनस
काठमाडौंः हिजोदेखि बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । ३६ वर्षीय शाह यसअघि काठमाडौं महानगरपालिकाको मेयर बनेका थिए । २०७९ सालदेखि उनी राजनीतिमा जोडिएका थिए ।शाहको जन्म बुवा स्वर्गीय नारायण शाह र आमा ध्रुवदेवी शाहको कोखबाट १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको थियो । उनको प्रारम्भिक पढाइ नरदेवीकै जलजला स्कुलमा भएको र माध्यमिक तहको पढाइ तीनकुनेको भीएस निकेतनमा भएको थियो । स्नातक तहको पढाइ काठमाडौंको ह्वाइट हाउस कलेजमा भएको थियो ।स्नातकोत्तर तहको पढाइ उनले भारतको बैंगलोरस्
खेमचन्द्र अधिकारीभ्रष्टाचारको अन्त्य र सुशासनको माग राखी नेपालमा २०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि तत्कालीन सरकार र प्रतिनिधि सभा विघटन भए । जेनजीको समर्थनमा नेपालमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारका लागि शपथ ग्रहण गर्नुभयो । नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन २०८२ फागुन २१ गतेका लागि तोकियो । अन्तरिम सरकारले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरी झण्डै दुई तिहाइ सांसदको नेतृत्व गरेको रास्वपालाई राजकाज सञ्चालनको अभिभारा आज २०८२ चैत १३ गतेदेखि सुम्पिएको छ ।संयोगले नयाँ प्रधानमन्त्रीको शपथ ग्रहणको दिन रामनवमी पर्व परेको छ । नय
काठमाडौंः आज शपथ ग्रहण लगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ४ ओटा निर्णय गरी सार्वजनिक गरेको छ ।यस्ता छन् बैठकका निर्णयः१. भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।२. नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।३. सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने । (भोलिसम्म प्रकाशित गर्ने)४. भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय
काठमाडौंः नयाँ सरकार गठनसँगै महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् । उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनामा बुझाएकी हुन् ।निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २९ गते उनलाई नेपाल सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता भण्डारीले कानुन व्यवसायी भएर ४० वर्षभन्दा बढी काम गरेकी छिन् ।२०१७ साल पुसमा राजविराजमा जन्मिएकी वरिष्ठ अधिवक्ता भण्डारी कानुन व्यवसायमा सक्रिय थिइन् । कानुनमा स्नातक गरेकी उनले केही वर्षअघि राष्ट्रिय सूचना आयोग
इटहरी । शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता चयन भएका छन् ।आज शपथग्रहण लगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गर्ने निर्णय गरेको हो ।बैठकले गरेका अन्य निर्णय सार्वजनिक भएका छैनन् ।
इटहरी । सरकार गठनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती प्रशासनभित्र गठन भएका समूह, अभियान वा युनियन जस्ता संयन्त्रसँग पार्टीको समर्थन नरहेको उल्लेख गरेको छ ।महामन्त्री कविन्द्र बुर्लाकोटीले आज विज्ञप्ति जारी गर्दै कसैले पार्टी र नेतृत्वको नाम जोडेर स्वार्थ सिद्ध गर्न खोजे त्यस्तो भ्रममा नगर्न पनि आग्रह गरेका छन् ।यस्तो छ विज्ञप्ति–राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालदेखि नै मुलुकको सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्छ भन्ने स्पष्ट मान्यता राख्दै आएको छ । हालै सम्पन्न भएको आम निर्वाचनमा समेत निजामती सेवालाई तटस्थ, निष्पक्ष र व्यवसाय
इटहरी । नेपालको ४३ औँ प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका छन् । उनी प्रधानमन्त्री बनेसँगै उनको नाममा केही कीर्तिमानी बनेका छन् । जुन यसप्रकार छन् ।बहुदलीय व्यवस्थाका कान्छो प्रधानमन्त्रीहालसम्मको इतिहास हेर्दा ५० वर्षभन्दा माथिका नेता प्रधानमन्त्री भइरहेको नेपालमा बालेन शाह ३६ वर्षकै उमेरमा प्रधानमन्त्री भएका छन् । बहुदलीय शासन प्रणालीपछि जन्मिएका व्यक्तिमध्ये पहिलो प्रधानमन्त्री हुने सौभाग्य शाहले पाएका छन् । हालसम्म देशले बहुदलीय व्यवस्थामा जन्मिएका व्यक्ति प्रधानमन्त्रीको रुपमा देख्न पाएको थिएन ।जेनजी आ
काठमाडौंः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । आज दिउँसो फेसबुकमार्फत् भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् ।नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई भन्दै मोदीले नेपाली जनताले शाहको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब भएको बताएका छन् । बालेनसँग मिलेर नेपाल–भारत सम्बन्ध अझै उचाइमा पुर्याउन आफू उत्सुक रहेको उनले लेखेका छन् ।
काठमाडौंः देशको ४३ औँ प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन) ले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।प्रायः कालो पहिरनमा सजिने बालेनले शपथ ग्रहण समारोहमा कोटमात्रै होइन, दौरा सुरुवाल पनि कालै लगाएका थिए । नेपाली भाषामा शपथ ग्रहण गरेका उनको शपथअघि सातवटा शङ्खबाट शङ्खनाद गरिएको थियो । १०८ जना वटुकबाट स्वस्तिशान्ति वाचन र १०८ जना बौद्ध भिक्षुबाट अष्टमङ्गल ध्वनि वाचन गरिएको थियो ।हिन्द र बौद्ध धर्मको धार्मिक विधिअनुसार साइत निकालेर १२ बजेर ३४ मिनेटमा शपथ प्रधानमन्त्री शाहले शपथग्रहण लगत्तै निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग अङ्क