राजनीति

    Showing ११-२० of ४२ items.
  • आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ ।बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीक

    • प्रकाशित मितिः श्रावण २, २०८०
    • २२ पटक पढिएको
  • प्रतिनिधिसभाको अर्को बैठक साउन १० गते

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ । साउन १० गते बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।आजको बैठकमा अनुचित लेनदेन मिटर ब्याजसम्बन्धी विधेयक “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” सर्वसम्मतिले पारित भएको छ । यस्तै केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रथिनिधि सभामा पेश भएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० प्रस्तुत भएको छ ।

    • प्रकाशित मितिः श्रावण १, २०८०
    • २३ पटक पढिएको
  • वामदेव गौतम पत्नी तुल्सी कबड्‌डी संघको अध्यक्षमा निर्वाचित

    काठमाडौँ । नेपाल कबड्‌डी संघको अध्यक्षमा तुल्सी थापा निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी अमितबहादुर गुरुङलाई पराजित गर्दै थापा कबड्‌डी संघको अध्यक्षमा निर्वाचित भएकी हुन् ।अध्यक्षमा निर्वाचित थापा एमालेका पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमकी पत्नी हुन् । थापा एमालेकी पूर्वसांसद पनि हुन् ।  नेपाल ओलम्पिक कमिटीकी सचिवसमेत रहेकी थापा दोस्रोपटक अध्यक्ष भएकी हुन् ।यस्तै, संघको उपाध्यक्षमा  कुमार आले र रतिया राजवंशी निर्वाचित भएका छन् । महासचिवमा भने अरबिन्दकुमार झा चयन भएका छन् । यसैगरी, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित भएका छन् । 

    • प्रकाशित मितिः असार २८, २०८०
    • ३० पटक पढिएको
  • राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलीसम्मका लागि सरेको हो । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ । 

    • प्रकाशित मितिः असार २७, २०८०
    • २४ पटक पढिएको
  • आज बोलाइएको राष्ट्रिय सभा बैठक मंगलबारलाई सर्‍यो

    काठमाडौँ । राष्ट्रिय सभाको आज सोमबारका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ । सोमबार ११ बजेर १ मा बस्ने गरी बोलाएको बैठक विशेष कारणवश भोली मंगलबार ११ :०१ मा बस्ने गरी समय परिवर्तन भएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । आइतबार सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरे पनि सहमति भएको आधा घण्टामै भाँडिएको थियो ।

    • प्रकाशित मितिः असार २५, २०८०
    • २४ पटक पढिएको
  • कोशी प्रदेशमा थप तीन मन्त्रीले लिए शपथ ग्रहण

    मोरङ । कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट दुई र नेपाली कांग्रेसबाट एक जनाले मन्त्री पदको सपथ ग्रहण गरेका छन्। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार भएको सपथग्रहणमा माओवादीबाट जीवन आचार्य, राजेन्द्र गौतम र कांग्रेसबाट रामकुमार खत्रीले शपथ ग्रहण गरेका हुन्।यससँगै मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारमा मुख्यमन्त्री थापासहित ६ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ।पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका हुन्।त्यसैगरी, गौतम र खत्री भने विना विभागीय मन्त्रालयको जिम्मेवारीमा रहेका छन्। 

    • प्रकाशित मितिः असार २४, २०८०
    • ३४ पटक पढिएको
  • कोशी प्रदेश प्रमुखद्धरा नयाँ सरकार गठनको आव्हान

    विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अन्तगत सरकार गठनको आव्हान गरेका हुन् । सो धारामा दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको गर्ने व्यबस्था छ । यस अघि हिक्मत कार्की नेतृत्वको सरकार पनि सोही धारा अन्तरगत गठन भएको थियो । खापुङले नयाँ सरकार गठनका लागि चारदिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् । प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकारले शुक्रवार विश्वासको मत पाउन सकेको थिएन । त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् ।&

    • प्रकाशित मितिः असार १८, २०८०
    • ४४ पटक पढिएको
  • बैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् । सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।यसअघि बैठकले मुख्यसचिव बैरागीले दिएको राजीनामा समेत स्वीकृत गरेको थियो । राजीनामा स्वीकृत भएसँगै उनले नयाँ जिम्मेवारी पाएका हुन् । बैरागीको स्थानमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको छ ।

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • ४५ पटक पढिएको
  • ‘कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् ।सबैभन्दा पहिले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेको भन्दै प्रचण्डले पार्टीको तर्फबाट नाम सच्याउन पहल गर्ने बताएका हुन् ।गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो ।पहिचान पक्षधरले त्यसविरुद्ध आन्दोलन थालेपछि र पार्टी भित्रैबाट पनि विरोध भएपछि माओवादी केन्द्र पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने पक्षमा छ ।यही क्रममा माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित क

    • प्रकाशित मितिः चैत्र २३, २०७९
    • ५८ पटक पढिएको
  • साहसिक महिलाको संघर्षको कथा

    सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ क बाट प्रदेशसभा सदस्यका लागि बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट उमेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ सरस्वती पोखरेललाई यति बेला चुनावी सभामा, प्रचारप्रसार र कार्यक्रमहरूमा जान भ्याइ नभ्याई छ। घरमा सानो  छोरा र  सासू ससुरालाई छोडेर उनी बिहानदेखि राति अबेरसम्म जनताकै घरदैलोमा हुन्छिन्। उनका श्रीमान् नेकपा माओवादी केन्द्रका प्रदेश १ उपाध्यक्ष शिव डाँगी पनि चुनावी प्रचारमा उत्तिकै खटिएका छन्। बिहान साँझ थोरै समय निकालेर दुवै जनाले घरको काम सक्छन् । बच्चा र बुढी आमाका लागि खानेकुरा तयार गर्दिन्छन् र हस्याङफस्याङ गर्दै कार्यक्रम, भेटघाटका लागि निस्कन्छ

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • ८३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.