काठमाडौंः नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) तर्फको मतगणना सकिएको छ ।
अन्तिम मतपरिणामअनुसार संसदीय दलकी प्रमुख सचेतक बासना थापा सर्वाधिक मतसहित केन्द्रीय सदस्य (महिला खुला) निर्वाचित हुनुभएको छ । उहाँ ५ हजार १९३ मतसहित सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो ।
त्यस्तै, उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा र धनाकुमारी थापा, विनिता खड्का, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी र मुना भुसाल पनि केन्द्रीय सदस्य विजयी हुनुभएको छ ।
सर्वाधिक मत ल्याउने थापा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुनुभएको थियो ।
प्रतिनिधिसभा सदस्य उर्मिला थपलियाले ३ हजार ९७० र प्रदेश सभा सदस्य निमा गिरीले ३ हजार ९०६ मत ल्याउनुभयो ।
पूर्वसांसद कुसुमदेवी थापा र पूर्व राष्ट्रियसभा सदस्य धनाकुमारी थापाले क्रमशः ३ हजार २५० र ३ हजार २३१ मत ल्याउनुभएको छ ।
इजरायल ठगी प्रकरणमा मुछिएकी विनिता खड्काले २ हजार ८६६ मत ल्याउनुभएको छ ।
अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी र मुना भुसालले २ हजार ८५३, २ हजार ७००, २ हजार ६५८ र २ हजार ५१४ मत ल्याउनुभएको छ ।
चिनी पोखरेल (चिनु) २ हजार ४२०, कल्पना तिवारी २ हजार ३६३, रीता थापामगर २ हजार ३०८, गंगा दाहाल २ हजार २९८ र उमा दाहाल २ हजार २१५ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ ।
केन्द्रीय सदस्य (महिला खुला)मा ३६ जना चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो । जसमा १५ जना विजयी हुनुभएको हो ।


















