राजनीति

    Showing ५११-५२० of ८४० items.
  • गगन-विश्वलाई कार्यवाहक सभापति खड्काले‍ भने : नियमित महाधिवेशनबाट नेतृत्व फैरौँ, पार्टी फुटाउने गतिविधि रोकौँ

    इटहरी । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितलाई अपील गरेका छन् ।दुई दिनदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा झन्डै दुईतिहाइ महाधिवेशन प्रतिनिधि जुटिरहँदा सोमबार एक अपील जारी गर्दै कार्यवाहक सभापति खड्काले पार्टीमा एकतासहित अघि बढ्न भनेका हुन्।‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपील गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु,’  उनले भनेका छन् ।राष्ट्रियता र लोकतन्त्रको धरोहर

    • प्रकाशित मितिः पुस २८, २०८२
    • ३१० पटक पढिएको
  • कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ

    इटहरी । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा सोमबार बन्दसत्र जारी छ ।विशेष महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि सुरू भएको बन्दसत्रका क्रममा ९ वटा समूहले छलफल गरेर निष्कर्ष दिइसकेका छन् । अब त्यो निष्कर्ष महामन्त्रीद्वय थापा र शर्मालाई बुझाउने तयारी भएको छलफलमा सहभागी एक नेताले बताएका छन् ।समूहबाट पार्टी फुटाउने भन्दा पनि रुपान्तरणको आवश्यक्ता रहेको निष्कर्ष निकालिएको ती नेताले बताएका छन् । समूहबाट चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति भंग गरेर जानुपर्ने सङ्कल्प प्रस्ताव विशेष महाधिवेशनले प

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २७९ पटक पढिएको
  • चर्चित व्यक्तिलाई कांग्रेसमा ‘ल्याट्रल इन्ट्री’को व्यवस्था गरिने

    इटहरी । नेपाली कांग्रेसमा विभिन्न पेशागत र व्यावसायिक क्षेत्रका व्यक्तिलाई ‘ल्याट्रल इन्ट्री’ को व्यवस्था गरिने भएको छ। भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले ‘ल्याट्रल इन्ट्री’को व्यवस्था गर्ने प्रस्ताव गरेका हुन्। यसले विभिन्न क्षेत्रमा चर्चित व्यक्तिले कांग्रेसको क्रियाशील सदस्य नभएर पनि सिधै माथिल्लो तहमा प्रवेश पाउने बाटो खुल्नेछ। थापाको प्रस्तावमा भनिएके छ, ‘पेशागत र व्यावसायिक क्षेत्रमा रहेर लामो समय योगदान दिनु भएका व्यक्तित्वलाई पार्टीको विभिन्न संरचनामा आबद्ध गर्न र विभिन्न तहका निर्वाचनमा पार्टीका तर्फबाट निश्चित प्रतिशत उम्मेदवार बनाउन

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २३७ पटक पढिएको
  • विश्वप्रकाशको सांगठनिक प्रतिवेदन : बदलिएको देश, बदल्नुपर्ने कांग्रेस (पूर्णपाठ)

    इटहरी ।नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र जारी छ । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । शर्माले ‘बदलिएको देश, बदल्नुपर्ने कांग्रेस’ शीर्षकमा प्रस्ताव पेश गरेका हुन् ।शर्माले प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा राख्न प्रस्ताव राखेका छन्। उनले कुनै पनि पार्टीको तर्फबाट एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति लिन प्रस्ताव गरेका हुन्।शर्माले विशेष महाधिवेशनमा पेश गरेको दस्ताबेजमा चुनाव हुने र नयाँ सरकार बन्ने गरे पनि प्रधानमन्त्री भने पुरानै अनुहार दोहोरिने अभ्यास भएको र त्यसले नागरिकमा चरम असन्त

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २१० पटक पढिएको
  • सोसल मिडियामा कांग्रेस कमजोर हुँदा लोकरिझ्याइँको राजनीति हाबी भयो : गगन थापा

    इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी डिजिटल र सामाजिक सञ्जालमा कमजोर हुँदा लोकरिझ्याइँवादी राजनीति हाबी भएको टिप्पणी गरेका छन् ।काठमाडौँको भृकुटीमण्डपमा सोमबार जारी कांग्रेसको विशेष महाधिवेशनमा उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताएका हुन्।कांग्रेसको डिजिटल र सामाजिक सञ्जाल संवादमा कमजोर रहेको उनको भनाइ छ । 'हामीले स्वीकार्नैपर्छ कि पुराना मूल्य-मान्यता, शैली, दृष्टिकोणले युवा मतदातालाई कांग्रेसप्रति आकर्षित गर्न सकिरहेका छैनौँ । यसले लोकरिझ्याइँवादी राजनीति हाबी भएको छ र युवा आकर्षण टिकाउन सकेनौँ,' उनले भने।थापाले भने, 'परम्परागत माध्यमले अब समाजमा प्रभाव कम गरेको

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २५० पटक पढिएको
  • ८८ वर्षीय श्यामकुमार खड्काले कांग्रेस विशेष महाधिवेशन बन्द सत्रको अध्यक्षता गर्ने

    काठमाडौंः ८८ वर्षीय श्यामकुमार खड्काले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता गर्ने भएका छन् ।भृकुटीमण्डपमा हुने बन्दसत्रको अध्यक्षताको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले जानकारी दिएका छन् ।बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्ने र बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुने बताइएको छ ।प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो ।

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २४५ पटक पढिएको
  • यस्तो छ कांग्रेस विशेष महाधिवेशनको आजको बन्दसत्रको कार्यतालिका

    काठमाडौंः आइतबारदेखि भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्रको कार्यतालिका तय गरिएको महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलले जानकारी दिएका छन् ।उनका अनुसार आज शुरुमा महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ । त्यसपछि ९ वटा समूह निर्माण गरेर चार वटा विषयमाथि नीतिबारे छलफल हुनेछ ।चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि छलफल हुने भएको हो । नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे छलफल हुनेछ ।नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने भएको

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २२० पटक पढिएको
  • कांग्रेस विशेष महाधिवेशनः बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने, ९ समूहमा छलफल गर्ने तयारी

    इटहरी । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सुरु हुँदैछ।कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले बिहान ८ बजेपछि बन्दसत्र सुरु हुने बताए।सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम छ।बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल गर्ने कार्यसूची छ। बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २४४ पटक पढिएको
  • सचिवालय भन्छ : देउवा विशेष महाधिवेशनमा जाने कुनै कार्यक्रम छैन

    इटहरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवेशनमा उपस्थित हुने भनेर भ्रम फैलाइएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ। देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान सूचना जारी गरी सभापति विशेष महाधिवेशनमा जाने कार्यक्रम नरहेको जानकारी गराएका हुन्।‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ’, उनले लेखेका छन्, ‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।’कांग्रेसको केन्

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २६० पटक पढिएको
  • ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

    झापा । झापा क्षेत्र नम्बर ५ बाट बालेन्द्र शाह चुनाव लड्ने तयारीमा जुटेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बालेनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि झापा-५ बाट चुनावी प्रचार सुरु गर्ने योजना बनाएका हुन् ।झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओली यसअघि २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यस्तै आगामी निर्वाचनमा पनि त्यस क्षेत्रबाट ओलीको नाम एकल सिफारिस भइसकेको छ ।बालेनले माघ पहिलो हप्ता काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएपछि पहिलो चुनावी अभियान झापाबाट सुरु गर्ने

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २३४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल