समाचार

    Showing २५१-२६० of ५,५५९ items.
  • कोशी उद्योग वाणिज्य महासंघमा राउतको दबदबा कायम — ६९.७२% मतसहित पुनः अध्यक्षमा विजयी, रिजाल समूह भारी मतान्तरले पराजित

    विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) को निर्वाचनमा राजेन्द्र राउतले प्रभावशाली जित हासिल गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा पुनः निर्वाचित भएका छन्। उनले आफ्नो प्यानलसहित स्पष्ट बहुमत ल्याउँदै नेतृत्वमा निरन्तरता कायम गरेका हुन्।निर्वाचन समितिका अनुसार राउतले कुल १४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नविन रिजालले ५८ मत मात्र प्राप्त गरेका छन्। मतभारका आधारमा राउतले कुल ४६३० मतभार (६९.७२ प्रतिशत) प्राप्त गर्दै निर्णायक विजय हासिल गरेका हुन्। रिजालले भने १९४० मतभारमा सीमित हुनुपरेको छ।निर्वाचन अधिकृत विकास थापाका अनुसार राउतले जिल्ला/नगर संघतर्फ ३८ मध्ये २४ मत (मत

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १५२ पटक पढिएको
  • प्यानलसहित उद्योग वाणिज्य महासंघ कोशीमा राजेन्द्र राउत विजयी

    विराटनगरः हिजो भएको निर्वाचनमार्फत् नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा राजेन्द्र राउतको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । दोस्रो कार्यकालका लागि राउत निर्वाचित हुँदा उनले प्रतिष्पर्धी नवीन रिजालको समूहलाई निकै पछि पारेका हुन् ।राउतले १४२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नवीन रिजालले ५८ मत ल्याए । राउतले एशोसिएटतर्फ १०७ मत ल्याउँदा रिजालले ३९ मत, जिल्ला नगरतर्फ राउतले २४ र रिजालले १३ मत तथा वस्तुगत तर्फ राउतले ११ र रिजालले ६ मत ल्याएका थिए ।निर्वाचनमा जिल्ला नगरतर्फको उपाध्यक्षमा झापाका ऋषिराज तिम्सिना, वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनग

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १४४ पटक पढिएको
  • हिमाली र पहाडी भेगमा आज पनि वर्षा र हिमपातको सम्भावना

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।जसका कारण सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।महाशाखाक

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ११५ पटक पढिएको
  • अब शनिबार र आइतबार सार्वजनिक बिदा

    काठमाडौंः पेट्रोलियम पदार्थको आपूर्तिमा भएको असहजतालाई कम गर्न सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।दुई दिन बिदासँगै शैक्षिक संस्थाबाहेक अन्य कार्यालयको कार्यालय समय अबदेखि बिहान ९ देखि ५ बजे कायम हुने भएको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • ११५ पटक पढिएको
  • साढे ४ महिनापछि आजदेखि मतदाता नामावली सङ्कलन शुरु

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर ४ गतेदेखि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य निर्वाचन आयोगले आजदेखि पुनः शुरु भएको छ ।राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइन प्रणालीबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । नामावलीमा त्रुटि सच्याउने, दोहोरो नाम हटाउने र विवरण अद्यावधिक गर्न अनलाइन आवेदन गर्न सकिने आयोगले बताएको छ ।आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली सङ्कलनको काम शुरु गर्ने निर्णय गरेको हो ।राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत् अनलाइन फारम भर्नुपर्ने र आफ्नो फोटो तथा औंठाछापसहि

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १५४ पटक पढिएको
  • विपद् पूर्वतयारीमा जुट्यो सुन्दरहरैंचा नगरपालिका

    विराटचोकः सुन्दरहरैंचा नगरपालिका अन्तर्गतको विपद व्यवस्थापन समितिको महत्वपूर्ण बैठक सम्पन्न भएको छ । बैठकले आगामी मनसुनलाई लक्षित गर्दै पूर्वतयारीका लागि आवश्यक सामग्री व्यवस्थापन तथा खरिद गर्ने निर्णय गरेको बताइएको छ ।सो बैठकमा नगरस्तरमा विपद जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले नगर विपद जोखिम न्यूनीकरण रणनीतिक योजना लोकार्पण गरिएको छ । सो योजनाअनुसार कार्यान्वयन हुने गरी विस्तृत कार्ययोजना समेत निर्माण गरिएको जानकारी दिइएको छ ।सुन्दरहरैंचा नगरपालिका अब विपद व्यवस्थापन सम्बन्धी कानुनी रुपमा समेत सुदृढ बनेको उल्लेख गरिएको छ । समितिले अबको प्राथमिकता समुदाय स्तरमै विपद न्यूनीकरण

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १४८ पटक पढिएको
  • विराटनगर–८ मा महिलालाई आत्मनिर्भर बनाउने अभियान—अर्गानिक साबुन र सर्फ बनाउने तालिम सफलतापूर्वक सम्पन्न

     विराटनगर । महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित हलेसी महिला सशक्तीकरण सेवा केन्द्र, विराटनगर वडा नं. ८ को आयोजनामा सञ्चालन गरिएको अर्गानिक सर्फ तथा साबुन बनाउने सीपमूलक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।उक्त तालिम २०८२ चैत्र १९ देखि २१ गते सम्म  आयोजना गरिएको हो, जसमा स्थानीय दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो। घरमै बसेर आयआर्जन गर्न सकिने व्यावसायिक सीप प्रदान गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस कार्यक्रमले सहभागी महिलामा नयाँ उत्साह र आत्मविश्वास जगाएको आयोजकले जनाएको छ।कार्यक्रम संस्थाकी अध्यक्ष सीता बरालको अध्यक्षतामा सम्पन्न भए

    • प्रकाशित मितिः चैत २१, २०८२
    • ३३२ पटक पढिएको
  • आज तराई क्षेत्रमा हावाहुरीको र पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव देशभर रहेको छ ।महाशाखाका अनुसार अहिले बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशको हिमाली भू–भागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा त

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १२३ पटक पढिएको
  • मन्त्रालयकै सोफामा सुते विमानस्थल निरीक्षणबाट फर्किएर गृहमन्त्री सुधन गुरुङ

    काठमाडौंः हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा गएका गृहमन्त्री सुधन गुरूङ राति मन्त्रालयकै सोफामा सुतेका छन् ।मन्त्रालयको सोफामा सिरक ओढेर सुतेको फोटो उनले आज बिहान फेसबुकमा राख्दै ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन,’ भनेर लेखेका छन् ।सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री बिहीबार साँझ आफ्नो टोलीसहित स्थलगत अनुगमनमा विमानस्थल गएका थिए ।अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका थिए ।

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १७५ पटक पढिएको
  • सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न निर्देशन दिइएपछि विरोधमा उत्रियो पत्रकार महासंघ

    काठमाडौंः सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकारले सरकारी सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ ।अब सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने भन्ने बेहोराको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको हो ।शाखा अधिकृत विनोद रेग्मीले सचिवस्तरबाट बुधबार भएको निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन प्रकाशन गर्नुपर्ने भनी परिपत्र पठाएका हुन् ।सरकारी विज्ञापन

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १६३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल