समाचार

    Showing ३८१-३९० of ५,५५९ items.
  • पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक

    इटहरी ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।ओलीका बुबा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा आज बिहान ३ बजे निधन भएको हो ।उनको पार्थिव शरीरलाई गुण्डुस्थित निवासमा लगिने र पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • १५३ पटक पढिएको
  • कोशी प्रदेशमा १ लाख ३० हजार मत बदर

    विराटनगरः हालै सम्पन्न प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा कोशी प्रदेशमा १ लाख ३० हजार ८४७ मत बदर भएको छ । जुन प्रदेशमा खसेको मतको ६ दशमलव २८ प्रतिशत हो ।फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा २० लाख ८४ हजार २१९ मत खसेको थियो ।प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार सबैभन्दा धेरै मोरङ क्षेत्र नं. ५ मा १०.४४ प्रतिशत मत बदर भएको छ । ७५ हजार ५६५ मत खसेको सो क्षेत्रमा ७ हजार ८८९ मत बदर भएको हो । सबैभन्दा कम बदर मत झापा–५ मा ३.९६ प्रतिशत रहेको छ ।ताप्लेजुङमा २ हजार ६८६, पाँचथरमा ३ हजार ८९७, इलाम–१ मा ४ हजार ५६६ र इलाम–२ मा ३ हज

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • १६६ पटक पढिएको
  • आज ४ प्रदेशका हिमाली र पहाडी भेगमा हिमपात र वर्षाको सम्भावना

    इटहरी ।  पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज देशका चार प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली भेगमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बदली हुनेछ ।त्यस्तै, कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्या

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • १५३ पटक पढिएको
  • इटहरीमा आइतबारदेखि टिभिएस एक्सचेञ्ज मेला : लाइफटाइम इन्जिन वारेन्टीसहित आकर्षक अफर

    इटहरी- इटहरीमा टिभिएस मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेञ्ज मेला आइतबारदेखि सुरु हुने भएको छ। जगदम्बा मोटर्स प्रा.लि.को आयोजनामा इटहरीको पश्चिम लाइन, राजस्व ढाँटस्थित आधिकारिक बिक्रेता पारस अटोमोवाइल्समा चैत्र १ गते आइतबारदेखि चैत्र ६ गतेसम्म ‘टिभिएस एक्सचेञ्ज मेला’ सञ्चालन हुन लागेको हो।मेलामा ग्राहकलाई लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट तथा विशेष छुटजस्ता आकर्षक अफर उपलब्ध गराइने आयोजकले जनाएको छ।यसका साथै मेलामा अनुभवी भ्यालुएटरमार्फत जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको उच्च मूल्याङ्कन गरिने व्यवस्था गरिएको छ। ग्राहकले आफ्नो पुरानो बाइक साटेर विशेष छुटसहित नयाँ टिभिएस बाइक वा स्कु

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ३४३ पटक पढिएको
  • धरानमा ग्यारेजमा राखिएका ६ बसमा आगलागी, ३ वटा पूर्ण रुपमा नष्ट

    धरानः मंगलबार राति सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका ६ वटा बसमा आगलागी भएको छ । आगलागीबाट तीनवटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीनवटामा आंशिक क्षति पुगेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को.१ ख ६२७४, प्रदेश १–०१–००१ ख ४०३७ र बा.४ ख ५७५९ नम्बरका यात्रुवाहक बसहरू पूर्ण रूपमा जलेका छन् । यस्तै, को.१ ख ३८४७, बा.५ ख ५८१४ र बा.५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको छ ।प्रहरीले आगलागीको कारणबारे अनुसन्धान शुरु गरेको जनाएको छ । विद्युतीय वायरिङ सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । घटनास्थलको सीसीटीभी फुटेज जाँच गर्दा कुनै व्यक्तिको शं

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १६७ पटक पढिएको
  • टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण चैत १३ गतेदेखि १५ गतेसम्म हुने

    टीकापुरः टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण आगामी चैत तेस्रो साता हुने भएको छ । स्थापनाकालदेखि नै ‘साहित्यमार्फत् सामाजिक सद्भाव’को नारा बोकेको टीकापुर साहित्य समाजले तेस्रो संस्करण आउँदो चैत १३ देखि १५ गतेसम्म गर्ने भएको हो ।महोत्सवको तेस्रो संस्करण ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष हुने महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले जानकारी दिए । जम्मा २१ बहस सत्र रहने महोत्सवमा प्रत्येक दिन सात बहस सत्र सञ्चालन हुने भएका छन् ।हरेक बहस सत्र १\१ घण्टाको हुने भएको छ । १३ चैतमा भाषाविद् तथा नेपाली र अन्य ६० भाषाका वर्णमालाका निर्माता माधवप्रसाद पोखरेलको ‘हाम्रो जाति, भ

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • १२२ पटक पढिएको
  • चुनाव जितेपछि आजदेखि महावीर पुनले किताब बेच्न शुरु गर्ने

    इटहरी ।  हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित पूर्वमन्त्री महावीर पुनले आजदेखि आफ्नो आत्मकथा बिक्री गर्नुुहुने भएको छ ।सामाजिक सञ्जालमा आज सवा ८ बजे स्टाटस लेख्दै पुनले आज पोखरामा किताब बेच्ने बताउनुभएको हो ।यस्तो छ महावीर पुनले लेखेको स्टाटस ‘आज पोखरा पुगेर १० बजेदेखि अमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गर्नेछु । त्यसपछि पृथ्वीचोकमा १ बजेदेखि र महेन्द्रपुलमा ४ बजे पछि बेचिनेछ । चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरू लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । वीरगञ्जमा कारखाना मज्जाले चलिरहेकै छ, त्यसैले पैसा त चाहियो नि ।’पुनले म्याग्दीबाट स

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • १५४ पटक पढिएको
  • आज अन्तरराष्ट्रिय महिला दिवस

    इटहरी । आज अन्तरराष्ट्रिय महिला दिवस हो । हरेक वर्ष ८ मार्चमा विश्वभर विभिन्न् कार्यक्रम गरेर यो दिवस मनाइन्छ ।सन् १९१० मा क्लारा जेटकिन नामकी एक महिलाले अन्तर्राष्ट्रिय महिला दिवसको जग बसालेको सम्झनामा यो दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय महिला दिवस, वा महिला दिवस, श्रमिक आन्दोलनबाट उत्पत्ति भएको हो, जुन पछि संयुक्त राष्ट्र सङ्घले वार्षिक उत्सवको रूपमा मान्यता दिएको थियो ।सन् १९०८ मा न्युयोर्क शहरमा करिब १५ हजार महिलाले परेड निकाल्दा यो आन्दोलन शुरु भएको थियो । महिलाको कामको समय घटाउनुपर्ने उनीहरूको माग थियो । तलब राम्रो हुनुपर्छ र महिलाले पनि मतदानको अधिकार पाउनुपर्ने पनि माग थियो । एक वर्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १४० पटक पढिएको
  • छानबिन आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    काठमाडौंः २०८२ भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन आज प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको सो आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिन अघि आयोगले प्रतिवेदन बुझाएको हो ।जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बनेसँगै असोज ५ मा जेनजी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन गौरीबहादुर कार्कीको संयोजक

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १५६ पटक पढिएको
  • खाना खाने क्रममा बेहोश भएका रास्वपाका प्रतिनिधिको मृत्यु

    विराटनगरः खाना खाने क्रममा बेहोश भएर मोरङमा रास्वपा उम्मेद्वारका प्रतिनिधिको मृत्यु भएको छ ।रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी मतगणना स्थल नजिकै खाना खाने क्रममा आज दिउँसो पौने १२ बजे एक्कासी बेहोश भएर ढलेका थिए ।उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २३३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल