इटहरी । हरेक वर्ष असोज १ गते वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माण संरचनाहरूको ढाँचा तयार गर्दा वास्तुलाई प्राथमिकतामा राखिन्छ ।अचेल यो चलन पूर्वीय सभ्यतामा मात्र नभई पश्चिमी सभ्यतामा पनि निकै प्रचलित छ । वास्तुविधा पनि एउटा प्राचीनतम् विज्ञान, वेद र खोजको धार हो । विश्वकर्मा बाबा निर्माणका पर्याय तथा वास्तुविधाका पनि जानकार भएका हुनाले विश्वकर्मा पूजाकै दिन वास्तुकला दिवस पनि मनाउन थालिएको हो ।दिशा र कोणहरू निर्धारण गरेर, पञ्चतत्वको अवस्थिति अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरूपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको बास रहन्छ भन्ने विश्वा
इटहरी । विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार भगवान् विश्वकर्मालाई मानिन्छ । उनले स्वर्ग, मर्त्य र पाताल तिनै लोकको निर्माण गरेको विश्वास गरिन्छ ।भगवान विश्वकर्माको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरुमा गरिएको छ । उनका अनन्त र अनुपम कृतिमा सत्य युगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति आदि रहेका छन् ।विश्वकर्मा पूजामा विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरिन्छ । हिन्दू संस्कृतिमा विश्वकर्मालाई यन्त्रका देवता मानिन्छ । उनी भगवान ब्रह्माका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भन्ने
इटहरी । आज निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजा गरी मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्छन् । विश्वकर्मा बाबा देवताहरूका लागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरूको निर्माता, हतियार शिल्पकार र यानहरूका रचयिता तथा निर्माता हुन् ।शास्त्रहरूका अनुसार, विश्वकर्मा ब्रह्माका पुत्र हुन् । यिनका ५ छोराहरू र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक स्रोतका मालिक भगवान सूर्यसँग भएको थियो ।विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञक
इनरुवाः सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुरमा अज्ञात व्यक्तिले साँढेमाथि अत्यधिक तातो पानी खन्याउँदा घाइते भएको घटना सार्वजनिक भएको छ ।सामाजिक सञ्जालमा घाइते साँढेको तस्बिर सार्वजनिक भएपछि घटनाको चौतर्फी विरोध भएको छ । इनरुवा नगरपालिकाको पशु शाखाले घटनाप्रति गम्भीर चासो देखाएको छ । नगरपालिकाका पशु शाखा प्रमुख डा. राजकुमार यादवको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोली घटनास्थल जल्पापुर पुगेर उपचार शुरु गरेको छ ।केही दिनअघि अज्ञात व्यक्तिले सो साँढेको शरीरमा अत्यधिक तातो पानी खन्याएका थिए ।पशु चिकित्सकको टोलीले घाइते साँढेको घाउ सफा गर्ने, संक्रमण फैलिन नदिन औषधि लगाउने तथा आवश्यक मलमपट्
विराटनगरः आज बिहान १० बजे उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा ट्रक र हायस ठोक्किँदा हायसमा सवार १७ जना घाइते भएका छन् ।घाइतेमध्ये १० जनालाई जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको छ ।कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५६३५ नम्बरको हायस ठोक्किएका थिए ।सो दुर्घटनामा हायसमा सवार मोरङको सुन्दरहरैंचाका तीन जनासहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोरङको सुन्दरहरैंचा–६ की ७९ वर्षीया जमुना राई, ४१ वर्षीय एदुचन्द्र राई तथा सुन्दरहरैंचा–७ की २७ वर्षीया कविता भट्
इटहरी । आज विश्व ओजोन तह संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वीको वायुमण्डलमा रहेको ओजोन तहको महत्त्वबारे जनचेतना जगाउनु र यसको संरक्षणका लागि पहल गर्नु यस दिवसको मुख्य उद्देश्य हो ।यो दिवस प्रत्येक वर्ष सेप्टेम्बर १६ मा विश्वभर मनाइन्छ । ओजोन तह पृथ्वीको वायुमण्डलको ‘स्ट्र्याटोस्फियर’ मा रहेको छ । यसले सूर्यबाट आउने हानिकारक पराबैजनी किरणहरूलाई पृथ्वीसम्म पुग्नबाट रोक्छ । पराबैजनी किरणले मानव स्वास्थ्यमा छालाको क्यान्सर र मोतियाबिन्दुजस्ता समस्या निम्त्याउनुका साथै जल तथा थलका पारिस्थितिक प्रणालीलाई गम्भीर क्षति पुर्याउँछ ।सन् १९८७ सेप्टेम्बर १६ मा ओजोन तहलाई हा
काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा आज थप २ वटा शव फेला परेका छन् ।खोजीको क्रममा ती शव फेला परेका हुन् ।गत १० भदौमा आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको छ । सो सुरुङभित्र थप शव वा जीवित व्यक्ति भेटिन सक्ने अनुमान खोजी कार्यमा रहेकाले गरेका छन् ।
काठमाडौंः सर्वोच्च अदालतको निर्माणाधीन भवनको मुद्दा फाँटमा मल्टिप्लकबाट विद्युत् सर्ट भएर आगलागी भएको छ ।सो आगलागीबाट एउटा टेबल र तीन थान कम्प्युटर जलेका छन् । मिसिलहरू नजलेको जनाइएको छ । सर्वोच्च अदालतमा १४ दिनअघि १७ भदौमा अभिलेख शाखामा आगलागी भएको थियो ।१७ भदौको घटनामा छानबिन चलिरहेका बेला अहिले फेरि अर्को आगलागी भएको हो ।
खोटाङः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ को जंगलमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।हिजो दिउँसो साढे २ बजे जंगलमा बाँदर खेदाउने क्रममा ५४ वर्षीय भलबहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली लाग्दा उनकै काकाका छोरा ५३ वर्षीय श्यामबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।सो घटनाको सम्बन्धमा थप अनुसन्धानको लागि भलबहादुर तामाङलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीको पहलेधापको धानखेतमा भाले हात्ती मृत अवस्थामा फेला परेको छ ।सुकेनिन्दा खोलाको किनारमा रहेको धानखेतमा बुधबार बिहान स्थानीयले हात्ती मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।