समाचार

    Showing ३१-४० of ४७८ items.
  • नेपालले कतारलाई दियो दुई सय ११ रनको लक्ष्य, एकै ओभरमा दिपेन्द्रले हाने ६ वटा छक्का

    इटहरी  – दिपेन्द्र सिंह ऐरीको छ छक्काको मदतमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई दुर्य सय ११ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुई सय १० रन बनायो ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २१ बलमा ६४ रन बनाए । दिपेन्द्रले २० औं ओभरमा ६ वटा छक्का प्रहार गरेका हुन् । यस्तै आशिफ शेषले ५२ र कुशल मल्लले ३५ रनको योगदान गरे । ओमानका हिमान्सु राथोड र मुसवार साहले सामान तीन विकेट लिए ।नेपालले हिजो आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो  । अहिले साउदी अरेबिया र मलेसियाले पनि खेलिरहेका छन् । आजै भएका खेलमा यूएई र कुवेत विजयी भए

    • प्रकाशित मितिः बैशाख १, २०८१
    • १३९ पटक पढिएको
  • भिरकुना देखि पाथीभरा मन्दिर जाने नयाँ पैदल मार्ग निर्माण ।

    खादबारी । संखुवासभा जिल्ला पाँचखपन नगरपालिका  ६  भिरकुना देखि  वाना भाङ्गटार स्थित पाथीभरा मन्दिर जाने नयाँ  पैदल मार्ग निर्माण गरिएको छ। स्थानीय स्रोत र साधानको अधिकतम  प्रयोग गरि पैदल मार्ग निर्माण गरिएको पाँचखपन नगरपालिका ६ का वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले बताए ।यो पदमार्ग लाई थप ब्यवस्थित बनाउदै पाथीभरा  मन्दिर परिसर लाई संखुवासभा जिल्लाकै धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन लागि पर्ने जानकारी दिए ।साथै यो पदमार्ग निमाण सगै वाना बजार देखी आधा घण्टाको पैदल यात्रामा पाथीभरा मन्दिरको दर्शन गर्ने सकिन्छ। मन्दिरको दर्शन गरेमा आफुले चिताएको कुरा पूरा हुने धार्मि

    • प्रकाशित मितिः बैशाख १, २०८१
    • १८८ पटक पढिएको
  • एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज कतारसँग खेल्दै।

    इटहरी  । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज कतारसँग खेल्दैछ ।उक्त खेल ओमनस्थित अल अमरेत क्रिकेट मैदानमा  दिउँसो सवा ४ मा सुरु हुनेछ ।नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

    • प्रकाशित मितिः बैशाख १, २०८१
    • १९० पटक पढिएको
  • हर्ष र उल्लासको नयाँ वर्ष

    सुनसरी: विक्रम संवत्को पात्रोअनुसार आजदेखि नयाँ वर्ष २०८१ सुरु भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ ।विं.सं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विं.सं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा शुभकामना आदानप्रदान गरेर मनाइने गरिन्छ । 

    • प्रकाशित मितिः बैशाख १, २०८१
    • १०५ पटक पढिएको
  • बार्सिलोना र पिएसजीको महाभिडन्त आज

    बार्सिलोना र पिएसजीको महा भिडन्त आजइटहरी  – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणका पहिलो लेगका थप दुई खेल आज हुँदै छन् । राती १२:४५ बजे हुने पहिलो खेलमा स्पेनिश क्लब एफसी बार्सिलोनाले पेरिस सेन्ट-जर्मान (पिएसजी) विरुद्ध खेल्नेछ पहिलो लेग पिएसजीको घरेलु मैदानमा हुँदैछ । पिएसजीले अन्तिम १६ मा अर्को स्पेनिश क्लब रियल सोसेईडाड लागि समग्रमा ४-१ लिए हराएको थियो । पिएसजीले पहिलो लेग २-० ले जितेको थियो भने दोस्रो लेगमा २-१ ले विजयी भएको थियो ।उता बार्सिलोनाले भने इटालियन क्लब नापोलीलाई समग्रमा ४-२ ले पाखा लगाएको थियो । पहिलो लेग १-१ को बराबरीमा सकिएकोमा दोस्रो लेगमा बार्सिलोना ३-१ ल

    • प्रकाशित मितिः चैत्र २८, २०८०
    • १२७ पटक पढिएको
  • कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा

    कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् ।संसद् बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन् । यसअघि उनले मङ्गलबार संसद्‌बाट विश्वासको मत लिने तयारी गरेका थिए । तर, केन्द्रमा सत्ता गठबन्धनसम्बद्ध दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश सत्ता साझेदार दल नेकपा ९एमाले० को भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एकदिन पछि सारेका थिए । अब यहाँ एमालेका संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन् ।

    • प्रकाशित मितिः चैत्र २७, २०८०
    • २९ पटक पढिएको
  • कैलालीमा झुण्डिएको अवस्थामा दिदीबहिनी मृत फेला

    काठमाडौं । कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका १० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।टिनले छाएको काठको दुईतले कच्ची घरको तल्लो कोठामा उनीहरू मृत फेला परेका प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः चैत्र २७, २०८०
    • ६७ पटक पढिएको
  • नेपालले विश्वकपमा लगाउने जर्सी सार्वजनिक

    इटहरी / नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसीसी टि २० विश्वकपमा प्रयोग गर्ने जर्सी सोमबार सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राजधानीमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरेको हो । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जर्सी सार्वजनिक गरे । कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का र केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेको पनि उपस्थिति थियो ।केल्मीले निर्माण गरेको जर्सीमा विगतभन्दा केही पृथक प्रयोग गरिएको छ । जर्सीको अगाडी काँधमा नेपालको झन्डा छ भने तल्लो भागमा सगरमाथा र गैंडा अंकित गर्ने डिजाइन छ । रातो र न

    • प्रकाशित मितिः चैत्र २७, २०८०
    • ३० पटक पढिएको
  • परिवर्तन एक अभियान द्वारा विद्यार्थीहरूलाइ मोटिवेसनल

    इटहरी / परिवर्तन एक अभियान इटहरी ७ द्वारा  एसईई दिएर बसेका विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरिएको छ ।इटहरी ७ स्थित एस.ओ.एस बालग्रामको भवन एक कार्यक्रमको आयोजना गरि एस.ओ.एस बालग्राम स्कुलका विद्यार्थी ,लक्ष्मी माद्यामिक बिद्यालयका विद्यार्थी र सेक्रेटहार्ट बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरिएको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देवनारायण चौधरीको प्रमुख अतिथि तथा परिवर्तन एक अभियान इटहरी ७ का अध्यक्ष तेज प्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।एसईई दिएर बसेका १ सय बढी विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रमको प्रशिक्षण डा. राजेन्द्र राज तिम

    • प्रकाशित मितिः चैत्र २६, २०८०
    • १०२ पटक पढिएको
  • माओवादी केन्द्र सुन्दरहरैँचा ७ नम्बर वाड समिति अध्यक्षमा रमेश आचार्य निर्वाचित

    गोठगाँउ /  नेकपा माओवादी केन्द्रको सुन्दरहरैँचा ७ नम्बर वाड समितिको अध्यक्षमा रमेश आचार्य निर्विरोध निर्वाचित भएका छन् । शनिवार गोठ गाउँमा आयोजित विशेष वडा अधिवेशनबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् ।विशेष अधिवेशनमार्फत आचार्यको नेतृत्वमा २५ सदस्यीय समिति निर्वाचित गरेको छ । अधिवेशनले  उपाध्यक्षमा मन कुमारी विश्वकर्मा, सचिव आशिष लिम्बु, सहसचिव सुजन बास्तोला र कोषाध्यक्षमा सरिता बस्नेत लगायत २५ जनाको समिति निर्वाचित गरेको हो ।कार्यक्रममा माओवादी केन्द्रका मोरङ जिल्ला संयोजक तथा पूर्व राज्यमन्त्री विजय विश्वासको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरी माओवादी केन्द्रका प्रदेश समिति

    • प्रकाशित मितिः चैत्र १०, २०८०
    • ३५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.