काठमाडौंः सर्वोच्च अदालतको निर्माणाधीन भवनको मुद्दा फाँटमा  मल्टिप्लकबाट विद्युत् सर्ट भएर आगलागी भएको छ ।


सो आगलागीबाट एउटा टेबल र तीन थान कम्प्युटर जलेका छन् । मिसिलहरू नजलेको जनाइएको छ । 


सर्वोच्च अदालतमा १४ दिनअघि १७ भदौमा अभिलेख शाखामा आगलागी भएको थियो ।


१७ भदौको घटनामा छानबिन चलिरहेका बेला अहिले फेरि अर्को आगलागी भएको हो ।