काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा आज थप २ वटा शव फेला परेका छन् ।
खोजीको क्रममा ती शव फेला परेका हुन् ।
गत १० भदौमा आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको छ ।
सो सुरुङभित्र थप शव वा जीवित व्यक्ति भेटिन सक्ने अनुमान खोजी कार्यमा रहेकाले गरेका छन् ।

















