समाचार

    Showing ५१-६० of ४७७ items.
  • ‘ओलीतन्त्र’ विरुद्ध उभिए एमाले कार्यकर्ता

    काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशनमा आन्तरिक लोकतन्त्रको खोजी भएको छ । एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनपछि पार्टीभित्र प्रतिस्पर्धा गर्ने सम्भावना निकै न्यून बनेको थियो । १०औं महाधिवेशनपछि बनेका जिल्ला कमिटी प्रदेश संरचनाको नेतृत्वमा मनोनयनको विधि अपनाएर आन्तरिक प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा अनेरास्ववियुबाहेक प्रायः सबै जनवर्गीय संगठनको नेतृत्व छनोट गर्दा पनि सर्वसम्मतको बाटो अपनाए

    • प्रकाशित मितिः आश्विन १६, २०८०
    • ७१ पटक पढिएको
  • अख्तियारको धरापमा उच्च पदस्थ

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च पदस्थ कर्मचारीलाई धमाधम भ्रष्टाचार मुद्दा दर्ता गर्न थालेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पदमा बसेकाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुनासाथ स्वतः पदबाट निलम्बन हुने व्यवस्था छ । मुद्दाको छिनोफानो नहुँदासम्म निलम्बन कायमै रहन्छ ।‘नेसनल पेमेन्ट गेटवे’मा भ्रष्टाचार गरेको भन्दै सोमबार अख्तियारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका बहालवाला सचिव मधु मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक सफल श्रेष्ठसहित नौजनाविरुद्ध २३ करोड बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दर्ता ग

    • प्रकाशित मितिः आश्विन १६, २०८०
    • ७३ पटक पढिएको
  • सोल्टी होटलमा पूर्वराजपरिवारको १९ अर्बको सम्पत्ति

    काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनात्मक तथा व्यवस्थापकीय अध्ययन समितिले पाँच तारे होटल सोल्टीको सेयर बेचेर जहाज खरिद गर्न सुझाव दिएपछि पुँजी बजारमा तरङ्ग आएको छ । जहाज नै खरिद गर्न पुग्ने गरी निगमको सेयर कति रहेछ भनेर तरङ्ग सिर्जना गरेको हो ।सोल्टी होटल लिमिटेडको वित्तीय विवरणअनुसार दोस्रो ठूलो लगानीकर्ता रहेको नेपाल वायुसेवा निगमलाई जहाज खरिद गर्न पुग्ने गरी सेयर रहेको बताइएको छ । तर, सोल्टीमा सबैभन्दा धेरै सम्पत्ति चाहिँ पूर्वराजा ज्ञानेन्द्रको परिवारको रहेको छ ।कम्पनीको वित्तीय विवरणअनुसार पूर्वराजा ज्ञानेन्द्रको परिवारको नाममा सोल्टी होटलमा रहेको सेयर मूल्य करिब १९ अर्ब रुपियाँको

    • प्रकाशित मितिः आश्विन १६, २०८०
    • ९३ पटक पढिएको
  • ग्यासमा कर दक्षिण एसियाकै उच्च

    काठमाडौँ । सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन तर मुलुकमा सरकारले ग्यासमा विभिन्न सात वटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ । नेपाल आयल निगमका अनुसार हाल प्रतिसिलिन्डरमा ३०९ रुपियाँ कर रहेको छ । छिमेकी मुलुक भारत सरकारले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रकम दिएर उपभोक्तालाई सहुलियत रूपमा ग्यास वितरण गरिरहेका बेला नेपाल सरकारले भने चर्को कर लिएर उपभोक्तालाई ग्यास महँगो परिरहेको छ । छिमेकी मुलुक भा

    • प्रकाशित मितिः आश्विन १६, २०८०
    • ५९ पटक पढिएको
  • ३६ किलो चरेस सहित दुई जना पक्राउ

    काठमाडौँ । प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले ३६ किलो चरेस सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजय बस्ती घर भएका ३४ वर्षीय नेत्र बहादुर श्रेष्ठ र बझाङ सुर्गा गाउँपालिका–४ घर भएका साहिमान पुजारा रहेका छन् ।आरोपितहरूको साथबाट ३६ केजी ७१० ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । असोज ७ मा लागुऔषध नियन्त्रण ब्युरो र शाखा कार्यालय वीरगन्जबाट खटिएको टोलीले पर्सा स्थित गम्हरीयाचोकबाट नेत्र बहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो । उनको साथबाट ३२ केजी चरेस बरामद गरिएको छ । असोज ४ मा लागु ब्युरोले धनगढीबाट कैलाली गौरिगंगा नगरपालिका–४ राजपुर खलंगा बजारबा

    • प्रकाशित मितिः आश्विन ११, २०८०
    • ६४ पटक पढिएको
  • विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ

    काठमाडौं । आर्थिक वर्ष ०७८र७९ मा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ विदेशी लगानी भित्रियो। यो विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताको ३४ दशमलव ३ प्रतिशत मात्रै हो। तर, सोही वर्ष लाभांशबापत १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बाहिरियो। यसले नेपालमा लगानी गरे राम्रै प्रतिफल लैजान पाइन्छ भन्ने सन्देश दिएको विज्ञहरू बताउँछन्। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८र७९ मा विदेशी लगानीकर्ताले स्वीकृत रकमको ३४ दशमलव ३ प्रतिशत मात्रै लगानी ल्याएका थिए। राष्ट्र बैंकका अनुसार सो वर्ष १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ लगानी भित्रि

    • प्रकाशित मितिः आश्विन ११, २०८०
    • ४४ पटक पढिएको
  • वन मन्त्रालयमा विकृति मौलाउँदो, कर्मचारी व्यवस्थापनमा त्रुटि नै त्रुटि

    काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नेतृत्व केही निश्चित व्यापारिक घराना तथा निजी क्षेत्र र स्वार्थ समूहको रुचिअनुसार सञ्चालन हुँदा वन क्षेत्रमा सुधार प्रक्रिया अवरुद्ध भएको छ । मुलुकमा रहेको समग्र वनको व्यवस्थापनमार्फत् काठदाउरामा देशलाई आत्मनिर्भर बनाउनुपर्ने मुख्य प्राथमिकतालाई छोडेर केही निजी क्षेत्रलाई खुसी पार्ने योजनाका साथ मन्त्रालयका मन्त्रीलगायतका अधिकारीहरू अगाडि बढ्न थालेपछि वन तथा वातावरण क्षेत्रको सुधार प्रक्रियामा समस्या देखिएको हो ।वन मन्त्रालयले कर्मचारी व्यवस्थापनमा समेत हेलचक्र्याइँ गर्दै आइरहेको छ । मन्त्रालयका सचिव डा. दीपक खरालले कर्मचारीको उचित व्यवस्थापनमा खासै ध

    • प्रकाशित मितिः आश्विन ११, २०८०
    • ३ पटक पढिएको
  • सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ माथि

    काठमाडौं । मुलुकको अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको बेला सार्वजनिक ऋणको दायित्व पनि बढ्दै आइरहेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को भदौ मसान्तसम्ममा सरकारलाई सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ माथि पुगेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २३ खर्ब ९ अर्ब ८६ करोड रूपैयाँ पुगेको छ । भदौ मसान्तसम्मको सार्वजनिक ऋणलाई प्रतिव्यक्ति दायित्वको हिसाबले औषतमा ७९ हजार २०१ रूपैयाँ पर्न आउँछ । कुल ऋणलाई कुल जनसंख्याले भाग गर्दा यो तथ्यांक निकाल्ने गरिन्छ। यो ऋण सरकारले तिर्ने हो कुनै व्यक्तिले तिर्नु पर्दैन ।कुल ऋणलाई नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ ले भाग गरेर सो रकम न

    • प्रकाशित मितिः आश्विन ११, २०८०
    • ९१ पटक पढिएको
  • मल कारखाना खोल्न सर्वेक्षण अनुमति

    काठमाडौँ । हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न मलेसियन कम्पनीले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । लगानी बोर्डको कार्यालयले बुधबार सो प्रयोजनका लागि मलेसियन कम्पनी रिनिकोलासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ ।समझदारी अनुसार तनहुँको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनामा विद्युत् प्रयोगमार्फत पानी खण्डीकरण गर्ने प्रविधि इलेक्ट्रोलाइसिस प्रयोग गरी एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने उल्लेख छ । करिब २६ करोड अमेरिकी डलर अनुमानित परियोजना लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार छ सय मेट्रिक टन हरित

    • प्रकाशित मितिः आश्विन ११, २०८०
    • ६५ पटक पढिएको
  • दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद

    काठमाडौँ । प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद गरेको छ । सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको दोलखाका डिएसपी दीपक खड्काले  बताए ।खड्काले भने–‘सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणका लागि पठाएका छौँ ।’ इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    • प्रकाशित मितिः आश्विन ११, २०८०
    • ५३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.