समाचार

    Showing ५१-६० of ५,५५६ items.
  • ‘नेपालदर्पण’ महाकाव्य लोकार्पित

    धरानः साहित्यकार केशवप्रसाद दाहालद्वारा रचित ‘नेपालदर्पण’ शीर्षकको महाकाव्य लोकार्पण गरिएको छ ।नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पण्डित पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा. डा. भीम खतिवडा, साहित्यकार मेदिनीप्रसाद बराल, अमृतप्रसाद आचार्य, प्रेमप्रसाद भट्टराई, वासुदेव भण्डारी, लक्ष्मी खरेल तथा लोकगायकत अम्बिका दबाडीको विशिष्ट आतिथ्यता रहेको थियो ।प्रमुख अतिथि भट्टराईले २२ सर्ग, ५३७९ श्लोक र ८८६ पृष्ठमा विस्तारित महाकाव्यको लोकार्पण गर्नुभएको थियो । महाकाव्यबारे उपप्राध्यापक डा. दीपकप्रसाद न्यौपाने तथा उ

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • ११३ पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    इटहरी । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो पटक सफल आरोहण भएको थियो । सोही दिनको सम्झनामा यो दिवस मनाइन्छ ।नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारी पहिलो पटक सगरमाथाको शिखरमा पुग्नुभएको थियो । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा र नोर्गेको सन् १९८६ मे ९ मा निधन भयो । हिलारीको निधनपछि नेपालमा सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेको खबर नेपालीले पाँच दिनपछि मात्रै पाएका थिए । सन् १९५३ जुन २ मा बेलायती महा

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १३० पटक पढिएको
  • आज गणतन्त्र दिवस मनाइँदै

    इटहरी ।  एकात्मक राजतन्त्रको अन्त्य गरी देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन भएको हुनाले आजको दिनलाई नेपालमा गणतन्त्र दिवसको रुपमा मनाइन्छ ।पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।२०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो ।संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको अन्त्य गरी गणतन्त्रात्मक व्यवस्था लागू भएको घोषणा गरेको थियो ।लोकतन्त्र स्थापना भएपछि २०६३ जेठ ४ गतेको प्रतिनिधिसभाक

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १०२ पटक पढिएको
  • नवदम्पत्तिले के गर्नु हुँदैन मलमासमा ?

    इटहरी ।  जेठ महिनाभर मलमास अर्थात् अधिकमास रहेको छ । अधिकमासमा दम्पत्तिलाई यौन कार्य वर्जित गरिएको छ । जसमा नवदम्पत्तिलाई विशेष वर्जित गरिएको छ ।यस्ता छन् नवदम्पत्तिले मलमासमा गर्न नहुने कार्यः–विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ । यसको अर्थ पुराना दम्पत्तिलाई चाहिँ छुट छ भनिएको होइन ।–यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ ।–नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १२० पटक पढिएको
  • हिमाली र पहाडी भेगमा बदली, अन्य क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा हुने

    इटहरी ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ ।मधेश प्रदेशमा आंशिक बादल लागेको छ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेस प्रदेश लग

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १४५ पटक पढिएको
  • मुस्लिम धर्मावलम्बी आज बकर इद मनाउँदै

    इटहरी ।  आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।१४०० वर्षअघि अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइन्छ ।ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको हुनाले यो पर्

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १०८ पटक पढिएको
  • अधिकमासको पौराणिक कथन

    इटहरी ।  यस वर्ष जेठ महिनामा अधिकमास परेको छ । अधिकमासलाई पुरुषोत्तम मास पनि भनिन्छ । बोलचालको भाषामा अधिकमासलाई मलमास भनिन्छ ।प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ ।यस्तो छ अधिकमासको पौराणिक कथनकथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो ।भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दय

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • २०३ पटक पढिएको
  • इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक, तीन दिनमै ५४ वटा सवारी बिक्री

    इटहरी : इटहरीको राजस्व ढाटस्थित टिभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता पारस अटोमोबाइलद्वारा सञ्चालन गरिएको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक सहभागितासहित जारी रहेको छ। जेठ १० गतेदेखि सुरु भएको मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। मेलामा ग्राहकको आकर्षण उल्लेख्य देखिएको छ भने बुधबार (जेठ १३ गते) सम्ममा ५४ वटा सवारी बिक्री भइसकेको पारस अटोमोबाइलले जनाएको छ।मेलाअन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक योजना सा

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ८६९ पटक पढिएको
  • आज पश्चिमी तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा हुने

    इटहरी ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको हुनाले काठमाडौंलगायत देशका विभिन्न स्थानमा हावाहुरीका साथमा वर्षा भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया मौसम सफा रहनेछ ।कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिम

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ९२ पटक पढिएको
  • जग्गा रोक्का र फुकुवालाई सरलीकृत गर्न मालपोतलाई ९ बुँदे परिपत्र

    काठमाडौंः भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा रोक्का तथा फुकुवा प्रक्रियालाई थप सरल र प्रविधिमैत्री बनाउन देशभरका मालपोत कार्यालयहरूलाई नयाँ परिपत्र जारी गरेको छ ।अनलाइन प्रणालीमार्फत् बैंक तथा वित्तीय संस्थाहरूको धितो बन्धकी र फुकुवा गर्ने क्रममा उत्पन्न भएका कानुनी र व्यावहारिक जटिलताहरूलाई सम्बोधन गर्न विभागले यो कदम चालेको जनाएको छ । विभागले २ वर्षअघि २०८१ जेठ ८ गते जारी गरेको परिपत्रमा बैंक तथा वित्तीय संस्थाहरूले अनलाइनमार्फत सेवा प्रवाह गर्दा व्यहोर्नुपरेका विभिन्न समस्यालाई नौ वटा बुँदामा सहजीकरण गरिदिएको हो ।अतिरिक्त धितो र पुनः दृष्टि बन्धकमा सहजतापरिपत्रअनुसार अब एउटै ऋणका लागि

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • १०८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल