काठमाडौंः जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।

श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

त्यसपछि शवयात्रा सहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने बताइएको छ ।

यही साउन ७ गते नेता श्रेष्ठलाई नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीको वरिष्ठ नेता मनोनित गरिएको घोषणा गर्नुभएको थियो ।