समाचार

    Showing ८६१-८७० of ६,०१० items.
  • कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा

    इटहरी । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्नेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।आ

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १४६ पटक पढिएको
  • तराईमा आज होली पर्व मनाइँदै

    इटहरी ।  देशका हिमाली र पहाडी क्षेत्रमा हिजो होली पर्व मनाइएको छ । तराईका जिल्लामा भने यो पर्व आज मनाइँदैछ ।यस पर्वमा विभिन्न किसिमका रङ एकापसमा दलेर तथा पिच्कारीद्वारा रङ्गीन पानी एकापसमा छ्यापेर रमाइलो गरिन्छ । विभिन्न संघसंस्थाले होली मिलन या अन्य नाममा सामुहिक होली मनाउने गर्छन् ।असत्यमाथि सत्यको विजयको रूपमा होली पर्वलाई लिइन्छ ।काठमाडौं उपत्यका, पोखरा उपत्यकालगायतका क्षेत्रमा आएका विदेशी नागरिकले पनि हर्षाेल्लसाका साथ यो पर्व मनाउने गर्छन् ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • २२४ पटक पढिएको
  • हस्ताक्षर गर्दै मोरङका १५ जना उम्मेद्वारले भने, ‘भ्रष्टाचार गर्दैनौँ’

    विराटनगरः फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेद्वारी दिएका १५ जना उम्मेद्वारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने लिखित प्रतिबद्धता जनाएका छन् ।विराटनगरमा आज भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा १५ जना उम्मेदवारहरूले गरेको प्रतिबद्धतासहितको हस्ताक्षर सार्वजनिक गरिएको हो ।संस्थाले जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई प्रत्यक्ष भेटेर सुशासन कायम गर्ने र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि प्रतिबद्धता गराएको थियो । हस्ताक्षर गर्ने उम्मेद्वारहरूले ‘नेपालको संविधानको पूर्ण पालना गर्दै म भ्रष्टाचारको अन्त्य र सुशा

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १५० पटक पढिएको
  • दुबईमा इरानको ड्रोन आक्रमणमा परी मृत्यु हुने नेपाली गोरखाका दिवस श्रेष्ठ

    काठमाडौं । इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स (यूएई) मा मारिएका नेपालीको परिचय खुलेको छ ।अबुधाबीस्थित नेपाली दूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको यूएईको विदेश मन्त्रालयबाट जानकारी प्राप्त भएको खुलाएको छ ।‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोरखा जिल्ला) को दु:खद निधन भएको सम्बन्धमा यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ दूतावासले भनेको छ ।

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • २१३ पटक पढिएको
  • भीरबाट खस्यो निर्वाचनमा खटिएका कर्मचारी चढेको गाडी

    काठमाडौं । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट खसेको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँबाट करिब १०० मिटर तल गाडी खसेको हो ।

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १९१ पटक पढिएको
  • विराटनगरमा मर्यादित र सुरक्षित रूपमा होली मनाउन आग्रह

    विराटनगर – विराटनगर–२ स्थित तिनपैनीको सामुदायिक प्रहरी सेवा केन्द्र र डान इङ्लिस स्कुल, विराटनगर– ले  होली पर्वलाई शान्त, सभ्य र मर्यादित रूपमा मनाउन सर्वसाधारणमा अनुरोध गरेको छ। “प्रहरी र जनताको संयुक्त प्रयास, शान्ति र सुरक्षाको प्रत्यक्ष अनुभूति” भन्ने नारासहित सार्वजनिक सूचनामार्फत केन्द्रले विभिन्न सचेतनामूलक बुँदाहरू जारी गरेको हो।सूचनामा होली खेल्दा कसैको इच्छाविपरीत जबर्जस्ती रंग दल्ने, लोला हान्ने तथा फोहोर पानी छ्याप्ने जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ। महिला, बालबालिका तथा बाटोमा हिँडिरहेका सर्वसाधारणलाई अनावश्यक दुःख–हैरानी नदिन पनि अपिल गरिएको छ।यस्तै, लागुऔषध तथा मादक पदार

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • ३०५ पटक पढिएको
  • रेडस्टार माध्यमिक विद्यालयको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

    पथरी शनिश्चरे — रेडस्टार माध्यमिक विद्यालय/कलेजको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ अन्तर्गत दोस्रो दिनको कार्यक्रम शनिबार बिहान ९ बजेदेखि विद्यालयको सिनियर ब्लकमा विविध सांस्कृतिक, शैक्षिक तथा सम्मान कार्यक्रमसहित भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।कार्यक्रम विद्यालयका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो भने पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।प्रमुख अतिथिको आगमनसँगै मार्चपास, राष्ट्रिय गान तथा दीपप्रज्वलन (गमलामा पानी हालेर उद्घाटन) गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो। शिक्

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • २५३ पटक पढिएको
  • फागुको दिन यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौंः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तथा युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३३ पैसा छ ।युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ९० पैसा र बिक्रीदर १९६ रुपैयाँ ७१ पैसा एवं स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८० पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९१ पैसा

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १८१ पटक पढिएको
  • फागुको दिन आज हिमाली भेगका एक दुई स्थानमा वर्षाको सम्भावना, पहाड र तराईमा बादल र तुवाँलो

    इटहरी ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।महाशाखाका अनुसार तराई भू–भागका केही स्थानहरूमा तुवाँलो रहेको छ । गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको भइरहेको छ ।आज तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागसहित

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १०३ पटक पढिएको
  • हिमाली र पहाडी जिल्लामा आज फागु पर्व मनाइँदै

    इटहरी ।  आज देशका हिमाली र पहाडी जिल्लामा विभिन्न किसिमका रङ एकआपसमा दलेर फागु पूर्णिमा मनाइँदैछ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रूपमा फागु पर्वलाई लिइन्छ ।फागु पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । चीरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गराउने गरिन्छ ।फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व भोलि मनाइ

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • २०१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल