फिदिमः नेपाली कांग्रेसको १५ औं महाधिवशेनअन्तर्गत पाँचथरको प्रदेश क्षेत्रीय सभापति निर्वाचित भएका छन् । 


प्रदेश निर्वाचन क्षेत्र–क मा गणेश पोखरेल र क्षेत्र– ख  मा भरत तुम्बापो सभापति पदमा विजयी हुनुभएको हो । 


४१० मत प्राप्त गर्दै पोखरेल विजयी हुँदा प्रतिस्पर्धी अमिरहाङ केरुङले २९३ मत ल्याउनुभएको थियो । 


प्रदेश ख मा तुम्बापो ३०३ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी सन्तोष शेर्माले २८६ मत ल्याउनुभयो । 


प्रदेश क मा सचिवमा प्रदीप भण्डारी निर्वाचित हुनुभएको छ । प्रदेश २ मा कैलाश शेर्मा सर्वसम्मत चयन हुनुभएको छ । 


महाधिवेशन प्रतिनिधिको मतपरिणाम भने आउन बाँकी छ ।