समाचार

    Showing ९३१-९४० of ६,०१० items.
  • आज प्रणय दिवस, एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदै

    इटहरी । आज फेब्रुअरी १४ । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे । नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी यो दिवस मनाइँदैछ ।हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ ।युवायुवतीले प्रेमको प्रतीकको रूपमा रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । दिवसको आसपासमा गुलाबको फूलको राम्रो व्यापार हुने गर्दछ । युवा पुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीले प्रेम प्रस्ताव राख्न

    • प्रकाशित मितिः फागुन २, २०८२
    • ५३६ पटक पढिएको
  • हेमन्त शर्माले नचाए धरानवासी दर्शकलाई

    धरानः सुनसरीको धरानमा लोकप्रिय गायक हेमन्त शर्माले दर्शकस्रोतालाई आफ्ना एक दर्जन गीत सुनाएर साङ्गीतिक आनन्द दिनुभएको छ ।नझरेका फूलहरूको निमन्त्रणामा धरान आउनुभएका गायक शर्माले आफ्ना बहुचर्चित गीत सुनाउँदा धराने स्रोता छमछमी नाचेका थिए ।साङ्गीतिक प्रस्तुतिका लागि पहिलो पटक धरान आउनुभएका शर्माले धरानमा प्रस्तुति दिन पाउँदा आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिनुभएको छ । साङ्गीतिक प्रस्तुतिका लागि पटकपटक धरान आउने इच्छा हुँदाहुँदै पनि संयोग नमिलेको बताउँदै शर्माले नझरेका फूलहरूको आयोजनामा यस पटक धरान आएर गीत सुनाउन पाउँदा आफूलाई अत्यन्तै आनन्द आएको बताउनुभयो ।कार्यक्रममा गायक कृष्णराजा श्रेष

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १७२ पटक पढिएको
  • फेवातालमा जाल हान्दा भेटियो एसएलआर र १८ राउण्ड गोली

    पोखराः पोखरा खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले माछा मार्न फेवा तालमा जाल हान्दा एसएलआर र १८ राउण्ड गोली फेला परेको छ ।सो क्रममा उक्त हतियार र गोली जालमा आएको बताइएको छ ।जाल हान्ने क्रममा उक्त हतियार र गोली भेटिएको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः फागुन १, २०८२
    • २५४ पटक पढिएको
  • सङ्खुवासभामा निर्वाचन तयारी तीव्र : आठ मतदानस्थल अति संवेदनशील

     सङ्खुवासभामा । आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएकोे छ । सुरक्षा संवेदनशीलताको हिसाबले आठ मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् । उनका अनुसार जिल्लाका १०९ मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको हो । जिल्लामा १०९ मतदानस्थलमध्ये ८२ मतदानस्थल संवेदनशील, १८ मतदानस्थल सामान्य सूचीमा वर्गिकरण गरिएको छ ।भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाठा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अलि संवेदनशील, सं

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १७२ पटक पढिएको
  • सुनसरी र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

    इटहरी । सुनसरीको धरान उपमहानगरपालिका-१० सेवालुङ चोक बस्ने २६ वर्षीय सन्दिप राईसमेत दुई जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८ ट्याब्लेट र स्पास्पेन २ सय ८ ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्याम चोकबाट खटिएको प्रहरीले सन्दिपको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।त्यसतै, झापाको कनकाई नगरपालिका-८ बालुवाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय अजय राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्

    • प्रकाशित मितिः फागुन १, २०८२
    • २३५ पटक पढिएको
  • ‘विकल्प नै खोजिएको हो भने नेतृत्व र नीति दुवैमा कांग्रेस नयाँ भएर आएको छ’

    सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो आफूहरू नै भएको बताएका छन् ।सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो । कांग्रेस विरासतलाई बोकर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ ।’उनले अबको देश युवाहरूको काँधमा रहेको बताउँदै युवाहरूलाई देखेपछि खुशी लागेको बताए । युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागी हुनुपर्ने उनले बताए ।उनले भने, ‘सधैँ अरूले भन्ने गर्थे खै युवाहरू कहाँ छन् । तर आज यहाँ धनकौलमा युवाहरू खासगरी जेन-जी पुस्ता देखेपछि धेरै ख

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १८१ पटक पढिएको
  • दुई करोड ३ लाखमध्ये डेढ करोड बढी मतपत्र तयार, सेनाले पनि गर्नेछ ढुवानी

    इटहरी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक प्रत्यक्षतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बागमतीबाहेक अन्य छ वटा प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न गरेको हो।जनक शिक्षाका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार हाल दैनिक १२ देखि १५ लाखका दरले मतपत्र छपाइ भइरहेको छ। बाँकी रहेको बागमती प्रदेशको मतपत्र पनि आउँदो आइतबारसम्म छापिसकिने केन्द्रले जनाएको छ।प्रबन्ध निर्देशक पौडेलले भन्नुभयो, “आज बिहानसम्ममा छ प्रदेशको मतपत्र छपाइ सम्पन्न गरेर बागमती प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सुरु गरेका छौँ।'कुल दुई करोड तीन लाख मतपत्र छपा

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १७० पटक पढिएको
  • जसपा घोषणापत्र: संविधान संशोधनदेखि सातै प्रदेशमा क्रिकेट रंगशाला

    इटहरी । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभाको निर्वाचनका लागि ल्याएको घोषणापत्रमा संविधान संशोधनदेखि सातै प्रदेशमा रंगशाला निर्माणका योजना अघि सारिएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा संविधान संशोधन र परिमार्जनलाई प्राथमिकतामा राखिएको छ। २०७२ सालमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पहिलो संविधान सभाले पारित गरेका राज्य पुनर्संरचना लगायतका महत्त्वपूर्ण प्रावधानलाई उल्ट्याएको जसपा नेपालको दाबी छ। जसले गर्दा यस संविधानबाट संघीय समाजवादी व्यवस्थाको आधारशिला खडा गर्न नसकिने ठम्याइ छ। त्यसैले मुलुकको विद्यमा

    • प्रकाशित मितिः फागुन १, २०८२
    • २०२ पटक पढिएको
  • कार्यसम्पादन मूल्याङ्कनमा ८० अङ्क कटाउने स्थानीय तह ४ वटामात्रै, अर्घाखाँचीको पाणिनी सबैभन्दा उत्कृष्ट

    इटहरी ।  देशभरका ७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका सर्वाेत्कृष्ट भएको छ । सो गाउँपालिकाले कुल ८३ दशमलव ८४ अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा उल्लेख छ । नतिजाअनुसार ८० अङ्क कटाउने जम्मा ४ वटा पालिका छन् ।रुकुमश्चिमको चौरजहारी नगरपालिकाले ८२ दशमलव १५ अङ्क ल्याएर दोस्रो स्थानमा छ । गुल्मीको मालिका गाउँपालिकाले ८१ दशमलव ९८ प्रतिशत र धुर्कोट गाउँपालिकाले ८० दशमलव ५२ प्रतिशत अङ्क ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा अगाडि छन् ।आयोगले स्थानीय तहका १७ सूचकमा मूल्याङ्क

    • प्रकाशित मितिः फागुन १, २०८२
    • २०१ पटक पढिएको
  • सर्लाही जिल्ला कारागारको सुरक्षा जिम्मा सेनालाई

    सर्लाही । सर्लाहीको मलंगवास्थित जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबार साँझ ५ बजेदेखि जिल्ला कारागार कार्यालय मलंगवाको सुरक्षा जिम्मा सेनाले लिएको हो ।मलंगवा सुरक्षा बेस सर्लाहीबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्ना नेतृत्वमा २५ जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षा दिँदै आएका थिए ।मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिएको छ । सोही निर्णयअनुसार मलंगवा कारागारमा पनि सेना तैनाथ गरिएको हो ।कालीध्वज गणनवलपुर पाँचकुमारीका गणपति उम

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १९१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल