शिक्षा

    Showing १२१-१३० of २९४ items.
  • सुन्दरहरैंचाका सामुदायिक विद्यालयमा बैशाख २० गतेभित्र व्यवस्थापन समिति गठन हुने

    विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयहरूलाई बैशाख २० गतेभित्र विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिसक्न परिपत्र गरेको छ ।नगरका २७ वटा आधारभूत र ११ वटा माध्यमिक विद्यालयहरूमा नयाँ व्यवस्थापन समिति चयनका लागि बैशाख २० को समयसीमा तोकिएको हो ।

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १४६ पटक पढिएको
  • “हाम्रो प्रयास”द्वारा अर्गानिक साबुनदेखि ह्याण्डवास बनाउने सीपमूलक तालिम सुरु

    विराटनगर–७ मा अवस्थित सामाजिक संस्था **‘हाम्रो प्रयास’*को आयोजनामा अर्गानिक नुहाउने साबुन, सर्फ, लिक्विड झोल, फिनेल तथा ह्याण्डवास (हर्पिक) बनाउने एक साताको सीपमूलक तालिम सुरु भएको छ। विराटनगर महानगरपालिकाको सहयोग तथा सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम बैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ।तालिमको उद्घाटन वडा नं. ७ का अध्यक्ष मधु बाबु तिवारीले संस्थाको कार्यालय परिसरमा पञ्चदीप प्रज्वलन गरी एक विशेष कार्यक्रमबीच गरेका हुन्। उद्घाटन समारोहमा उनले सहभागीहरूलाई सीप सिकेर स्वरोजगार बन्न प्रेरित गर्दै भने, “यो तालिम केवल प्रमाणपत्रका लागि मात्र होइन, सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुस्। उत्पादन

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ३६८ पटक पढिएको
  • पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसद्वारा शिक्षामन्त्रीसमक्ष विभिन्न माग

    धरानः पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको अनुगमनका लागि धरान आएका शिक्षा मन्त्री सस्मित पोख्रेलसँग क्याम्पसको जीर्ण संरचना मर्मत, आधुनिक ल्याब, विद्यार्थी सुविधा विस्तारको लागि १ अर्ब रुपैयाँभन्दा बढी बजेट माग गरिएको छ ।मन्त्री पोखरेलले वित्तीय प्रतिवेदन हेरेर विश्वविद्यालयसँग कुरा गर्ने जवाफ दिएका छन् । क्याम्पस प्रमुख काजीमान कार्कीले मन्त्री पोख्रेललाई क्याम्पसका भौतिक संरचना जीर्ण बन्दै गएको, ल्याबमा आधुनिक उपकरण अभाव, विद्यार्थी सुविधा विस्तारका लागि आवश्यक बजेट व्यवस्थापन गर्न आग्रह गरेका थिए ।४ दशकभन्दा पुराना भवनमा २०४५ सालदेखि रङरोगन नगरिएको, क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गर

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • २१२ पटक पढिएको
  • पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोहमा ६ हजार ७०६ जना विद्यार्थी दीक्षित

    गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोहको अवसरमा केन्द्रीय कार्यालय गोठगाउँमा आज आयोजित समारोहमा विभिन्न संकाय अन्तर्गत अध्ययन पूरा गरेका ६ हजार ७०६ जना विद्यार्थी दीक्षित भएका छन् ।समारोहमा प्रमुख अतिथिका रूपमा भारतको चण्डीगढस्थित पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्चका निर्देशक प्रा. डा. विवेकलाल सहभागी भएका थिए । कार्यक्रम विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।विश्वविद्यालयले हाल व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, मानविकी, कानुन तथा चिकित्सा शिक्षा लगायतका क्षेत्रमा अध्यापन गराउँदै आएक

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १८५ पटक पढिएको
  • नेपाल औषधि व्यवसायी संघ मोरङको अभिमुखीकरण : कुशल फार्मेसी अभ्यास र औषधि भण्डारणमा जोड, नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान

    विराटनगर, मोरङ — नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले जिल्लाका औषधि व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले औषधिको समुचित प्रयोग, कुशल भण्डारण तथा बिक्री–वितरणसम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। कार्यक्रमसँगै नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा संघद्वारा प्रकाशित नयाँ वर्षको भित्तेपात्रो (क्यालेन्डर) समेत विमोचन गरिएको थियो।विराटनगरस्थित संघको आफ्नै भवनमा आइतबार आयोजित कार्यक्रम नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा जिल्लाभरिका औषधि व्यवसायी, कार्यसमिति सदस्य तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २४८ पटक पढिएको
  • प्रहरी तालिम केन्द्रद्वारा सामुदायिक प्रहरी सेवा केन्द्रमा अवलोकन भ्रमण

    विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरले प्रशिक्षणरत प्रहरी जवानहरूलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले सामुदायिक प्रहरी सेवा केन्द्रसँग समन्वय गरी अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरेको छ।तालिम केन्द्रद्वारा जारी सूचनाअनुसार आधारभूत तालिम (४–८२ समूह) अन्तर्गत २१० जना प्रशिक्षार्थीलाई विराटनगर–तीनपैनीस्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा अवलोकन भ्रमण गराइएको हो। कार्यक्रम २०८२ वैशाख ३ र ४ गते दुई चरणमा सम्पन्न गरिएको थियो।पहिलो चरणअन्तर्गत वैशाख ३ गते दिउँसो ३ बजे १०५ जना प्रशिक्षार्थी सहभागी भएका थिए भने दोस्रो चरणमा वैशाख ४ गते दिउँसो १ बजे थप १०५ जना प्रशिक्षार्थी सहभागी भएका

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • ३२५ पटक पढिएको
  • सुकुना माविका विद्यार्थी युगान्सु रिजाल सिक्किममा भएको नवप्रवर्तन प्रदर्शनीमा सर्वोत्कृष्ट

    विराटचोकः सुकुना माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थी युगान्सु रिजालले भारतको सिक्किममा आयोजित विज्ञान तथा नवप्रवर्तन प्रदर्शनीमा सर्वोत्कृष्ट पुरस्कार जित्नुभएको छ ।सिक्किम सरकारको विज्ञान विभागको संयोजनमा सम्पन्न प्रदर्शनीमा विद्यालयका तर्फबाट ‘सुकुना रोबोट’, ‘क्युब स्याटेलाइट’, ‘भोकल ग्लोब्स’ र ‘स्मार्ट हाईटेन्सन लाइन’ लगायत चारवटा परियोजना प्रस्तुत गरिएको थियो । ती परियोजनासहित चार जना विद्यार्थी सहभागी भएका थिए ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • २१८ पटक पढिएको
  • शैक्षिक सत्र बैशाख १५ मा शुरु हुने, यी शीर्षकमा लिन पाइन्छ शुल्क

    इटहरी ।  सरकारले २०८३ को शैक्षिक सत्र बैशाख १५ गतेबाट शुरु गर्ने निर्णय गरेको छ । गत २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले १५ बैशाखबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेको थियो ।सरकारले जारी गरेको शुल्क निर्धारण मापदण्डमा १४ वटा शीर्षकमा शुल्क लिन पाइने व्यवस्था छ । मासिक पढाइ शुल्क, वर्षिक शुल्क, भर्ना शुल्क, धरौटी शुल्क, परीक्षा शुल्क, कम्प्युटर शुल्क, स्थानान्तरण शुल्क, विशेष प्रशिक्षण शुल्क, आवास शुल्क, भोजन शुल्क, परिवहन शुल्क, शैक्षिक भ्रमण, अन्तर विद्यालय प्रतियोगिता सञ्चालन र शैक्षिक सामग्री शुल्क लिन पाइने भएको हो ।मासिक पढाइ शुल्क १२ महिनाको लिन सकिने मापदण्डमा उल्लेख छ ।

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • २७२ पटक पढिएको
  • छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

    इटहरी ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई नियमबमोजिम प्रदान गरिएका छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिए बमोजिम १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरेको तथा नगरेको सम्बन्धमा अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई अनुरोधसमेत गरेको छ ।अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा उल्लेख भएअनुसार निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १९८ पटक पढिएको
  • नयाँ वर्षमा शिक्षा निकेतन मावि २०६५ एसएलसी ब्याचद्वारा शुभकामना आदनप्रदान

    सलकपुरः मोरङको सुन्दरहरैंचा–८ मा रहेको शिक्षा निकेतन मावि २०६५ एसएलसी ब्याच समूहको आयोजनामा सलकपुरस्थित भुल्के चिल्ड्रेन पार्कमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।शनिबार आयोजित कार्यक्रममा विद्यालयका सहायक प्रधानध्यापक घनश्याम ढकालको प्रमुख आतिथ्यता रहेको थियो । वसन्त पाख्रिन तामाङको संयोजकत्वमा भएको शुभकामना आदनप्रदान कार्यक्रममा विभिन्न क्षेत्रबाट समूहलाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले पुनर्मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमले आपसी सम्बन्धलाई मजबुत बनाउने र सामाजिक एकता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १७६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल