विराटनगरः मोरङको विराटनगरस्थित शिक्षादीप कलेजमा ‘ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू’बारे निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।विश्व ओजोन तह संरक्षण दिवसको अवसर पारेर कलेजले विज्ञान संकायमा अध्ययनरत विद्यार्थीका लागि बुधबार प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत ९६ जना विद्यार्थी सहभागी थिए ।कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूलाई अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखनतर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।प्रतियोगिताका संयोजक रामचन्द्र अधिकारीका अनुसार उत्कृष्ट हुने विद्यार्थ
गोठगाउँः यही असोज ३ गते मोरङको सुन्दरहरैंचामा अन्तरविद्यालय ‘क्वीज म्यानिया सिजन–२’ आयोजना हुने भएको छ । सुन्दरहरैंचा–७ गोठगाउँस्थित नेपाल कम्प्युटर सेन्टर (एनसीसी) ले विद्यार्थीको ज्ञान, सीप तथा क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।आयोजकले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार प्रतियोगितामा मोरङको सुन्दरहरैंचा र सुनसरीको इटहरीका २० भन्दा बढी विद्यालय सहभागी हुनेछन् । सहभागी विद्यालयको संख्या धेरै भएकाले दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने भएको छ । समूह ‘ए’ को प्रतियोगिता सुन्दरहरैंचा–६ स्थित आदिवासी भवनमा र समूह ‘बी’ को प्रतियोगिता लाइटिङ ग्ल
वराहक्षेत्रः राष्ट्रिय बाल दिवसको अवसरमा सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ९ ले वडास्तरीय चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।“बालमैत्री स्थानीय शासन, समृद्ध बालबालिका, उज्ज्वल भविष्य” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त प्रतियोगितामा वडाका जनप्रतिनिधि, वडा सचिव, वडा बाल सहजकर्ता, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।बालमैत्री स्थानीय शासन निर्माण तथा बालबालिकामा रहेको रचनात्मक क्षमताको उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वडाभित्रका बाल सञ्जालमा आबद्ध तथा टोल बाल समूहमा आबद्ध गरी २२ जना बालबालिकाको सहभागिता रहेको थियो ।प्रतियोगितामा कौशिला चन्द्रवंशीले प्रथम स्थान हासिल
इलामः ६२ औं बालदिवसको अवसर पारेर इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री बालज्योति माध्यमिक विद्यालयको बालज्योति साथी बाल क्लबले दुई जना शिक्षकलाई सम्मान गरेको छ ।क्लबले सोही विद्यालयका शिक्षक पदमकेशर लिम्बू र चुलाचुली–५ को भानु माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक राजेन्द्र खनाललाई सम्मान गरेको हो ।शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै बाल क्लबले उहाँहरुलाई सम्मान गरेको हो ।चुलाचुली गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी योङ्याले दुवै शिक्षकहरूलाई नगद सहित सम्मान गर्नुभएको थियो ।
उर्लाबारीः मोरङको उर्लाबारी–८ स्थित शान्ति क्षेत्र आधारभूत विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे प्रा. डा. इन्द्रबहादुर कार्कीले स्थलगत अवलोकन गर्नुभएको छ ।विद्यालयका अध्यक्ष प्रह्लाद थापा, प्रधानाध्यापक विशाल कट्टेल तथा नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेलसहितको उपस्थितिमा भएको अवलोकनका क्रममा विद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि तथा आवश्यकताबारे जानकारी लिइएको थियो ।प्रा. डा. कार्कीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्याउने उद्देश्यले कम्प्युटर, शैक्षिक सामग्रीलगायत आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । हाल कक्षा ६ सम्म सञ्चालनमा रहेको शान्ति क्ष
उर्लाबारीः उर्लाबारी–८ निवासी प्रा.डा. इन्द्रबहादुर कार्कीले आफूले अध्ययन गरेको राधिका माध्यमिक विद्यालय उर्लाबारी–६ मा किसान छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ ।कृषि क्षेत्रमा अध्ययन, अनुसन्धान र विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त रकम अक्षयकोषमा हस्तान्तरण गरिएको हो । प्रा. डा. कार्कीले विद्यालयका प्रधानाध्यापक कुमार पोखरेललाई चेक हस्तान्तरण गर्नुभएको हो ।विद्यालय र दाताबीच भएको सम्झौताअनुसार अक्षयकोषबाट प्राप्त ब्याजमा कार्की परिवारले वार्षिक २ हजार रुपैयाँ थप गरी छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिएको छ । बाली विज्ञान विषयमा कक्
उर्लाबारीः उर्लाबारी–८ निवासी प्रा.डा. इन्द्रबहादुर कार्कीले उर्लाबारी –४ स्थित उर्लाबारी बहुमुखी क्याम्पसको अक्षयकोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको छ ।कार्कीले आफ्ना बुबा गञ्जबहादुर कार्कीले विगतमा दुःख र मिहिनेत गरेर निर्माण तथा विकासमा योगदान पुर्याएको क्याम्पसलाई आफूले पनि निरन्तर सहयोग गर्ने उद्देश्यले उक्त रकम अक्षयकोषमा हस्तान्तरण गरेको बताउनुभयो ।बुबाले क्याम्पसका लागि विगतमा जति रकम सहयोग गर्नुभएको थियो, आफूले पनि त्यति नै रकम थप गरी अक्षयकोषमा योगदान गरेको उहाँको भनाइ छ । शिक्षा क्षेत्रको विकास तथा विद्यार्थीलाई सहयोग पुग्ने उद्देश्यले अक्षयकोषमा रकम थप गरिएको उनको
विराटनगरः त्रिभुवन विश्वविद्यालयले आफ्नो वार्षिक दीक्षान्त समारोहलाई काठमाडौँ उपत्यकाबाहिर विस्तार गर्दै सातै प्रदेशमा आयोजना गर्ने योजना अघि सारेको छ । जसअन्तर्गत कोशी प्रदेशको समारोह विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ ।विद्यार्थी तथा अभिभावकलाई राजधानीसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्न अघि सारिएको यस योजनाको सम्भाव्यता अध्ययन गर्न त्रिवि उपकुलपति प्रा.डा. भोला थापाले क्याम्पसको स्थलगत अवलोकन गर्नुभएको छ ।अवलोकन भ्रमणपछि क्याम्पसको समग्र अवस्था, शैक्षिक गुणस्तर, प्रशासनिक व्यवस्थापन तथा दीक्षान्त समारोह आयोजनाको सम्भाव्यताबारे उच्चस्तरीय छल
इनरुवाः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेश कार्यसमितिको आयोजनामा प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।सुनसरीको इनरुवा–३ स्थित ॐ साई पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा कोशी प्रदेशका विभिन्न ३० विद्यालयका १५० विद्यार्थी सहभागी भएका थिए ।प्रतियोगिताअन्तर्गत माध्यमिक तह अंग्रेजी हस्तलेखनतर्फ अभा इङ्लिस स्कुल प्रथम, ग्रीन पीस एकेडेमी द्वितीय र हिमालय इङ्लिस स्कुल तृतीय भएका छन् ।प्राथमिक तह अंग्रेजी हस्तलेखनतर्फ रेस्नल एकेडेमी प्रथम, हरिततारा स्कुल द्वितीय र अभा इङ्लिस स्कुल तृतीय भएका छन
सलकपुरः मोरङको सुन्दरहरैंचा–६ सलकपुरस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलमा सुन्दरहरैंचा स्थानीय स्काउटको आयोजनामा तीन दिने ‘दल नायक तालिम’ सञ्चालन भइरहेको छ । भदौ १९ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न हुनेछ ।स्काउटमा आबद्व विद्यार्थी तथा युवाहरूलाई अनुशासित, दक्ष र नेतृत्वदायी भूमिकामा स्थापित गराउने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको स्काउट सुन्दरहरैंचाका प्रमुख आयुक्त मनोज कार्कीले बताउनुभयो ।प्रशिक्षण कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै उहाँले स्काउटिङ अभियानले बालबालिकाको चौतर्फी विकासमा पुर्याउने योगदानबारे चर्चा गर्नुभयो । स्थानीय स्काउटलाई सक्रिय बनाउँदै भोलिका दिनमा समाज परिव