काठमाडौंः नेपाली कांग्रेसले पार्टीको आन्दोलनमा लागेर शिक्षा, जीविका वा अवसर गुमाएका शहीद, द्वन्द्वपीडित र घाइतेका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ ।


काठमाडौंमा जारी १५ औं महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टीका योद्धाहरूप्रतिको पारिवारिक अपनत्व र जिम्मेवारी बोध गर्दै उक्त कोष बनाउने नीति अघि सारिएको हो ।


दस्तावेजमा भनिएको छ, ‘सम्बन्धित परिवारको शिक्षा तथा स्वास्थ्य सहयोगका लागि दश करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रस्ताव पारदर्शी सङ्कलन, सञ्चालन र लेखापरीक्षणसहित अघि बढाइनेछ ।’