गोठगाउँः मोरङको सुन्दरहरैंचा– ७ स्थित श्री पञ्चायत माध्यमिक विद्यालय, गोठगाउँमा विष्णुप्रसाद ओली र छायादेवी ओलीले १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
स्वर्गीय टंकप्रसाद प्रसाईं र शिवमाया प्रसाईंको स्मृतिमा उहाँका जेठी छोरी र ज्वाइँले झापाबाट आएर विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
सो अक्षयकोषबाट प्राप्त ब्याजबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने अक्षयकोषदाता परिवारले जनाएको छ ।
समाजसेवामा सक्रिय अभिभावकको योगदानको स्मरण गर्दै अक्षयकोष स्थापना गरिएको बताइएको छ ।


















