सूचना प्रविधी

    Showing १२१-१२४ of १२४ items.
  • मौसम पूर्वानुमान : देशका केही भागमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशका केही भागमा आज भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार कोसी, मधेस, लुम्बिनी, गण्डकी र

    • प्रकाशित मितिः साउन ९, २०८०
    • २१६ पटक पढिएको
  • टेलिकमले ल्यायो तीज अफर

    काठमाडौं । नेपाल टेलिकमले तीज अफर ल्याएको छ । भदौ १२ गतेदेखि १७ गतेसम्म लागु हुने गरी टेलिकमले तीज अफर ल्याएको हो ।यस अफर अन्तर्गत ९८ रूपैयाँमा तीन दिनका लागि ६ जीबी डेटा पाइने छ । त्यस्तै २९४ रूपैयाँमा १० दिनका लागि मान्य हुने २० जीबी डेटा पाइने टेलिकमले जनाएको छ । टेलिकमले तीज अफर अन्तर्गत डेटा र भ्वाइसको कम्बो अफर पनि ल्याएको छ । यस अन्तर्गत ४९ रूपैयाँमा १ दिनका लागि मान्य हुने १ एमबीपीएस स्पीडको अनलिमिटेड डेटा र अन नेट अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । नेपाल टेलिकमका प्रयोगकर्ताहरूले *१४१५# डायल गरी वा एनटी एप प्रयोग गरी तीज अफरको फाइदा उठाउन सक्नेछन् । 

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • १८० पटक पढिएको
  • आइफोन-१४ भदौ २३ गते सार्वजनिक हुने

    काठमाडौँ । विश्वको चर्चित मोबाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौमा सार्वजनिक गर्ने भएको छ ।एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतीक्षा गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • १७८ पटक पढिएको
  • अब ह्वाट्सएप प्रोफाइलमा पनि अवतार राख्न सकिने

    काठमाडौं । ह्वाट्सएप प्रयोगकर्ताले अब आफ्नो प्रोफाइलमा ‘अवतार’ बनाउनसक्ने भएका छन् ।फेसबुकको प्रोफाइल तथा कभर फोटोमा अवतार राख्ने सुविधा दिएको मेटाले सोही फिचर अब ह्वाट्सएपमा पनि उपलब्ध गराउने भएको हो । ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने संस्था वाबेटाइन्फोका अनुसार फेसबुक र इन्स्टाग्राममा जस्तै आवश्यकता अनुसार परिमार्जन गरी आफ्नो अवतार बनाएर ह्वाट्सएपको प्रोफाइलमा राख्न सकिने छ ।यसका साथै उक्त अवतारको ब्याकग्राउण्डमा कस्तो रंग राख्ने भन्ने विषयमा पनि प्रयोगकर्ता आफैँले छनोट गर्न सक्नेछन् ।यो फिचर कहिलेबाट प्रयोगकर्तामाझ उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी उपलब्ध छैन । यसअ

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • १७८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल