काठमाडौं । नेपाल टेलिकमले तीज अफर ल्याएको छ । भदौ १२ गतेदेखि १७ गतेसम्म लागु हुने गरी टेलिकमले तीज अफर ल्याएको हो ।

यस अफर अन्तर्गत ९८ रूपैयाँमा तीन दिनका लागि ६ जीबी डेटा पाइने छ । त्यस्तै २९४ रूपैयाँमा १० दिनका लागि मान्य हुने २० जीबी डेटा पाइने टेलिकमले जनाएको छ । 

टेलिकमले तीज अफर अन्तर्गत डेटा र भ्वाइसको कम्बो अफर पनि ल्याएको छ । यस अन्तर्गत ४९ रूपैयाँमा १ दिनका लागि मान्य हुने १ एमबीपीएस स्पीडको अनलिमिटेड डेटा र अन नेट अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । 

नेपाल टेलिकमका प्रयोगकर्ताहरूले *१४१५# डायल गरी वा एनटी एप प्रयोग गरी तीज अफरको फाइदा उठाउन सक्नेछन् ।