काठमाडौँ । विश्वको चर्चित मोबाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौमा सार्वजनिक गर्ने भएको छ ।

एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।
 
एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतीक्षा गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।