विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. १० मा रहेको सुकुना सामुदायिक अस्पताल प्रा.लि.ले शल्यक्रिया (अप्रेसन) सेवा सञ्चालनमा ल्याएको छ । असोज ३० गते सो अस्पतालले पहिलो शल्यक्रिया गरेको हो ।
भोजपुर निवासी बिरामीको पहिलो सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । बिरामीको पूर्ण पहिचान भने अस्पतालले खुलाएको छैन ।
संजोग घिमिरेको टिमले सो पहिलो शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले आगामी दिनमा पनि बिरामीको आवश्यकता र मागअनुसार स्वास्थ्य सेवाको दायरा थप विस्तार गर्दै लैजाने सञ्चालक प्रमोद कोइरालाले जानकारी दिनुभयो ।
सो अस्पतालले २०६६ सालदेखि २४ सै घण्टा स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको थियो । सेवा विस्तार गर्ने क्रममा असोज ३० गतेदेखि व्यवस्थित अप्रेसन सेवा प्रारम्भ गरेको जनाइएको छ ।


















